निर्णय नं. ४६०७ - इन्साफ जाँच

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४६०७ - इन्साफ जाँच भाग: ३४ साल: २०४९ महिना: पौस अंक: ९ फैसला मिति :२०४९/०९/२८ २०८६ निर्णय नं. ४६०७ ने.का.प. २०४९ (ग) अङ्क ९ संयुक्त इजलास का.मु.सम्माननीय प्रधान न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी वास्तोला २०४७ सालको नि.नं. ४८४ आदेश भएको मिति: २०४९।९।२८।३ मा निवेदक/प्रतिवादी: ज्योती क्लियरिंग एण्ड फर्वाडिड्ड एजेन्सीका प्रो.अमृत ज्योती कंसाकार विरुद्ध विपक्षी/वादी: दुग्ध विकास संस्थानका कार्यकारी अध्यक्ष पलजंग राणा विषय : इन्साफ जाँच मुद्दा : रकम दिलाई भराई पाउँ (१) संस्थानका अधिकार प्राप्त व्यक्तिबाट फिराद दायर भएकोले हकदैया नभएको भन्न पर्ने स्थिति नदेखिने । (प्रकरण नं. २) (२) प्रतिवादीले हिसाब मिलानको लागि २ महीनाको म्याद मागेकोमा सो म्यादबाट हदम्याद भित्र नालेश परेबाट हदम्याद भित्र नै फिराद परेको देखिने । (प्रकरण नं. २) आदेश १. यस संस्थानबाट प्रतिवादीले लिनु पर्ने भन्दा बढी पेश्की रु. १,०२,७०१।३१ लिएकोमा सो र बीमा बापत असूल उपर गरी लिनु पर्ने रकम यस संस्थानलाई बुझाउनु पर्ने रु. ४,५१,७२२।०६ समेत जम्मा रु. ५,५४,४२३।३७ समेत नबुझाएकोले प्रतिवादीबाट दिलाई भराई पाउँ भन्ने फिराद दावी र वादीले दावी गरेको बीमाको रकम विभागबाट हामीलाई प्राप्त भएको छैन, तथा फिराद दावी अनुसार हिसाब मिलान मिलेको समेत छैन । तसर्थः दावी अनुसारको रकम बुझाउनु पर्ने होइन । साथै अ.बं. ७२ नं. ले फिर्ता पाउँ भन्ने र बुझाउनु पर्ने रकम दिलाई पाउँ भन्ने मुद्दा एकै फिरादपत्रबाट हेर्न नमिल्नुको साथै शुरु अञ्चल अदालतमा मुद्दा पर्नु पर्नेमा नपरेकोले अधिकार क्षेत्र विपरीत छ भन्ने प्रतिउत्तर जिकिर रहेको प्रस्तुत मुद्दामा काठमाडौं जिल्ला अदालतबाट वागमती अञ्चल अदालतको क्षेत्राधिकार भित्र पर्ने भनी आदेश गरे अनुरुप वा.अं.अ. मा पठाएको रहेछ । वागमती अञ्चल अदालतले बढी पेश्की लिएको रु. १,०२,७०१।०१ प्रतिवादीले वादीबाट भराई लिन पाउने र बीमा बापतको रकम प्रतिवादीले बुझाउनु पर्ने भन्ने कुनै करार भएको नदेखिँदा त्यसतर्फ वादी दावी नपुग्ने ठहर्छ भनी फैसला भएको । मध्यमाञ्चल क्षेत्रीय अदालतबाट बढी पेश्की रु. १,०२,७०१।०१ को साथै बीमा बापत रु. २५,५९१।६४ समेत वादीले प्रतिवादीबाट भराई लिन पाउने गरी केही उल्टी फैसला भएको र सो मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलालाई मनासिब ठहर्‍याई सर्वोच्च अदालतबाट भएको मिति ०४६।२।२९।१ को फैसला दोहोर्‍याई जाँची पाउँ भनी प्रतिवादीको विन्तिपत्र परेको पाइन्छ । २. यस सम्बन्धमा भई आएको निर्देशन अनुरुप निवेदकको माग बमोजिम हुन पर्ने हो वा होइन भनी हेर्दा यसमा संस्थानका अधिकार प्राप्त व्यक्तिबाट फिराद दायर भएकोले हकदैया नभएको भन्न पर्ने स्थिति देखिँदैन । प्रतिवादीले हिसाब मिलानको लागि २ महीनाको म्याद मागेकोमा सो म्यादबाट हदम्याद भित्र नालेश परेबाट हदम्याद भित्र नै फिराद परेको देखिन्छ । जि.अ. बाट कानुन बमोजिम नै वागमती अञ्चल अदालतमा मुद्दा सरुवा गरेको हुँदा अधिकार क्षेत्र सम्बन्धी कुनै त्रुटि भएको भन्न मिलेन । वादीबाट प्रतिवादीले बढी पेश्की रु. १,०२,७०१।०१ लिएको पेश भएका कागजातबाट देखिन्छ । यसरी बढी पेश्की लिएको रकम वादीलाई प्रतिवादीले फिर्ता गर्नु नपर्ने भन्न मिल्ने देखिँदैन । प्रतिवादीले उठाएको नोक्सानी बिगोमा उठाए बापत १० प्रतिशत कमिशन पाउने हुँदा बीमासंग उठाएको भनेको रु. २,८४,३४७।३४ मध्ये १० प्रतिशत कमिशन बापतको कटाई बाँकी रु. २,५५,९१२।६४ प्रतिवादीबाट वादीले भरा