निर्णय नं. ८५८४ - लिखत दर्ता बदर दर्ता ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८५८४ - लिखत दर्ता बदर दर्ता । भाग: ५३ साल: २०६८ महिना: असार अंक: ३ फैसला मिति :२०६७/१०/१७ ४२१६ निर्णय नं. ८५८४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी माननीय न्यायाधीश श्री तर्कराज भट्ट संवत् २०६४–CI–०२७८ फैसला मितिः २०६७।१०।१७।२ मुद्दा : लिखत दर्ता बदर दर्ता । पुनरावेदक प्रतिवादीः जिल्ला महोत्तरी, जलेश्वर नगरपालिका वडा नं. १३ बस्ने सुरज बडही विरूद्ध प्रत्यर्थी वादीः ऐ. ऐ. बस्ने समरिया बडहिनी समेत शुरू फैसला गर्ने :– मा.न्या.श्री कुमारप्रसाद पोखरेल पुनरावेदन फैसला गर्ने :– मा.न्या.डा.हरिवंश त्रिपाठी मा.न्या. श्री दिनेशकुमार कार्की § पहिलो पुस्ताका मूल अंशियारहरू सगोलमा रहँदाको अवस्थामा घर व्यवहार चलाउनेले अचल सम्पत्ति बिक्री गर्नु पर्दा आफ्नो समकक्षी सोही पुस्ताका अंशियारहरूको मात्र सहमति वा मञ्जूरी लिनुपर्ने । § आफ्नो समान पुस्ताका अंशियारहरूको अतिरिक्त आफूभन्दा मुनिको दोस्रो वा तेस्रो पुस्ताका अंशियारहरूको पनि सहमति वा मञ्जूरी लिनुपर्ने भन्ने अंशबण्डाको १९ नं. को देहाय १ र २ एवं लेनदेन व्यवहारको १० नं. को कानूनी व्यवस्थाको प्रयोजन र उद्देश्य नभएको । (प्रकरण नं.३) § ऐनको व्याख्या सहज, स्वाभाविक र व्यवहारिक ढङ्गले गर्नुपर्छ । ऐनमा प्रयुक्त शब्दहरूको अर्थ ऐनको उद्देश्यमा निहीत हुन्छ । ऐनको उद्देश्य र आसयविपरीत ऐनमा प्रयुक्त शब्दको अर्थलाई अनावश्यक किसिमले तन्काउनु वा विस्तारित गर्नु कानूनसम्मत र न्यायोचित नहुने । (प्रकरण नं.४) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल र विद्वान अधिवक्ता श्री सतिशकृष्ण खरेल प्रत्यर्थी वादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भु थापा र विद्वान अधिवक्ताहरू श्री रामशंकर प्रसाद धामी र श्री बालमुकुन्द श्रेष्ठ अवलम्बित नजीरः सम्बद्ध कानूनः § मुलुकी ऐन अंशबण्डाको १९ नं. § लेनदेन व्यवहारको १० नं. फैसला न्या.ताहिर अली अन्सारीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन अदालत जनकपुरको मिति २०६४।१।३१ को फैसलाउपर पुनरावेदक प्रतिवादीको यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर निम्नानुसार रहेको छ :– मूल पुरुष स्वर्गीय दशरथ ठाकुरका ३ भाई छोराहरूमा जेठा प्रतिवादी भरोसी ठाकुर, माहिला गंगा ठाकुर तथा कान्छा जामुन ठाकुर हुनुहुन्छ । हामी फिरादीहरू विपक्षी भरोसी बडहीको २ श्रीमती र ५ छोरा हौँ । विपक्षी बुवा पति र काका देवर गंगा र जमुना ठाकुर २०२८ साल वैशाखदेखि चुलो मानो अलग गरी बस्ने भए पनि कानूनबमोजिम अंशबण्डा भएको छैन । गंगा र जमुना २०२८ सालदेखि मानो छुट्टयाई बसेको तथ्यलाई हामी स्वीकार गर्दछौँ । २०५३ साल मंसिर १ गते मानो छुट्टिएको व्यहोरा दर्साई छुट्टै अंश मुद्दा दर्ता गरिसकेका छौं । विपक्षी बुवा भरोसी ठाकुर बडहीले सगोलको हाम्रो समेतको अंश लाग्ने जग्गा बिक्री गर्दा हामी समेतको मञ्जूरी लिई मात्र बिक्री वा अरु कुनै किसिमले हक छाडी दिन मिल्ने कुरा प्रष्ट छ । बुवाले आफ्ना नाउँमा दर्ता रहेको जिल्ला महोत्तरी, धवौली गाउँ पञ्चायत वडा नं. १ हाल जलेश्वर नगरपालिका वडा नं. १३ कि.नं. ९१२ को ०–०–१८ जग्गा हाम्रो समेत मञ्जूरी नलिई मिति २०५९।३।११ का दिन राजीनामा पारित गरी दिनु भएकोले हाम्रो हक जति बदर गर्न पाउने हाम्रो कानूनी अधिकार रहेकोले विपक्षी बुवाको अंश हक ०–०–६.१/२ मध्ये पूर्वतर्फबाट ८ खण्डको ७ सात खण्ड विपक्षी सुरजको नाममा भएको दर्ता समेत बदर