निर्णय नं. ६१९५ - अंश हक कायम गरी दर्ता नामसारी ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६१९५ - अंश हक कायम गरी दर्ता नामसारी । भाग: ३८ साल: २०५३ महिना: भाद्र अंक: ५ फैसला मिति :२०५३/०३/२१ २६४६ निर्णय नं. ६१९५ ने.का.प. २०५३ संयुक्त इजलास माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ माननीय न्यायाधीश श्री हरि प्रसाद शर्मा २०५० सालको दे.पु. नं. १२८९ फैसला मितिः- २०५३।३।२१।६ मुद्दा: अंश हक कायम गरी दर्ता नामसारी । पुनरावेदक/प्रतिवादीः- नवलपरासी जिल्ला मुकुन्दपुर गा.वि.स. वडा नं. ३ भेडावारी बस्ने नन्द प्रसाद धिताल । विरुद्ध विपक्षी/वादीः- ऐ.ऐ. बस्ने सीताराम धिताल । वण्डा हुनु पर्ने सम्पत्ति वण्डा नभई आफ्नो भोगमा रहेको सम्पत्तिमा अंश वण्डाको ३५ नं. बमोजिम जहिलेसुकै पनि दाबी गर्न सकिने कानूनी व्यवस्था भएको र भेडावारीको जग्गा वादीको नाउँमा दर्ता हुन आएको नदेखिएकोले प्रतिवादीको नाउँमा दर्ता रहेको भेडावारीको जग्गा मध्येबाट वादीले अंश भाग बमोजिम पाउने वादी दावीको जग्गामा वादीको हक लाग्ने देखिन आउने । (प्र.नं. १३) पुनरावेदक प्रतिवादी तर्फबाटः- विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी विपक्षी वादी तर्फबाटः- विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्ण प्रसाद भण्डारी विद्वान अधिवक्ता श्री विश्वकान्त मैनाली अबलम्बित नजीरः- × फैसला न्या. ओमभक्त श्रेष्ठः- पुनरावेदन अदालत बुटवलको मिति २०५०।२।२४ को फैसला उपर पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः- 2. पिता ठाकुर प्रसादका २ श्रीमती जेठी उत्तम कुमारी र कान्छी तुलसा देवी भई जेठी तर्फबाट नेत्र प्रसाद, गणेश प्रसाद, उपेन्द्र प्रसाद र फिरादी सिताराम र कान्छी तर्फबाट विपक्षी नन्द प्रसाद, माधव प्रसाद, रामचन्द्र दिनेश प्रसाद समेतको जन्म भएको बाबु र आमाहरुको परलोक भै सकेको । पिताजीले मिति २०५१।८।१३ मा वण्डा पत्र खडा गराई जेठी तर्फको सम्पत्ति गणेश प्रसादले र कान्छी तर्फको नन्द प्रसादले जिम्मा लिने गरी वण्डा गरी दिनु भएको र सो अनुसार मधेश पहाड दुवै तर्फ सबैले बराबर पाउनु पर्ने उल्लेख भएको । विपक्षी नन्द प्रसाद तर्फका दाजु भाइहरु बीच मिति २०२१।५।४ मा वण्डा पत्र पारीत भएको र २०१५ सालको वण्डा पत्र बमोजिम भेडावारीको रैतानी जग्गामा विपक्षी नन्द प्रसाद तर्फका दाजु भाइको आधा र फिरादीको दाजु भाईको आधा हिस्सा रहेको छ । २०१७ साल र २०२६ सालको नापीबाट सो भेडावारीको जग्गा करिब १६ विगाहा जग्गा विपक्षीले आधा र म समेतको नामले आधा आधा भोग चलन गरी आएका छौं । त्यस मध्येबाट कि.नं. ९७, ५१, ५३ र ५० को जम्मा २ विगाहा जग्गा मैले अविच्छिन्न रुपमा भोग चलन गरी आएपनि उक्त मेरो २ विगाहा जग्गा विपक्षीले दर्ता गराएकोले उक्त जग्गाको निजको नाउँमा भएको दर्ताबाट मेरो हक कायम भै मेरो नाउँमा दर्ता नामसारी गरी पाऊँ भन्ने फिराद दाबी । 3. वादी दावी झुठ्ठा हो । वादीले आफ्नो नाउँमा भएको जग्गा अंश बापतमा प्राप्त गरी भोगचलन गरेका छन् । मबाट निजले अंश पाउनु पर्ने बाँकी छैन । निजले दाबी गरेका जग्गा निजको हक भोगको होइन । निजको अंश भागको जग्गा भएको भए निजले अकाट्य सबुद प्रमाण पेश गर्न सक्नु पर्ने सो समेत नभएको हुनाले झुठ्ठा दाबीबाट अलग फुर्सद पाऊँ भन्ने समेतको प्रतिउत्तर जिकिर । 4. वादी दावीको प्रतिवादीको नाममा नासोको रुपमा दर्ता रहेको भन्ने जग्गा प्रतिवादीको नामबाट वादीको नाउँमा दर्ता र हक कायम नहुने ठहर्छ भन्ने शुरु नवलपरासी जिल्ला अदालतको फैसला । 5. २०१५ सालमा र २०२१ सालमा खडा भएको वण्डापत्रबाट समेत विपक्षीको नाउँमा दर्ता रहेको जग्गा अवण्डा गोश्वा