निर्णय नं. ६१९७ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६१९७ - उत्प्रेषण भाग: ३८ साल: २०५३ महिना: भाद्र अंक: ५ फैसला मिति :२०५३/०४/०७ २६९२ निर्णय नं. ६१९७ ने.का.प. २०५३ संयुक्त इजलास माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य सम्वत् २०५१ सालको रिट नं. २९२१ आदेश मितिः- २०५३।४।७।२ विषय: उत्प्रेषण । निवेदकः- रुद्रेश्वरीको मुद्दा सकार गर्ने का.जि.का.न.पा. वडा नं. ११ त्रिपुरेश्वर बस्ने प्रेम कुमारी के.सी. । ऐ.ऐ.बस्ने अच्युत प्रसाद के.सी. ऐ.ऐ. बस्ने केशव प्रसाद के.सी. विरुद्ध प्रत्यर्थीः- पुनरावेदन अदालत पाटन, ललितपुर । काठमाडौं जिल्ला अदालत, डिल्ली बजार चारखाल । का.जि.का.न.पा. वडा नं. ११ त्रिपुरेश्वर बस्ने सरस्वती के.सी.। फैसला प्रतिकुल हुने गरी अंशियार कायम गरी वण्डा छुट्टयाई दिने ठहर निर्णय गर्ने अधिकार क्षेत्र फैसला कार्यान्वयन गर्ने निकायलाई छैन । (प्र.नं. ९) निवेदक तर्फबाटः- विद्वान अधिवक्ता श्री बसन्तराम भण्डारी विपक्षी वादी तर्फबाटः- विद्वान अधिवक्ता श्री रेवन्त बहादुर कुँवर अबलम्बित नजीरः- × आदेश न्या. केशव प्रसाद उपाध्यायः- नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ३३, ८८(२) अन्तर्गत दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य यसप्रकार छः- 2. वादी विपक्षी सरस्वती खत्री प्रतिवादी श्री राम के.सी. समेत भएको अंश मुद्दामा सर्वोच्च अदालतको पूर्ण इजलासबाट २०५०।८।१० मा रुद्रेश्वरीले जिम्मा लिए बमोजिमको ७ भागको १ भाग अंश वादीले पाउने गरी अन्तिम फैसला भएको छ । ७ भागको १ भाग वण्डा छुट्टयाई पाऊँ भनी २०५०।११।२५ मा निवेदन गर्नु भयो । पछि विपक्षीले ४ भागको १ भाग अंश छुट्टयाई पाऊँ भन्ने २०५१ साल श्रावणमा निवेदन गर्नु भएकोमा अन्तिम फैसला नहुँदै केही अंशियारहरुको परलोक भए पश्चात २०५०।८।१० को अन्तिम फैसलाले ७ भागको १ भाग पाउने ठहर भएको देखिएकोले निवेदन माग बमोजिम गर्न मिलेन कानून बमोजिम गर्नु भन्ने २०५१।४।२४ मा तहसिलदारबाट आदेश भएको थियो । 3. विपक्षीले २०५१ साल कार्तिकमा जिवित अंशियार मध्ये कुसुम कुमारी भन्ने शुभ कुमारी के.सी. परलोक हुनु भएको र निजको हकदार कोही नहुँदा जिवित अंशियारहरु बीच वण्डा गरी पाऊँ भनी पुनः निवेदन दिएकोमा मिति २०५१।४।२४ को आदेशमा जिवित अंशियार बीच मात्र वण्डा गर्न नमिल्ने भनी आदेश भएको देखिएता पनि हाल वादीले पेश गरेको २०४१ सालको दे.पु.नं. ९३ को अंश मुद्दामा सर्वोच्च अदालतबाट प्रतिपादित भएको सिद्धान्त अनुसार प्रस्तुत मुद्दामा फैसला जिवित अंशियार बीच मात्र वण्डा गरी दिनु पर्ने देखिँदा सोही नजीर बमोजिम गर्ने भन्ने तहसिलदारबाट आदेश भएको रहेछ । सो आदेश उपर दण्ड सजायको ६१ नं. बमोजिम काठमाडौं जिल्ला अदालत समक्ष निवेदन गरेकोमा ने.का.प. २०५१ नि.नं. ४८७१ मिति २०५०।१०।२४ मा प्रतिपादित नजीर अनुसार तहसिलदारको आदेशलाई मान्यता दिइयो । सो उपर अ.बं. १७ नं. बमोजिम निवेदन दिंदा पुनरावेदन अदालत पाटनबाट कैफियत प्रतिवेदन माग भै त्यस अदालतको २०५१।१०।२० को आदेशमा अन्यथा गर्नु पर्ने अवस्था नदेखिँदा कानून बमोजिम गर्नु भन्ने आदेश भयो । 4. पूर्ण इजलासको फैसलामा अंशियारका अंश हिस्सा समेतमा विवेचना नभई केवल रुद्रेश्वरी जिम्मा रहेको विपक्षीको पतिको भाग सोही हदसम्म ७ भागको १ भाग अंश मात्र छुट्टयाई लिन पाउने प्रष्ट छ । ५ भागको १ भाग अंश पाऊँ भन्ने विपक्षीको मागलाई अस्वीकार गरेको छ । प्रस्तुत मुद्दा केवल जिम्मा लिएको फिर्तासम्म दिने हो । आदेशमा लगाइएको नजीर प्रस्तुत मुद्दामा लाग्न