निर्णय नं. ४५९९ - अंश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४५९९ - अंश भाग: ३४ साल: २०४९ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४९/०५/१६ २९०२ निर्णय नं. ४५९९ ने.का.प. २०४९ (ग) अङ्क ८ पूर्ण इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ २०४७ सालको दे.पु.ई.नं. ८२ फैसला भएको मिति: २०४९।५।१६।३ मा विन्तिपत्रवाला/वादी: कैलाली जि.सहजपुर गा.पं.वडा नं.८ मुल गाउँ बस्ने मणिरत्न सापकोटा विरुद्ध विपक्षी/प्रतिवादी: ऐ ऐ.बस्ने शशिराम सापकोटासमेत मुद्दा : अंश (१) कागज करकापसंग गराएको भनी यी वादीले यिनै प्रतिवादीहरु समेत उपर नालेश उजूर गरेकोमा करकाप गरेको नठहर्‍याएको शुरु जिल्ला अदालतको इन्साफ सदर भई क्षेत्रीय अदालतबाट निर्णय भई अन्तिम रुपमा रहेको समेतबाट उक्त लिखतमा उल्लेख भएको व्यहोरा वादीले स्वइच्छाले गरेको देखिनुको साथै सो लिखत वादीको विरुद्ध प्रमाणमा लाग्दैन भन्न नमिल्ने । (प्रकरण नं. १६) (२) वादी प्रतिवादीहरुले भूमिसुधार लागू हुँदाका बखत १ नं. तथा ७ नं. फाराम भरी पृथक पृथक पारिवारिक लगत देखाई सो आधारमा दर्ता गरी ज.ध.प्र.पु. समेत प्राप्त गरेको तथा वादी प्रतिवादी बीच बण्डापत्रको रीतपूर्वकको कागज नभए पनि मिसिल संलग्न कागज तथा व्यवहार प्रमाणबाट बण्डा भइसकेको देखिन आएकोले अंश पाउँ भन्ने वादी दावी पुग्न नसक्ने । (प्रकरण नं. १६) निवेदक/वादीतर्फबाट: विद्वान अधिवक्ता श्री लक्ष्मणमणी रिसाल विपक्षी/प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री शम्भु थापा फैसला न्या.त्रिलोकप्रताप राणा १. सर्वोच्च अदालत संयुक्तइजलासको मिति २०४६।१।२९ को फैसला पूर्णइजलासबाट दोहोर्‍याई हेरी कानुन बमोजिम निर्णय गर्नु भन्ने श्री ५ महाराजाधिराज सरकारबाट प्रमाड्डी भई आई तत्कालीन सं.प्र.न्या.ज्यूको मिति २०४७।४।२६ गतेको आदेशानुसार पूर्णइजलासको लगतमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ :– २. बुबा बालकृष्णका ६ छोरा शशिराम, म मनिरत्न, टिकाराम, डण्डपानी, नरहरी, तुलसीराम हौं । टिकाराम, तुलसीराम र डण्डपाणी आफ्नो कालगतिले परलोक हुँदा भाइ डण्डपाणीको श्रीमती उमादेवी भएको, पैत्रिक सम्पत्ति नरहरी शशिराम र केही म फिरादीको नाममा दर्ता भई मुख्य शशिराम भई व्यवहार चलाई आएकोमा मेल नहुँदा मेरो हिस्सा देऊ भनी भन्दा आलटाल गरेकाले २०४१।८।२२ गते अंश दिलाई पाउन सहजपुर गा.पं. मा हुलाकद्वारा निवेदन पठाउँदा २०४१।५।२१ गते मेरो भाग हिस्सा मार्ने नियतले मलाई थाहै नदिई अंशबण्डाको लिखत पास गराई सकेको लिखत बदर मुद्दा साथै पेश गरेको छु । विपक्षीहरु जिम्मा नै घरको सम्पत्ति रहेकोले अंशबण्डाको २०, २१, २२, २३ बमोजिम फाँटवारी लिई ४ भागको १ भाग दिलाई पाउँ भन्ने समेतको वादी मणिरत्न सापकोटाको फिरादपत्र । ३. फिराद लेख बमोजिम हामीले अंश दिनु पर्ने छैन । होइन । २००७ सालमा बुबा परलोक भएपछि हामी भाइहरुले सहजपुरका ठकुरीहरुको नाममा रहेको ठेका स्थितिको हुँदा पर्ती जग्गाहरु त्यसै परिरहेकाले ठकुरीहरुलाई भनसुन गरी बेग्ला बेग्लै आफ्नो पुरुषार्थबाट बनाउन कमाउन सके जति छुट्टा छुट्टै कमाई गरी घर लगाई बसेकोमा २०१९ सालमा आफूले कमाएको जग्गा आफैंले भोगी रहेका थियौं तापनि आमाले तिमी छोरा मध्ये शशिराम, डण्डपाणी, नरहरी, तुलाराम म संग बस टिकाराम, मणिरत्न छुट्टै बसेका छन् ठीकै छ भन्नु हुँदा आमाको आज्ञा बमोजिम छुट्टाछुट्टै आ–आफ्नो आर्जनको जग्गाको आयस्ताबाट गुजर बसर गरी रहेका थियौं । २०२१ सालमा भूमिसुधार लागू हुँदा शशिरामले सगोलमा