निर्णय नं. ४६०८ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४६०८ - उत्प्रेषण भाग: ३४ साल: २०४९ महिना: पौस अंक: ९ फैसला मिति :२०४९/०८/१४ २७९१ निर्णय नं. ४६०८ ने.का.प. २०४९ (ग) अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी २०४७ सालको रिट नं. ९६९ आदेश भएको मिति: २०४९।८।१४।१ मा निवेदक : महोत्तरी जिल्ला बनौटा गा.वि.स.वा.नं.८ बस्ने उतिम यादव विरुद्ध प्रत्यर्थी : तहसिलदार, तहसिल फाँट, महोत्तरी जिल्ला अदालतसमेत विषय : उत्प्रेषण (१) जिल्ला अदालत जस्तो न्यायिक निकायले मिसिलमा रहेको तथ्यलाई लुकाई लिखितजवाफ प्रस्तुत गरेबाट अदालतलाई गुमराहमा पार्ने काम गरेको देखिने । (प्रकरण नं. ११) (२) मुद्दा अन्तिम नभई बिगो भरी भराउको दर्खास्तको आधारमा लिलामको कारवाही चलाई लिलाम गर्न पाउने कानुनी व्यवस्थाको अभावमा मुद्दाको पुनरावेदन कारवाही चलिरहेकै स्थितिमा लिलाम गरेको प्रत्यर्थी जिल्ला अदालतको काम कारवाही कानुन बमोजिम भएको भन्न नमिल्ने । (प्रकरण नं. १२) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री महादेवप्रसाद यावद प्रत्यर्थीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री वासुदेवप्रसाद ढुंगाना, विद्वान सहन्यायाधिवक्ता श्री नरेन्द्रकुमार श्रेष्ठ आदेश न्या.सुरेन्द्रप्रसाद सिंह १. नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ :– २. महोत्तरी जिल्ला अदालतको तहसिल फाँटले ०४६।८।२५।१ मा बिगो भरी भराउको सन्दर्भमा म निवेदकको नाममा दर्ता रहेको महोत्तरी जिल्ला धमौरा गा.पं. वडा नं. ५ ख कि.नं. २१९ को ०–४–५ र ऐ. वडा नं. ६ग कि.नं. २०७ को ०–३–१० मध्ये पश्चिमतर्फबाट ०–०–३ घर समेतका जग्गा डाँक लिलाम गरी डाँक सकार गर्ने प्रत्यर्थी राजदेवलाई ०४६।९।१० गते चलन पुर्जी दिएको थाहा पाई २०४७।६।२३ मा नक्कल सारेको छु । ३. प्रत्यर्थी वादी राजदेव यादव र म निवेदक प्रतिवादी उत्तिम यादवसंगको २०४४ सालको दे.नं. १२७० को लेनदेन मुद्दामा वादीले साँवा ब्याज रु. ७,३००।– कोर्ट फी रु. ३१०।५४, अन्य दस्तूर रु. ७, नपुग कोर्ट फी रु. १।८२ समेत जम्मा रु. ३१९।३६ प्रतिवादीबाट भरी पाउने ठहर्छ भन्ने महोत्तरी जिल्ला अदालतको २०४५।९।२१।४ को फैसला उपर मैले जनकपुर अञ्चल अदालत समक्ष पुनरावेदन गरी ०४७।५।१३ गते डिसमिस भएको, म्याद गुज्रेको उपर म्याद थामी पाउन श्री ५ महाराजाधिराज समक्ष विन्तिपत्र चढाएको छु । पुनरावेदन चलिरहेकै अन्तराल मुलुकी ऐन दण्ड सजायँको ४२ देहाय १ को विपरीत प्रत्यर्थी राजदेवले दिएको बिगो भरी भराउको दर्खास्तमा २०४६।८।२५ गते डाँक लिलाम गरेको दं.स. को ४२ अञ्चल तथा जिल्ला अदालत नियमावली, २०३४ को नियम ६८ तथा अ.बं. १९३ समेतको विपरीत छ । ४. बिगो असूल उपर गर्दा गाउँ वा नगर पञ्चायतलाई साक्षी राखी तायदात गरी रोक्का राखी रोक्काको जनाउ मालपोत कार्यालय, पञ्चायत तथा सम्बन्धित व्यक्ति म निवेदकलाई प्राप्त गराई लिलाम हुने ३५ दिने सूचना म्याद टाँसी लिलाम गर्नु पर्नेमा अ.बं. ११० नं. विपरीत मलाई जानकारी नहुने गरी ०४६।८।१७ गते गरिएको टाँसको ९ दिन पश्चात ०४६।८।२५ गते डाँक लिलाम भएको छ । मोल मुचुल्का पनि नियम ६८(६) अनुसार गरिएको छैन । प्रत्यर्थीहरुको उक्त त्रुटिपूर्ण काम कारवाहीले म निवेदकको उक्त उल्लेखित हकहरुको अतिरिक्त संविधानको धारा ११, १७ मा प्रत्याभूत मौलिक हकहरु अवरुद्ध भएकोेले उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश जारी गरी उक्त डाँक लिलाम बदर गरी म निवेदकको हक प