निर्णय नं. ४६०२ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४६०२ - उत्प्रेषण भाग: ३४ साल: २०४९ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४९/०७/२७ ३०५९ निर्णय नं. ४६०२ ने.का.प. २०४९ (ग) अङ्क ८ पूर्ण इजलास माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह माननीय न्यायाधीश श्री मोहनप्रसाद शर्मा माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय २०४९ सालको रि.पु.इ.नं. ३२ आदेश भएको मिति: २०४९।७।२७।५ मा निवेदक : रत्नराज्य लक्ष्मी क्याम्पस भृकुटी मण्डप काठमाडौंमा प्रविणता प्रमाणपत्र तहको अध्ययन समाप्त गरी का.न.पं. वार्ड नं. ५ हाडी गाउँ बस्ने जीवन थापा विरुद्ध प्रत्यर्थी : त्रि.वि.परीक्षा नियन्त्रण कार्यालय जमलसमेत विषय : उत्प्रेषण (१) निवेदक आफ्नो हक अधिकार प्रति निष्कृय रही हेलचेक्र्याई गरी करीब ७ महीना बढी अवधि पछि रिट क्षेत्रमा प्र्रवेश गरेको कुरालाई विलम्ब गरी प्रवेश गरेको भन्न नमिल्ने । (प्रकरण नं. १७) (२) एक परीक्षाको समाप्ती र अर्को परीक्षाको प्रारम्भको बीचको अवधिमा नै निवेदकले आफ्नो उपर भएको कारवाहीको परिणामको खोजीमा प्रयत्नशील रहेको मान्नु पर्ने सूचनाको प्रकृतिबाट नै देखिन आएको छ । सूचनाबाट निवेदकलाई परीक्षामा अनियमित कार्य गरेको अभद्र व्यवहार गरेको कसबाट निष्कासन गरेको हो सूचनाबाट नखुलेपछि निवेदक सो कुरा बुझ्नु तर्फ लाग्नु स्वाभाविक हुन्छ । सो बुझ्ने शर्तत् प्रयत्नको परिणाम समयको अन्तराल हुन्छ भने यस्तो अवस्थामा समयको अन्तरालले विपक्षलाई विलम्बको सिद्धान्तले मद्दत गर्न सक्दैन । यस अवस्थामा विलम्बको आधारमा निवेदकको रिटनिवेदन खारेज गर्नु न्यायोचित हुँदैन । तसर्थ अनुचित विलम्बको आधारमा रिट खारेज गर्न नमिल्ने । (प्रकरण नं. १७) (३) त्रि.वि.वि. वार्षिक परीक्षा प्रणाली सम्बन्धी विनियमहरु, २०३७ को विनियम २३(१२) को व्यवस्थालाई हेर्दा परीक्षा भवनमा कुनै विद्यार्थीले अनुचित कार्य गरेको ठहरिन आएमा परीक्षा समितिले सो वर्षको परीक्षा रद्द गर्नुका साथै आउँदो कुनै पनि परीक्षा तीन वर्षसम्म सम्मिलित हुन नपाउने गरी निष्कासन गर्न सक्नेछ भन्ने उल्लेख भएको पाइन्छ । निवेदकको परीक्षा रद्द गरी र आउँदो तीन वर्षसम्म परीक्षामा सम्मिलित हुन नपाउने गरी भएको निर्णय परीक्षा समितिबाट भएको र सो निर्णयको प्रकाशन परीक्षा नियन्त्रकबाट भएको देखिँदा त्यस्तो निर्णय र सो निर्णयको आधारमा भएको प्रकाशन अधिकार विहीन निकाय वा अधिकारीबाट भएको भन्न नमिल्ने । (प्रकरण नं. १८) (४) त्रिभुवन विश्वविद्यालय परीक्षा समिति स्वतन्त्र तथा स्वायत्त संस्था हो । परीक्षा समितिले प्रयोग गर्ने अधिकार परीक्षा भवनमा विद्यार्थीहरुमा अनुशासन कायम राख्ने सम्बन्धी अधिकार हो । यस्तो अनुशासन सम्बन्धी अधिकारको विश्वविद्यालय जस्तो स्वतन्त्र एवं स्वायत्त संस्थाले प्रयोग गर्दा कति हदसम्म प्राकृतिक न्याय सिद्धान्तको अनुसरण गर्नु पर्ने हो यो परीक्षार्थीको कार्यको अवस्था परिस्थिति तथा तथ्यमा भर पर्दछ । परीक्षाको विशुद्धता एवं स्तर कायम राख्ने विषय विद्यार्थीको भविष्य निर्माणको विषयसंग सम्बन्धित रहन्छ । प्रस्तुत केशमा निवेदक समेतले परीक्षा भवनमा पर्यवेक्षक र निरीक्षकहरु माथि हातपात गरेको, उत्तर पुस्तिका च्यात्ने धम्की दिएको, महिला पर्यवेक्षक माथि अभद्र व्यवहार गरेको भन्ने प्रतिवेदनको आधारमा परीक्षा समितिले आफ्नो अधिकार क्षेत्र अन्तर्गत कारवाही गरी परीक्षा रद्द र निष्कासन गर्ने गरेको छ । परीक्षा समितिको अधिकार अनुसशासनात्मक छ । परीक्षार्थीको अधिकार परीक्षा समितिले परीक्षामा अपनाउनु पर्ने नीति र शर्तमा आधारित छ । परीक्ष