निर्णय नं. ६१९३ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६१९३ - उत्प्रेषण भाग: ३८ साल: २०५३ महिना: भाद्र अंक: ५ फैसला मिति :२०५३/०४/१६ ३७५२ निर्णय नं. ६१९३ ने.का.प. २०५३ संयूक्त इजलास सम्माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री हरि प्रसाद शर्मा २०५२ सालको रिट नं. ३००५ आदेश मितिः- २०५३।४।३।१६।४ विषय: उत्प्रेषण । रिट निवेदकः- जिल्ला गुल्मी रुरु गा.वि.स. वडा नं. ५ स्थायी घर भै हाल उद्योग विभागमा कार्यरत शाखा अधिकृत वर्ष ३९ को कैलाश कुमार वजिमय । जिल्ला ओखलढुङ्गा रातमाटे गा.वि.स. वडा नं. १ मा स्थायी घर भै हाल काठमाडौं जिल्ला का.न.पा. वडा नं. ३३ ज्ञानेश्वर बस्ने श्रम मन्त्रालयमा कार्यरत शाखा अधिकृत वर्ष ३५ को शम्भू कोइराला । विरुद्ध विपक्षीः-श्री लोकसेवा आयोग, केन्द्रीय कार्यालय, कमल पोखरी । श्री ५ को सरकार, मन्त्रिपरिषद् सचिवालय । श्री सामान्य प्रशासन मन्त्रालय, हरिहर भवन ललितपुर । श्री बढुवा समिति सामान्य प्रशासन मन्त्रालय, हरिहर भवन । मिति २०५२।२।२ गतेको गोरखापत्रमा प्रकाशित सामान्य प्रशासन मन्त्रालयको बढुवा सूचनाको संशोधित योग्यताक्रमको नं. ४५ मा परेका श्री लोक बहादुर खत्री मार्फत सामान्य प्रशासन मन्त्रालय, ललितपुर । ऐ.ऐ. को सूचनाको क्रम संख्या ६४ मा परेका मीन बहादुर पौड्याल मार्फत सामान्य प्रशासन मन्त्रालय, ललितपुर । ऐ.ऐ.का सूचनाको क्रम संख्या ६६ मा परेका श्री ईश्वर प्रसाद जोशी मार्फत सामान्य प्रशासन मन्त्रालय, ललितपुर । ऐ.ऐ.का सूचनाको क्रम संख्या ६७ मा परेका श्री हरिशरण श्रेष्ठ मार्फत सामान्य प्रशासन मन्त्रालय, ललितपुर । ऐ.ऐ.का सूचनाको क्रम संख्या ६८ मा परेका श्री बुद्धि सागर त्रिपाठी मार्फत सामान्य प्रशासन मन्त्रालय, ललितपुर । ऐ.ऐ.का सूचनाको क्रम संख्या ६९ मा परेका श्री जनार्दन शर्मा अधिकारी मार्फत सामान्य प्रशासन मन्त्रालय, ललितपुर । ऐ.ऐ.का सूचनाको क्रम संख्या ७० मा परेका श्री कान्ता रिमाल मार्फत सामान्य प्रशासन मन्त्रालय, ललितपुर । निजामती सेवा ऐन, २०४९ को दफा २४(२) "शैक्षिक योग्यता र तालिम बापत १५ अंकसम्म दिन सकिने व्यवस्था छ । निजामती सेवा नियमावली, २०५० को नियम ८१ (१) मा न्यूनतम शैक्षिक योग्यता र एक अतिरिक्त शैक्षिक उपाधि बापत अंक दिने व्यवस्था गरेको पाइन्छ । त्यस्तै नियम ७४(२) मा बढुवा गरिने पदको लागि आवश्यक पर्ने सेवा अवधि,सम्भाव्य उम्मेदवार हुन जेष्ठता गणना गरिने (असार मसान्तको हिसाबले) अवधि, शैक्षिक योग्यता, बढुवा हुने पदको विवरण तथा संख्या, पद रिक्त भएको कार्यालय, निवेदन दिने म्याद र स्थान समेत खुलाइएको हुनुपर्ने छ भन्ने उल्लेख भएको पाइन्छ । यसरी बढुवाको सम्भाव्य उम्मेदवार हुन जेष्ठता गणना गर्दा असार मसान्तको हिसाबले गर्नु पर्ने कानूनी व्यवस्था भएकोमा, शैक्षिक योग्यता समेतको लागि असार मसान्तको समयावधि कायम गरी २०५० साल असार मसान्तसम्मको मात्र शैक्षिक योग्यता कायम गरी निवेदकहरुले २०५० साल असार मसान्त पछि दरखास्त पेश गर्ने मिति २०५१।३।१४ सम्मको समयावधिमा प्राप्त गरेको अतिरिक्त शैक्षिक योग्यता (M.P.A) को अंक बढुवाको प्रयोजनको निमित्त गणना गर्नु पर्नेमा नगर्ने गरी गरेको निर्णय प्रष्ट तथा कानूनी त्रुटिपूर्ण देखिन आएककाले निवेदकहरुको संवैधानिक तथा कानूनी हकमा समेत आघात पुग्न गएको देखिने । (प्र.नं.२२, २३) निवेदक तर्फबाटः- विद्वान अधिवक्ता श्री बद्री बहादुर कार्की विद्वान अधिवक्ता श्री हरिहर दाहाल विपक्षी तर्फबाटः- विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री नन्द बहादुर सुवेदी