निर्णय नं. ६१९८ - लेनदेन.

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६१९८ - लेनदेन. भाग: ३८ साल: २०५३ महिना: भाद्र अंक: ५ फैसला मिति :२०५३/०३/२८ ३९४७ निर्णय नं. ६१९८ ने.का.प. २०५३ संयुक्त इजलास माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे सम्वत् २०४९ सालको दे.पु.नं. ५७८ फैसला मितिः- २०५३।३।२८।६ मुद्दा: लेनदेन । पुनरावेदक वादीः- नवलपरासी जिल्ला गैडाकोट गा.वि.स. वडा नं. ९ बस्ने वर्ष ४३ को इन्द्रमणि कडेल । विरुद्ध प्रत्यर्थी/प्रतिवादीः- ऐ.ऐ. वडा नं. ९ बस्ने वर्ष ४६ को दुर्गा प्रसाद रिजाल । मुख्यतः जग्गा पास गरी दिने लिने करार गरेको र सो पास गरी दिएन पास गराई पाऊँ वा पास गरी दिएन पास गरी लिनुपर्ने गरी पाऊँ भनी करारका मुख्य विषयमा कुनै पक्ष पनि नआई उक्त अनुसारको लिखत हुँदा लेनदेन गरेको रकमको विषयमा विवाद परेको देखिन्छ । यस्तो नावट्टाको प्रकृतिको लिखत गरी लेनदेन गरेको लेनदेन व्यवहारको २ नं. बाहेकको अवस्थाको लेनदेनमा उक्त महलको ४० नं. अन्तर्गत पर्ने भनी यस अदालतबाट बैनाबट्टाको रुपमा भएको लेनदेनमा लेनदेन व्यवहारको ४० नं. को हदम्याद लाग्ने भन्ने पृथ्वी बहादुर वि. नेपाल खाद्य संस्थान भएको लेनदेन मुद्दामा समेत सिद्धान्त प्रतिपादन (ने.का.प. २०४१ पु.नि.नं. १९२० पृष्ठ २००) भै रहेको देखिन्छ । प्रस्तुत मुद्दामा करार ऐन, २०२३ को दफा १८(२) अन्तर्गतको हदम्याद भित्र नपरेको भनी पुनरावेदन अदालत बुटवलले फिराद खारेज गर्ने गरेको फैसला मिलेको नदेखिंदा बदर हुने । (प्र.नं. १३) पुनरावेदक वादी तर्फबाटः- विद्वान अधिवक्ता श्री खगेन्द्र प्रसाद अधिकारी प्रत्यर्थी प्रतिवादी तर्फबाटः- × अबलम्बित नजीरः- (ने.का.प. २०४१ पु.नि.नं. १९२० पृ.२००) पृथ्वी बहादुर वि. नेपाल खाद्य संस्थान भएको लेनदेन मुद्दामा प्रतिपादित सिद्धान्त । फैसला न्या. लक्ष्मण प्रसाद अर्यालः- पुनरावेदन अदालत, बुटवलको मिति २०४८ ।११।११ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम यस अदालतमा पर्न आएको प्रस्तुत पुनरावेदन सहितको संक्षिप्त व्यहोरा यसप्रकार छः- 2. यसमा विपक्षी र मेरो सल्लाह अनुसार निजका नाउँमा दर्ता रहेको जि.न.प. गैडाकोट गा.पं. वडा नं. ९ क कि.नं. १३४ मध्ये रोपनी ५-०-०-० अर्थात साढे सात कठ्ठा जग्गा मैले रु.३३,७५०।- मा राजीनामा लिने सल्लाह भै बैना स्वरुप ६,१२२।- मिति २०४३।७।२४ मा विपक्षीलाई दिई बैना वट्टाको कागज गरी दिनु भएको थियो । जस अनुसार यदि पारीत गरी नदिए बैनाको डब्बल बुझाउने भन्ने व्यहोराको कागज गरी दिनु भएको थियो । सो कागज अनुसार बाँकी थैली रु.३३,७५०।- मध्ये बैना स्वरुप लिएका रु.६,१२२।- कट्टा गरी बाँकी रु.२७,६२८।- मिति २०४३।१२।१ का दिन बुझाई पास नगरी आल टाल गर्नु भएकोले ठगीतर्फ आज यसै अदालतमा फिराद दायर गरेको छु । उक्त म संग लिएको बैना स्वरुप रु. ६,१२२।- मा लेनदेन व्यवहारको ४० नं. को म्याद २ वर्ष भित्र फिराद गर्न आएको छु । उक्त बैना बट्टाको कागज अनुसार डबल रु.१२,२४४।- विपक्षीबाट दिलाई भराई पाऊँ भन्ने समेत वादीका मुख्य फिराद दाबी । 3. विपक्षीले लेनदेन व्यवहारको ४० नं. को हद म्याद कायम गरी फिराद गर्नु भएको र फिरादमा दोब्बर भरी पाउने भन्ने उल्लेख भएको तर कुन कानूनले दोब्बर पाउने हो, उल्लेख भएको छैन । कुन कानूनले दोब्बर पाउनु पर्ने भन्ने उल्लेख भएको नहुँदा प्रस्तुत फिराद खारेज गरी पाऊँ । यदि इन्साफै हुने हो भनी उक्त बैनाको शर्त अनुसार जग्गा पास गर्न जाऊँ भनी विपक्षीलाई भन्दा जग्गा खान इन्कार गरी बाँकी थैली समेत बुझाउन इन्कार गर्नु