निर्णय नं. ४५९८ - परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४५९८ - परमादेश भाग: ३४ साल: २०४९ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४९/०८/०९ ४३१३ निर्णय नं. ४५९८ ने.का.प. २०४९ (ग) अङ्क ८ पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री विश्वनाथ उपाध्याय माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल सम्वत् २०४६ सालको रि.पु.इ.नं. ६७ आदेश भएको मिति: २०४९।८।९।३ मा निवेदक : श्री ५ को सरकार, अर्थ मन्त्रालय भन्सार विभागसमेत विरुद्ध विपक्षी : गोयल इण्डष्ट्रिजको प्रोप्राइटर, जि.मोरङ विराटनगर न.पं. वार्ड नं. ९ बस्ने रामरिछपाल अग्रवाल विषय : परमादेश (१) कानुनले लाग्न नहुने भन्सार वा कर लगाइएको सम्बन्धमा पुनरावेदन गर्न पाउने वैकल्पिक उपचारको बाटो छ छैन रिटको सम्बन्धमा प्रारम्भिक प्रश्न हुने । (प्रकरण नं. १४) (२) रिट उपचार असाधारण उपचार हो कानुनले अन्य नियमित उपचारको व्यवस्था गरेको छ भने रिट क्षेत्रबाट उपचार खोज्नु उपयुक्त मानिदैन । रिट जारी वा खारेजीका आधारहरु संविधान वा कानुनमा विस्तृत रुपले परिभाषित वा व्यवस्थित गरिएको हुँदैन । रिट हेर्ने अधिकार पाएका अदालतहरुले रिटको उद्देश्यलाई दृष्टिगत गरी मुख्य मुख्य सिद्धान्तहरु निश्चित गरेको हुन्छ । त्यस्ता सर्वमान्य सिद्धान्तहरु मध्ये अन्य प्रभावकारी उपचारको विद्यमानता रिट खारेज हुने आधारको रुपमा स्वीकार गरिन्छ । नियमित उपचारको अभावमा वा नियमित उपचार रित्याई सकेपछि मात्र असाधारण उपचारको बाटो खुला हुने । (प्रकरण नं. १५) (३) भन्सार ऐन, २०१९ को दफा ३७ मा भन्सार अधिकृतले गरेको निर्णय उपर राजश्व न्यायाधिकरणमा पुनरावेदन लाग्ने व्यवस्था गरेको, बिक्रीकर ऐन, २०२३ को दफा २२ ले पनि बिक्री कर सम्बन्धमा कर निर्धारण गरेको निर्णय उपर राजश्व न्यायाधिकरणमा पुनरावेदन लाग्ने व्यवस्था गरेको पाइन्छ । यी कानुनले पुनरावेदन नियमित उपचारको व्यवस्था गरेको कुरामा विवाद छैन र यी कानुनहरुको अर्थमा पनि कुनै द्विविधा वा द्वैधाअर्थताको स्थिति पनि छैन । यसरी कानुनले प्रष्ट रुपमा पुनरावेदन लाग्न सक्ने व्यवस्था गरेको हुँदा अन्य उपचारको व्यवस्था भएकै मान्नु पर्ने । (प्रकरण नं. १६) (४) पुनरावेदन प्रभावकारी सशक्त अन्य उपचार हो भन्ने कुरामा दुइमत हुन सक्दैन किनकी पुनरावेदन तहबाट मुद्दाको तथ्यगत औचित्य र कानुनी औचित्य दुवै प्रकारका प्रश्नमा विचार गरिने निर्णय हुने हुँदा निशर्त पुनरावेदनको उपचार सबैभन्दा प्रभावकारी र व्यापक उपचार हो । (प्रकरण नं. १७) (५) उपचार खोज्नेले उपयुक्त उपचार अवलम्बन गर्नु पर्ने हुन्छ । नियमित उपचार उपयुक्त हुने अवस्थामा असाधारण उपचार अवलम्बन गर्न मनासिब हुँदैन । यस्तो हुन गएमा एक उपचारको क्षेत्र माथि अर्को उपचारको क्षेत्रको हस्तक्षेप हुन गई जुन कुरा जसरी निरोपित हुन पर्ने हो त्यसरी निरोपित हुन नगई छ्यासमिस हुन जान्छ । विभिन्न उपचार क्षेत्रहरुमा खलबली असन्तुलन पैदा हुन आउँदछ तसर्थ सामान्य नियमित उपचार अवलम्बन गर्नु पर्ने कुरामा असामान्य असाधारण उपचार अवलम्बन गर्न उपयुक्त हुँदैन । यो न्यायिक सुव्यवस्थाको लागि अपरिहार्य कुरा हो । (प्रकरण नं. १८) (६) रिटनिवेदकले भन्सार कार्यालयको निर्णय उपर राजश्व न्यायाधिकरणमा पुनरावेदन गर्न जानु पर्नेमा सोझै असाधारण उपचारको क्षेत्रमा प्रवेश गरेको उपयुक्त नदेखिँदा प्रस्तुत रिटनिवेदन खारेज हुने । (प्रकरण नं. १९) निवेदकतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्