निर्णय नं. ४६०३ - डाँका

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४६०३ - डाँका भाग: ३४ साल: २०४९ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४९/०८/०४ ३१९१ निर्णय नं. ४६०३ ने.का.प. २०४९ (ग) अङ्क ८ पूर्ण इजलास माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय २०४७ सालको फौ.पु.इ. नम्बर ३९ फैसला भएको मिति: २०४९।८।४।५ मा विन्तिपत्र/प्रतिवादी: जि.धनुषा चक्कल गा.वि.स. वा.नं. ७ बस्ने वैद्यनाथ मण्डल विरुद्ध वादी: मधुसुदनको जाहेरीले वादी श्री ५ को सरकार मुद्दा : डाँका (१) प्रत्यक्षदर्शीहरुको भनाई अन्य वस्तुगत आधार, मौका तहकिकात मुचुल्का, दशी बरामदी अभियुक्तको बयान आदिबाट समर्थित भएको अवस्था छैन । यस्तो मौखिक प्रमाणलाई कसूरदार कायम गर्ने आधारको रुपमा ग्रहण गर्न बहुत होसियारी बर्तनु पर्ने हुन्छ । त्यस्ता प्रत्यक्षदर्शीको हैसियतमा रहेका व्यक्तिहरुको मैले वारदात देखेको हुँ भन्ने कथन मात्र पर्याप्त हुँदैन । निजहरुको भनाइबाट निजहरुको प्रत्यक्षदर्शीताको लक्षण, गुण, विद्यमान हुन पर्दछ । साक्षीको बकाइको प्रामाणिक मूल्य निजहरुको भनाइको विश्वसनियता युक्तिसंगतता हुने । (प्रकरण नं. २१) (२) आफ्नो राय व्यक्त नगरेकोबाट मान्य नहुनेमा निज स्वयंको स्वेच्छापूर्वकको घटनासंग सम्बन्ध राख्ने अभिकथनको अभावको अवस्थामा कार्य र घटनाको सम्बन्धमा अरुको अभिव्यक्तिहरुलाई समर्थन हुने गरी सहिछाप गर्नेको कथन स्वतन्त्र रुपको देखिन नआएकोले विश्वसनीय प्रमाणको रुपमा यसलाई ग्रहण गर्न नमिल्ने । (प्रकरण नं. २३) (३) गाउँ ठाउँका व्यक्तिहरु गाउँमै डाँका गर्न गएको भन्नु ठोस विश्वसनीय प्रमाणको आवश्यकता पर्छ सो देखिँदैन, डाँका भएको चीज वस्तु बरामद हुन सकेको छैन, अभियुक्तहरु खोजतलास र पक्राउ गर्ने मौकामै प्रयास पनि गरिएको मिसिलबाट देखिँदैन । यस अवस्थामा विश्वसनीय मान्न नसकिने जाहेरवाला र सरजमीनका व्यक्तिहरुको परस्पर बाझिएको भनाइको आधारमा शंकारहित तवरबाट अभियोग प्रमाणित नभएसम्म कसूरदार कायम गर्न नमिल्ने । (प्रकरण नं. २४) (४) वारदात भएको धेरै समय पछि भएको सरजमीनमा ५ जनाले प्रतिवादीहरुलाई गढाउँ गरी र ५ जनाले सफाई दिने गरी लेखाई दिएको देखिँदा सरजमीनको संख्या बराबर हुन आएकोमा अदालतले गढाउँ गरी बक्ने सरजमीनलाई झिकाई बयान गराएको तर सफाई दिने सरजमीनका मानिसहरुलाई नझिकाइएको प्रतिवादीको साक्षीहरुले प्रतिवादीको समर्थन हुने गरी बकेको, अदालतमा पूर्ण इन्कारी रही बयान गरेको अवस्था समेत हुँदा ठोस वस्तुगत निश्चयात्मक आधार प्रमाणको अभावमा परस्पर बाझिएको तथ्यमा नै फरक पर्ने गरी बकेको साक्षीको मौखिक प्रमाणलाई एक मात्र आधारमा कसूरदार ठहर्‍याउन नमिल्ने । (प्रकरण नं. २५) (५) एकजनाको हकमा उल्टी हुन्छ भने पुनरावेदन नगर्ने वा दोहोर्‍याई इन्साफ जाँच गर्न नआएका हकमा पनि कानुन र न्यायको सिद्धान्तमा एकरुपता ल्याउन त्यस्ता व्यक्तिहरुका हकमा पनि इन्साफ वा सजायँ उल्टाउन सकिने । (प्रकरण नं. २५) (६) प्रमाणहरु शंकास्पद र विश्वसनीय नभएपछि अन्य प्रतिवादीहरुको हकमा पनि ती प्रमाणहरु शंकारहित र विश्वसनीय मान्न नसकिने । (प्रकरण नं. २५) (७) कसूरदार कायम गर्न ग्रहण गरिएको प्रमाणको अतिरिक्त अन्य प्रतिवादीहरुका हकमा गढाउँ गर्ने अन्य कुनै छुट्टै प्रमाण मिसिलबाट देखिँदैन । जाहेरवाला र सरजमीनका व्यक्तिहरुले मौकामा देखे चिन्हेको भनी अदालतमा आई व्यक्त गरेको बकपत्रलाई नै आधार बनाइएको छ । वैद्यनाथ मण्डलका हकमा इन्साफ जाँच गर्दा ती भनाई र बकाईको तथ्यमा नै भ