निर्णय नं. ६२०० - उत्प्रेषणयुक्त परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६२०० - उत्प्रेषणयुक्त परमादेश भाग: ३८ साल: २०५३ महिना: भाद्र अंक: ५ फैसला मिति :२०५३/०३/११ २७५३ निर्णय नं. ६२०० ने.का.प. २०५३ संयुक्त इजलास माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी माननीय न्यायाधीश श्री हरिश्चन्द्र प्रसाद उपाध्याय सम्वत् २०५१ सालको रिट नं. २६२१ आदेश मितिः- २०५३।३।११।३ विषय : उत्प्रेषणयुक्त परमादेश । निवेदकः- जिल्ला चितवन, भरतपुर नगरपालिका वडा नं. ७ घर भई पोखरा नगरपालिकामा लेखा अधिकृत (वडा लेखापाल) पदमा कार्यरत रहेको ऋषि विक्रम रायमाझी । विरुद्ध विपक्षीः- स्थानीय विकास मन्त्रालय (नगरपालिका व्यवस्था शाखा) पुल्चोक पोखरा नगरपालिका कास्की, पोखरा कानून बमोजिम गर्नु पर्ने क्रिया गर्न इन्कार गरेको वा नगरेको अवस्थामा परमादेश जारी हुने हो। कानूनले नै त्यस्तो कर्तव्य तथा दायित्व नगरपालिकालाई नबोकाएको अवस्थामा माग बमोजिम सुविधा दिनु भनी परमादेश जारी हुने अवस्था नदेखिने । (प्र.नं. ९) निवेदक तर्फबाटः- विद्वान अधिवक्ता श्री शम्भु थापा विपक्षी तर्फबाटः- विद्वान सरकारी अधिवक्ता श्री नन्द बहादुर सुबेदी विद्वान अधिवक्ता श्री दीपक बास्तोला अबलम्बित नजीरः- ने.का.प. २०४४ नि.नं. ३२१४ पृष्ठ ९७० मा प्रकाशित डा. गोपाल प्रसाद शाह विरुद्ध स्वास्थ्य मन्त्रालय समेत भएको रिट निवेदनमा प्रतिपादित सिद्धान्त । आदेश न्या. कृष्णजंग रायमाझीः- नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३/८८ (२) बमोजिम पर्न आएको रिट निवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छः- 2. निवेदक तत्कालीन पोखरा नगरपालिकामा २०४१।४।३ को पत्रद्वारा मिति २०४१।४।४ गते देखि रा.प.अनं.प्रथम श्रेणी लेखापाल पदमा ६ महिनाको परीक्षण कालमा नियुक्ति पाई मिति २०४१।१०।१० को पत्रद्वारा स्थायी नियुक्ति पाई काम गरी पोखरा नगरपालिकाको २०४६।१२।३० को निर्णय अनुसार निवेदकलाई राजपत्रांङ्कित तृतीय श्रेणी वडा लेखापाल पदमा २०४७।१।२ गते स्थायी नियुक्ति भई सो पदमा बहाल गरी कार्य गरी आएको थिएँ । २०४९।५।१५ को पत्रद्वारा मेरो सेवाको आवश्यकता नपरेकोले २०४९।५।१४ को निर्णयद्वारा पछि अयोग्य नठहरिने गरी अवकाश दिइयो । मेरो निवेदन परे पश्चात सम्मानित श्री सर्वोच्च अदालत संयुक्त इजलासबाट मिति २०५१।१।११ गते मलाई अवकाश दिने भनी गरेको पोखरा नगरपालिकाको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी म निवेदकलाई साबिक पदमा पुनः बहाल गर्नु भनी परमादेशको आदेश समेत जारी भएको थियो । मलाई आफ्नो साबिक पदमा पुनः बहाली गर्नु भन्ने आदेश पाए पश्चात मैले २०५१।२।९ गते साबिक पदमा पुनः बहाल गराई तलब, भत्ता, ग्रेड, दशै खर्च समेत पाऊँ भनी कार्यकारिणी अधिकृत ज्यू मार्फत पोखरा नगरपालिका कार्यालयका प्रमुख ज्यू समक्ष निवेदन गर्नुको साथै मिति २०५१।२।१५ गते साबिक लेखा अधिकृत पदमा हाजिर गराई पाऊँ भनी निवेदन समेत गरेको थिएँ । २०५१।५।२१ गते मलाई २०५१।५।२० को निर्णयानुसार साबिक लेखा अधिकृत पदमा पुनः बहाली गराएको र हाजिर हुन आउनु भन्ने पत्र प्राप्त भई काममा कार्यरत रहेको अवस्थामा अवकाश प्राप्त अवधिको सुविधा नगरपालिका ऐन र नियममा अवकाश भए देखि पुनर्वहाली सम्मको तलब भत्ताको सुविधा दिन नमिल्ने भनी स्थानीय विकास मन्त्रालय (नगरपालिका व्यवस्था शाखा) को २०५१।७।७ को पत्रद्वारा मलाई २०५१।८।१६ मा अवगत गराइयो। अवकासको मितिदेखि पुनर्वहालीको मितिसम्मको तलब सुविधा नदिने हो भने त्यस सम्बन्धमा नदिने भन्ने कानूनी व्यवस्था भएको अवस्थामा मात्र नदिने भन्न सकिन्छ । तर त्यस किसिमको कानूनी व्यवस्था नगरपालिका ऐन,