निर्णय नं. ४६०५-१ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४६०५-१ - उत्प्रेषण भाग: ३४ साल: २०४९ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४९/०३/१५ ४३१८ निर्णय नं. ४६०६ ने.का.प. २०४९ (ग) अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय सम्वत् २०४६ सालको रिट नं. ९९३ आदेश भएको मिति: २०४९।३।१५।२ मा निवेदक : अशोक स्टील इण्डष्ट्रिज प्रा.लि.को तर्फबाट अख्तियार प्राप्त ऐ.ऐ.को सञ्चालक सुरेसचन्द्र अग्रवाल विरुद्ध प्रत्यर्थी : उद्योग विभाग त्रिपुरेश्वरसमेत विषय : उत्प्रेषण (१) पेटेन्टहरु राष्ट्रियहितको लागि गोप्य राखिएकोले नेपाल राजपत्रमा प्रकाशित नभएको भन्ने विपक्षी उद्योग विभागको लिखितजवाफबाट देखिन्न । कानुनले जुन पेटेन्टहरु नेपाल राजपत्रमा प्रकाशित गर्नुपर्छ भनी अनिवार्यता तोकेको छ सो प्रकाशित नभए गरेको कारणबाट त्यस्तो पेटेन्टको नक्कल दिन पर्दैन भन्ने कुरा कानुनसम्मत नदेखिने । (प्रकरण नं. १९) (२) आफ्नो विरुद्धमा परेको उजुरी सम्बन्धी समुचित व्यहोरा एवं सबूद प्रमाणको नक्कल समेत हेरी आफ्नो भएको सफाइको व्यहोरा र तत्सम्बन्धी प्रमाण समेत पेश गरी खण्डन मण्डन गर्न पाउने अवसर निवेदकलाई प्रदान हुनु पर्ने प्राकृतिक न्याय सिद्धान्तको प्रक्रियागत अनिवार्यता रहेको देखिने । (प्रकरण नं. २१) (३) नक्कल पनि नदिने एवं पछि निवेदकको उत्पादन बन्द गर्ने निर्णय गरिसकेपछि सो निर्णयको प्रतिलिपि समेत नदिने हो भने निवेदकले के कुराको आधारमा के कस्तो प्रमाण सहित आफू उपरको आरोप खण्डन गर्ने हो त्यो नै निश्चित हुँदैन । अतः विपक्षी उद्योग विभागले निवेदकलाई लेखेको पत्रबाट प्राकृतिक न्याय सिद्धान्तको उपेक्षा गरिएको देखिँदा सो पत्र र निवेदकलाई नक्कल नदिने विषयमा भएको निर्णय लगायतका सम्पूर्ण काम कारवाही त्रुटिपूर्ण देखिएकोले उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. २१) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री हरिशंकर निरौला प्रत्यर्थीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी., विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त आदेश न्या.केदारनाथ उपाध्याय १. नेपालको संविधान धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण निम्न प्रकार छ :– २. २०४०।१।१२ मा उद्योग विभागबाट प्रदान भएको इजाजतपत्रको अधीनमा रही उत्पादन कार्य गरी यस उद्योगले निर्धारित गुणस्तर अन्तर्गतको सामानहरु बिक्री वितरण समेत गरी आएको हो । आफ्नो क्षमता अनुसारको सक्रिय सहभागीता देशको औद्योगिक विकासमा पुर्‍याउँदै आएको र आधारभूत आवश्यकताको परीपूर्तिमा यस उद्योगको उत्पादन समेत पर्दछ । ३. लग्जेम्वर्ग स्थित टरस्टेग स्टील कर्पोरेशनले रीईनफोर्सिङ कंक्रीट नामको पेटेण्ट उद्योग विभागमा दर्ता गराएको र हाल त्यस कम्पनीले उक्त पेटेण्टको गैरकानुनी रुपमा प्रयोग गरिरहेछ भनी उजूरी निवेदन प्राप्त भएकोले स्पष्ट खुलाई पठाउन सूचना गरिएको छ भन्ने प्रत्यर्थी नं. १ को पत्र उक्त पत्रको जवाफमा रिइनफोर्सिङ वार फर कंक्रीट र वार फर रिइन्फोर्सिङ कंक्रीट भन्ने पेटेण्ट नाम गरी कुनै उत्पादन गरेको छैन भन्ने समेत व्यहोरा यस उद्योगको पत्र । २०४६।७।१६ को प्रत्यर्थी उद्योग विभागको पत्र प्राप्त हुन आएपछि यस उद्योगको तर्फबाट लेखिएको विस्तृत विवरण खुलाई हामी उपर परेको उजूरी पत्रको नक्कल समेत नियमानुसार लाग्ने दस्तूर लिई पाउँ भन्ने समेत व्यहोराको २०४६।७।२० को पत्र । ४. ०४६।८।२३ मा उजूरी पत्रको नक्कल पाउँ भनी निवेदन गरेको २०४६।९।१० को प्रत्यर्थी नं. १ का महानिर्देश