निर्णय नं. ४६०१ - जोत दर्ता

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४६०१ - जोत दर्ता भाग: ३४ साल: २०४९ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४९/०८/२५ २८४५ निर्णय नं. ४६०१ ने.का.प. २०४९ (ग) अङ्क ८ पूर्ण इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी वास्तोला माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय सम्वत् २०४७ सालको दे.पु.इ.नं. १०१ फैसला भएको मिति: २०४९।८।२५।५ मा विन्तिपत्रकर्ता/वादी: का.न.पं. वडा नं. १२ बस्ने भैरवमान महर्जन विरुद्ध विपक्षी/प्रतिवादी: गुठी संस्थान केन्द्रीय कार्यालय, काठमाडौं मुद्दा : जोत दर्ता (१) जग्गा जगन्नाथ गुठीको हो भन्नेमा विवाद छैन । उक्त जग्गामा वादीले घर बनाई बसी आएको पनि देखिन आएको छ । उक्त जग्गा मध्येकै जग्गामा न.नं. ५ मा ३ तले टायल छाना भएको घर रहे भएको नक्शाबाट देखिएको छ । उक्त घर नापी हुँदाकै बखतमा भएको पनि नक्शाबाट प्रष्ट हुन्छ । उक्त घर गुठी संस्थानले बनाएको भन्ने प्रमाण कही कतैबाट देखिन आउँदैन । जब गुठी संस्थानले त्यो घर बनाएको छैन र त्यहाँ घरबार बनाई वादी बसी आएको छ भने विन्तिपत्रवालाका बाबुले सो घर बनाएको होइन भनी अनुमान गर्न नमिल्ने । (प्रकरण नं. १७) (२) गुठी लगतमै दर्ता नभएको गुठीलाई राजगुठी मान्न नमिल्ने । (प्रकरण नं. १७) (३) गुठी संस्थान ऐन, २०३३ को दफा २७ मा गुठी जग्गामा खास जोताहा किसानले प्रचलित कानुन बमोजिम मोहियानी हक पाउनेछ भन्ने व्यवस्था गरेको पाइन्छ । उक्त ऐन आए पश्चात पनि जोताहामा वादीको बाबुकै नाम कायम रही विवादित घर जग्गा समेत वादीले नै भोग गरी कमाई आएको अवस्थामा त्यसरी बाबुको मृत्यु पश्चात निजको जोताहा हक निजको छोरामा सर्दैन भन्ने अर्थ गर्न कानुन न्याय एवं विवेकले समेत नमिल्ने । (प्रकरण नं. १७) वादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी, विद्वान अधिवक्ता श्री गोविन्दकुमार उपाध्याय विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल फैसला न्या.गजेन्द्रकेशरी वास्तोला १. यस अदालत संयुक्तइजलासबाट मिति २०४५।४।९ मा फैसला भएको प्रस्तुत मुद्दा पूर्णइजलासबाट दोहोर्‍याई हेरी कानुन बमोजिम निर्णय गर्नु भन्ने प्रमांगी बक्स भई आए बमोजिम पूर्णइजलासको लगतमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ । २. का.जि. मखनटोल बस्ने भावसिंह प्रधानले का.जि. टेकूमा श्री जगन्नाथजीको मन्दिर बनाई मूर्ति स्थापना गरी नित्यपूजा चलाउन जग्गा समेत गुठी राखी पूजा चलाउने व्यवस्था गर्नु भएको, निजको सन्तान चन्द्रमान प्रधानले मेरो पिता भुयुचा भन्ने आशामान महर्जनलाई उक्त गुठी जग्गामा पक्की घर बनाउन दिई मोही कायम गरेको सो जग्गा र घर समेत सर्भे नापी हुँदा का.न.पं. वार्ड नं. २(क) कि.नं. ३९ क्षेत्रफल ७–३–० भई जोताहामा पिता आशामान महर्जन भई किसानको महलमा जगन्नाथमा तिरो तिरी खाएको भन्ने लेखाई जोताहाको प्रमाणपूर्जा प्राप्त गरेकोमा मेरो पिता २०२९ सालमा परलोक भएको हुँदा उक्त घरजग्गा पिताको नाउँबाट जोत नाउँसारी गरिपाउँ भनी भू.सु.का. काठमाडौंमा निवेदन गर्दा पिताको नाउँका जोताहा लगत कट्टा भई गुठी संस्थानको नाउँमा जोत कायम भइसकेको छ भन्ने जवाफ दिएका हुँदा के कुन कारणले मेरो पिताको नाउँको जोताहा हक कट्टा गरी गुठी संस्थानको नाउँमा सो हक कायम गरेको हो मलाई कुनै थाहा नभएको उक्त कार्यालयले मेरो कानुनी हक वञ्चित गरेको हुँदा प्रमाण बुझी मेरा नाउँमा नाउँसारी गरी जोताहा प्रमाणपत्र दिलाई दिनु भन्ने जि.का.काठमाडौंका नाउँमा हुकुम प्रमांगी बक्स पाउँ भ