निर्णय नं. ४६०० - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४६०० - उत्प्रेषण भाग: ३४ साल: २०४९ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४९/०८/१६ २३३३ निर्णय नं. ४६०० ने.का.प. २०४९ (ग) अङ्क ८ पूर्ण इजलास माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री मोहनप्रसाद शर्मा माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय सम्वत् २०४९ सालको रि.पु.इ.नं. २८ आदेश भएको मिति: २०४९।८।१६।३ मा निवेदक : जि.भोजपुर तिवारी भन्ज्याड्ड गा.वि.स. वार्ड नं. २ बस्ने गणेशबहादुर कार्की विरुद्ध विपक्षी : श्री ५ को सरकार, मालपोत विभागसमेत विषय : उत्प्रेषण (१) निवेदक उपर गरिने कारवाहीको सम्बन्धमा सफाइको सबूद दिने मनासिब माफिक मौका नदिई बर्खासी गर्ने हो भने सो दफा ६(१) को प्रतिबन्धात्मक वाक्यांश (ख) बमोजिम अव्यवहारिक हुने कारण पर्चामा खुलाइएको हुन पर्दछ तर मालपोत विभागबाट निवेदकलाई नि.से.नि., २०२१ को नियम १०(१)(५) बमोजिम भविष्यमा सरकारी नोकरीको निमित्त अयोग्य नठहरिने गरी नोकरीबाट हटाउँदा नि.से.ऐन, २०१३ को दफा ६(१)(ख) अनुसार निर्णय पर्चा खडा गरिएको देखिन्छ । सो पर्चामा सफाइको मौका दिंदा अव्यावहारिक हुने कारण उल्लेख गरेको पाइँदैन । अव्यावहारिकको कारण उल्लेख नगरी भएको त्यस्तो निर्णय पर्चामा उक्त नेपाल निजामती सेवा ऐन, २०१३ को दफा ६(१)(ख) ले तोकेको कार्यविधि पूरा भएको भन्न नमिल्ने । (प्रकरण नं. ११) (२) सामान्यतः कुनै कर्मचारीलाई अभियोगका सिलसिलामा नोकरीबाट हटाउँदा सफाइको मौका दिंदा अव्यावहारिक हुने लागेमा त्यस्तो अव्यवहारिक हुने कारण खुलाउन पर्ने कानुनी बाध्यता छ । (प्रकरण नं. ११) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री रामजी विष्ट विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री शारदा बज्राचार्य अवलम्बित नजीर: पर्शुराम झा विरुद्ध मन्त्रिपरिषद् सचिवालय भएको (२०४७ सालको रि.पू.ई.नं. ५३, निर्णय मिति २०४८।६।१०) उत्प्रेषणको रिट निवेदनमा स.अ.वृहत पूर्णइजलासबाट प्रतिपादित सिद्धान्त । आदेश न्या.त्रिलोकप्रताप राणा १. यसमा सर्वोच्च अदालत संयुक्तइजलासको मिति २०४६।१।२१ को आदेशमा इन्साफ जाँचको लागि विविधको लगतमा दर्ता हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त तथ्य एवं व्यहोरा यस प्रकार रहेछ । २. म निवेदक २०२८।३।२७ देखि खरिदार पदमा मालपोत कार्यालयमा नियुक्ति पाई विभिन्न जिल्लाका माल कार्यालयहरुमा काम गर्दै आएको पछि ना.सु. पदमा बढुवा भई विभिन्न जिल्ला मालपोत हाकिम ना.सु.भई र का.मु. मालपोत अधिकृत समेत भई कामकाज गर्दै आएको थिएँ यसै क्रममा २०४४ साल भाद्र २० गते खोटाड्ड माल कार्यालयबाट उदयपुर मालपोत कार्यालयमा ना.सु. पदमा सरुवा भई काम गर्दै आएकोमा मलाई कार्यालयले २०४५।४।९ देखि २०४५।४।१६ गतेसम्म गाउँमा काजको लागि खटाएको अवस्था सीत बाथको रोगले ग्रस्त भई औषधोपचारको लागि सिंहदरबार वैद्यखानामा उपचार गरिरहेको अवस्थामा सोही कारण जनाई बिरामीको प्रमाणपत्र समेत राखी सरुवा गरिपाउँ भनी विभाग समक्ष निवेदन गरेकोमा सो निवदेन दर्ता नै नगरी सो मिति मै तत्कालै विपक्षी मालपोत विभागले मलाई निजामती सेवा ऐन, २०१३ को दफा ६(१)(ख) अनुसार २०४५।४।१३ को निर्णय पर्चाले हुम्लाको ना.सु.पदबाट नि.से.नि., २०२१ को नियम १०(१)(५) बमोजिम भविष्यमा सरकारी नोकरीको निमित्त अयोग्य नठहरिने गरी नोकरीबाट हटाएको व्यहोराको पत्र २०४५।४।१६ मा बुझाइयो । सो उपर २०४५।४।२१ मा प्रशासकीय अदालत समक्ष पुनरावेदन गरेकोमा मालपोत विभागको निर्णय मिलेकै देखिँदा पुनरावेदन जिकिर पुग्न सक्तैन भनी सो अदालतबाट निर्णय भयो । उक्त अदालतको