निर्णय नं. ४६११ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४६११ - उत्प्रेषण भाग: ३४ साल: २०४९ महिना: पौस अंक: ९ फैसला मिति :२०४९/०९/१९ २२४५ निर्णय नं. ४६११ ने.का.प. २०४९ (ग) अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री मोहनप्रसाद शर्मा सम्वत् २०४६ सालको रिट नं. ८८१ आदेश भएको मिति: २०४९।९।१९।१ मा रिट निवेदक: रुकुम जिल्ला खलड्डा गा.पं. वार्ड नं. ७ बस्ने इन्द्रलाल गौतम विरुद्ध प्रत्यर्थी : प्र.जि.अ. रामबहादुर खड्का जि.का. रुकुमसमेत विषय : उत्प्रेषण (१) प्र.जि.अ. लाई कानुन बमोजिम अधिकार नभएको कुरामा गराएको कागज स्वतः अधिकार विहिन भई निष्कृय हुने नै हुँदा त्यसलाई बदर गरी राख्न आवश्यक नभएकोले निवेदकको माग बमोजिमको आदेश जारी गरिरहन नपर्ने । (प्रकरण नं. १०) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री रमनकुमार श्रेष्ठ प्रत्यर्थीतर्फबाट : विद्वान का.मु. उप स. अधिवक्ता श्री नरेन्द्रप्रसाद पाठक आदेश न्या.सुरेन्द्रप्रसाद सिंह १. नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त तथ्य एवं निर्णय यस प्रकार छ । २. विपक्षी नवराज गौतमसंग रुकुम जिल्ला अदालतमा भएको मिलापत्रबाट मेरो साउने पानी उल्लेख भएको माटो मुरी १० पाथीको साविक तिरो ।०५ लाग्ने १ कित्ता जग्गा मेरो हक भोगमा रहेकोमा निज विपक्षीले झुठ्ठा विवरण लेखाई ०४५।८।११ मा मालपोत कार्यालय रुकुमबाट आफ्नो नाममा नामसारी दा.खा.दर्ता गरी लिनुभएको रहेछ । यसैको आधारमा निजले जिल्ला कार्यालयमा के कस्तो निवेदन दिनु भएको थियो मलाई थाहा थिएन । विपक्षी प्र.जि.अ.का आदेशले यस कार्यालयको पियनद्वारा मलाई हाजिर हुन बोलाइयो । ०४६।७।२३ का दिन १० बजे म जि.प्र.कार्यालयमा हाजिर भएँ । ४ जना विपक्षी त्यही कोठामा रहनुभएको रहेछ । म त्यहाँ पुग्ने बित्तिकै विपक्षी नवराज गौतमले मेरो विपक्षी यही हो भनी संकेत गर्नु भयो । ना.सु. लक्ष्मण श्रेष्ठले कागत लेख्न शुरु गर्नु भयो । प्र.जि.अ. ले उक्त जग्गाको घाँस चोरेर लगिस थुनाई दिन्छु कित नवराजसंग मिल नत्र थुनाई दिन्छु भन्नु भयो । प्रशासकीय अधिकृतले थुनामा राख्ने र चोरी मुद्दा चलाउने डर देखाउनु भयो । त्यसै गरी नवराजले पनि धाक धम्की लगाउनु भयो । प्र.जि.अ.ले गाली बेइज्जती गर्नुका साथै पिट्ने मुद्रामा प्रदर्शित हुनु भयो र कोठा भित्रै हातपात जोरजुलुम समेत गरियो । त्यसपछि ना.सु.ले तयार पारेको कागज नसुनाई जबरजस्ती करकापमा पारी सही गर्न बाध्य गराइयो । सही गरी सकेपछि उक्त जग्गामा अबदेखि खिचोला गर्ने छुइन । घाँस काटे बापत रु. २,०००।– बुझाउने छु भन्ने लेखिएको छ भनी सुनाइयो । साथै ०४६।८।१३ मा हाजिर हुनेछु भनी समेत कागज गराइयो । नवराज गौतमले जग्गा दर्ता गरेको बदर गरी पाउँ भनी ०४६।६।१२ मा फिरादपत्र दायर गरेको छ । विपक्षीहरुले अनधिकृत रुपमा मलाई गराएको कागतमा कहिलेको मिति लेखिएको छ तथा अरु के के व्यहोरा उल्लेख छ मलाई सुनाइएन । यस प्रकार मलाई गराइएको कागजबाट मेरो मौलिक हकमा आघात परेबाट उक्त कागज बदर गरी पाउँ भन्ने समेत व्यहोराको रिटनिवेदन । ३. यसमा निवेदकको माग बमोजिमको आदेश किन जारी हुन नपर्ने हो विपक्षीहरुबाट लिखितजवाफ मगाई आएपछि नियम बमोजिम पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालत एक न्यायाधीशका इजलासबाट मिति ०४६।८।१८।१ मा आदेश भएको रहेछ । ४. मेरो जग्गामा घाँस काटी क्षति पुर्‍याई दिएबाट त्यहाँ गई सुरक्षा गर्न लाग्दा रिट निवेदक समेत भई हुल गरी जीउ ज्यानमा आघात पुर्‍याउन र शान्ति सुरक्षामा खलल पार्न खोजेकोले शान्त