निर्णय नं. ४६०९ - उत्प्रेषण मिश्रित परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४६०९ - उत्प्रेषण मिश्रित परमादेश भाग: ३४ साल: २०४९ महिना: पौस अंक: ९ फैसला मिति :२०४९/०८/२२ २२५७ निर्णय नं. ४६०९ ने.का.प. २०४९ (ग) अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी २०४६ सालको रिट नं. ८१२ आदेश भएको मिति: २०४९।८।२२।२ मा निवेदक : हित्तेष पलसेज इन्डष्ट्रिजको हकमा प्रो.राजकुमार गोल्छा विरुद्ध विपक्षी : अन्तःशुल्क कार्यालय मलंगवा सर्लाहीसमेत विषय : उत्प्रेषण मिश्रित परमादेश (१) ऐन प्रारम्भ भएपछि उत्पादन शुरु गर्ने प्रस्तुत निवेदक उद्योगले सो ऐन बमोजिमको सुविधा उपभोग गर्न सक्ने नै देखिने । (प्रकरण नं. ९) (२) २०४६ साल असार मसान्तसम्म निवेदक हितेष पल्सेज इण्डष्ट्रिजको दर्ता घरेलु उद्योगको रुपमा नै कायम रहेको देखिन आएकोले निवेदकले औद्योगिक व्यवसाय ऐन, २०३८ को दफा १०(ग)(२) बमोजिमको मात्र सुविधा उपभोग गर्न पाउँछ भन्न नमिल्ने । (प्रकरण नं. १०) (३) निवेदक हितेष पल्सेज इण्डष्ट्रिजले औद्योगिक व्यवसाय ऐन, २०३८ को दफा १०(ग)(१) बमोजिम उत्पादन शुरु भएको मितिले ५ वर्षसम्म अन्तःशुल्क छूट सुविधा पाउने देखिएको हुनाले उक्त अवधिमा निवेदक उद्योगबाट अन्तःशुल्क असूल गर्ने गरेको प्रत्यर्थी अन्तःशुल्क कार्यालयको काम कारवाही उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ११) (४) सुविधा पाउने अवधिमा निवेदकबाट असूल गरेको अन्तःशुल्क रकम निवेदकलाई फिर्ता दिनु दिलाउनु भनी अन्तःशुल्क विभागको नाउँमा परमादेशको आदेश जारी हुने । (प्रकरण नं. ११) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायण दास प्रत्यर्थीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री नरेन्द्रकुमार श्रेष्ठ आदेश न्या.सुरेन्द्रप्रसाद सिंह १. नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त तथ्य यस प्रकार छ । २. श्री ५ को सरकार उद्योग तथा वाणिज्य मन्त्रालय घरेलु तथा ग्रामीण उद्योग विभागबाट सबै किसिमको दाल दल्ने उद्योग खोल्न २०३७।१२।३ मा इजाजत प्राप्त भई २०३७।१२।५ गते श्री हितेष पल्सेज इण्डष्ट्रिज नामको प्रा.फर्म रजिष्ट्रेशन गराई ०३९।३।२९ गते देखि सो उद्योग संचालन भई उत्पादन गर्दै आएको, सो समय अन्तःशुल्क लाग्ने कानुनी व्यवस्था नभएको, अन्तःशुल्क विभागबाट प्रकाशित ०३८।०३९ र ०३९।४० को अन्तःशुल्क दरबन्दीमा पनि अन्तःशुल्क नलाग्ने, ०४१।०४२ मा दालमा अन्तःशुल्क लाग्ने व्यवस्था भए तापनि आधुनिक दाल मिलमा अन्तःशुल्क नलाग्ने भन्ने नेपाल राजपत्र खण्ड ३६, १५ बैशाख ०४३ सं. ३६ मा सूचना प्रकाशित भएको, निवेदक दाल मिल आधुनिक दाल मिल उद्योग हुँदा औ.व्य. ऐन, ०३८ को दफा १०(ग)(१) बमोजिम उद्योग संचालन भएको मिति ०३९।३।२९ देखि ५ वर्षसम्म अन्तःशुल्क नलाग्ने भन्ने प्रष्ट व्यवस्था भइरहेको छ । विपक्षी मध्येका अन्तःशुल्क कार्यालय सर्लाहीले आर्थिक ऐन, ०४१ बमोजिम आ.व. ०४१।०४२ देखि अन्तःशुल्क असूल गर्न लाग्दा निवेदकले घरेलु तथा ग्रामीण उद्योग विकास शाखा हेटौंडामा औ.व्य. ऐन, ०३८ को दफा १०(ग)(१) बमोजिम अन्तःशुल्क छूटको लागि तथा लिएको अन्तःशुल्क फिर्ता गरी दिन अन्तःशुल्क विभागका नाउँमा सिफारिश गरी पाउँ भनी २०४१।८।४ मा निवेदन दिएकोमा उक्त कार्यालयबाट घरेलु तथा ग्रामीण उद्योग विभाग काठमाडौंलाई सो छूट दिन कारवाहीको लागि ०४१।९।६ मा पठाइएकोमा विभागले ०४२।१०।२२ गते निर्णय गरी छूट दिन ०४२।१०।२३ गते अन्तःशुल्क कार्यालय सर्लाही, मलंगवालाई लेखी पठाएको र