निर्णय नं. ६२०२ - अंश दर्ता
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६२०२ - अंश दर्ता भाग: ३८ साल: २०५३ महिना: भाद्र अंक: ५ फैसला मिति :२०५२/११/०८ ४३७२ निर्णय नं. ६२०२ ने.का.प. २०५३ संयुक्त इजलास माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य माननीय न्यायाधीश श्री नरेन्द्र बहादुर न्यौपाने सम्वत् २०५१ सालको दे.पु. नं. २४६० फैसला मितिः- २०५२।११।८।३ मुद्दा : अंश दर्ता । पुनरावेदक/ प्रतिवादीः- जिल्ला सप्तरी, राजविराज नगरपालिका वडा नं. १ बस्ने महेन्द्र प्रसाद दास कथवानिया । विरुद्ध विपक्षी/वादीः- ऐ.ऐ. वडा नं. १ बस्ने शितल प्रसाद दास कथवानिया । ऐ.ऐ. बस्ने केदार प्रसाद दास कथवानिया । ऐ.ऐ. बस्ने चण्डी प्रसाद दास कथवानिया । मूलतः अड्डामा पेश दाखिल भै सोको प्रयोजन समेत समाप्त भएको मन्जूरीनामाको कागज यी प्रतिवादी समेतले कीर्ते गरेको हो, होइन भन्ने तर्फ विचार गर्दा अड्डामा पेश भै अड्डाको जिम्मामा रहेको कागज के कुन परिस्थिति र परिवन्दमा यी प्रतिवादी समेतले काठमाडौंतर्फको जग्गा मेरो निजी हुँदा व्यहोरा उल्लेख गर्न नपर्ने भन्ने व्यहोरा थपि कीर्ते गरेका हुन् भन्ने सम्बन्धमा पुनरावेदन अदालतबाट समुचित विवेचना हुन सकेको देखिएन । केवल थपिएको व्यहोरामा लागेको मसी र मन्जुरनामाको मसीको रंग फरक परेको भन्ने आधारमा मात्र कीर्ते नै गरेको रहेछ भनी मान्न नहुने । (प्र.नं. १६) प्रमाण ऐन, २०३१ को दफा ६(ग) मा अन्यथा प्रमाणित नभएसम्म कुनै अदालतमा वा सरकारी कार्यालयमा कानूनले राख्नु पर्ने स्याहा श्रेस्ता वा कागजपत्रमा उल्लेख गरिएका कुराहरु सही रुपमा उल्लेख गरिएका हुन् भनी अदालतले अनुमान गर्नेछ भन्ने व्यवस्था समेत भएको । सो व्यवस्था बमोजिम अड्डाको कागज कीर्ते गर्यो भन्ने दाबीमा को को भई अड्डामा रहेको कागजमा व्यहोरा थपि कीर्ते गरेका हुन् त्यस्तो अड्डामा रहेको अड्डा जिम्माको कागजलाई कागज जिम्मा लिने कर्मचारी समेतको मिलोमतो नभई केबल प्रतिवादीले कीर्ते गरे भन्न नमिल्ने । (प्र.नं. १६) अड्डाका कागजमा व्यहोरा थप गर्न कर्मचारी संलग्न नभई प्रतिवादी मात्रले सो कार्य पूरा गर्न सक्ने अवस्था हुँदैन र त्यस्तो कागज जिम्मा लिने कर्मचारी उपर दाबी समेत नभएको अवस्थामा त्यस्तो कागज जिम्मा लिने कर्मचारी समेत जवाफदेही हुनेमा केवल प्रतिवादीले मात्र कीर्ते गरे भन्नु आत्मनिष्ठ अनुमान हुन जाने । (प्र.नं. १६) एक पटक अ.बं. ८२ नं. को प्रयोग भै मुद्दा चली मिलापत्र भएपछि पक्षबाट अ.बं. ८२ नं. को आधार लिई पुनः सोही कुरामा दाबी गर्न पाउने अवस्था पनि देखिंदैन । मिलापत्र भएको अंश मुद्दा दायर गरी सकेपछि सो अंश मुद्दामा वण्डा गर्नु पर्ने अंशियारको जिम्माको सम्पत्तिको तायदाती आउनु पूर्व नै मिलापत्र गरी प्रतिवादीको नाउँको अंश मुद्दा पर्नु भन्दा अगाडिको विवादित सम्पत्तिलाई मिलापत्रमा उल्लेख सम्म नगरी मिलापत्र भै सकेपछि केबल सप्तरी जिल्लामा रहेको सम्पत्तिमा मात्र मिलापत्र भएको भन्ने हाल आएर लिइएको दाबी कानूनसंगत देखिंदैन । उक्त सम्पत्ति सगोल आर्जनको वण्डा लाग्ने भए मौकैमा सो सम्बन्धमा समेत मिलापत्रमा उल्लेख गर्नु पर्ने कानूनी कर्तव्य उक्त मिलापत्र गर्ने सबै अंशियारको हुने । (प्र.नं. १६) अंश वण्डाको ३२ नं. अनुसार अंशमा चित्त नबुझ्ने सोह्र वर्ष नाघेकाले वण्डापत्र भएको कागज भएको मितिले १६ वर्ष मुनिकाले १६ वर्ष नाघेका मितिले ३ महिना भित्र नालिस नदिए लाग्न सक्तैन भन्ने कानूनी व्यवस्था भए बमोजिम एक पटक अंशवण्डा भई सकेपछि सोमा चित्त नबुझ्नेले बण्डा भएको मितिले ३ महिना भित्र नालेश गर्नु पर्नेमा यी वादी