निर्णय नं. ६२०३ - बर्खास्ती बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६२०३ - बर्खास्ती बदर भाग: ३८ साल: २०५३ महिना: भाद्र अंक: ५ फैसला मिति :२०५३/०४/२९ ३०६५ निर्णय नं. ६२०३ ने.का.प. २०५३ संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह माननीय न्यायाधीश श्री केदारनाथ आचार्य सम्वत् २०५० सालको दे.पु. नं. ११८५ फैसला मितिः- २०५३।४।२९ मुद्दा : बर्खास्ती बदर । पुनरावेदक/ प्रतिवादीः- सूर्य टोबाको कम्पनी प्रा.लि. सिमरा, बारा । विरुद्ध प्रत्यर्थी/वादीः- जिल्ला मकवानपुर, हटिया गा.वि.स. वडा नं. ३ बस्ने गोबिन्द नेपाल । नेपाल कानून बमोजिम एउटा वारदातमा सजाय दिनु पर्ने सम्मको अपराध देखिए एक पटक सम्म सजाय दिन सकिने हुन्छ अर्को पटक सोही वारदातमा पुनः सजाय गर्न मिल्ने नदेखिंदा व्यवस्थापन पक्षले उही वारदातलाई लिएर पछिल्लो पटक बर्खास्त गर्ने गरेको निर्णय कानून सम्मत नभएको । (प्र.नं. १२) पुनरावेदक प्रतिवादी तर्फबाटः- विद्वान अधिवक्ता श्री कोमल प्रकाश घिमिरे । प्रत्यर्थी वादी तर्फबाटः- × अबलम्बित नजीरः- × फैसला न्या. केदारनाथ आचार्यः- पुनरावेदन अदालत हेटौंडाको फैसला उपर यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छः- 2. विपक्षी कम्पनीले मलाई वर्खास्ती गर्ने गरी २०४८।१।२३ मा वर्खास्त पत्र काटेको छ । २०४७।१२।२७ मा कारखानाबाट कर्मचारीलाई जबर्जस्ती बसमा चढ्न लगाएको कारखाना भित्र जान बाध्य तुल्लाएको बेइज्जत गरेको व्यवस्थापन विरुद्ध नारा लगाएको तालाबन्दी भएको कारखानाको ढोका फोडेको अधिकारीहरुलाई अपहरण गरेको जस्ता निराधार मनगडन्ते आरोप लगाई मलाई बर्खास्त गरिएको र मैले विपक्षी कम्पनीलाई स्पष्टीकरण दिंदा दिंदै वर्खास्त गरेको पहिला पटक नसिहत दिनु पर्ने व्यवस्था गरिएकोमा सो को स्पष्टीकरण दिंदा दिंदै ध्यान नदिई प्राकृतिक न्याय सिद्धान्त विपरीत गई एउटै विषयमा एउटै आरोपमा वर्खास्त गर्नु नेपालको संविधान पूर्णतया उल्लघन गरेकोले बर्खास्त पत्र बदर भागी छ बदर गरी पाऊँ भन्ने उजूरी पत्र । 3. विपक्षीले २०४७।१२।२७ गते बिहान कम्पनीको बस जबर्जस्ती कारखानाबाट लिई कम्पनीका पदाधिकारी श्री सेयद अलिनूजा श्री पि.के. घोष र श्री एम. रगाराव समेत स्थित निवास स्थान नं. ३ मा बिहान ६.४५ बजे जबर्जस्ती प्रवेश गरी अभद्र व्यवहार गर्दै कारखाना जाने बाध्य तुलाएकोले मजदूर सम्बन्धी ऐन संशोधन सहित २०१६ को दफा ५१ को उपदफा (२) को देहाय (क) (घ) र (छ) को खराब आचरण गरे बापत २०४८।१।२३ मा बर्खास्त गरिएको । 4. विपक्षीले पेश गरेको स्पष्टीकरणमा बसमा चढी वीरगंज पुगेको स्वीकार गरेको समेतबाट मजदूर सम्बन्धी ऐन, २०१६ को दफा ५१ को उपदफा (१) अनुसार बर्खास्त गरेको हो निजको उजूरी दाबी तथ्य हीन भएकोले उजूरवालाको उजूरी दावी खारेज गरी पाऊँ भन्ने समेत व्यहोराको प्रतिउत्तर पत्र । 5. कम्पनीमा २०४७।१२।२४ मा हडताल भएको थियो भनी उजुरवालाको साक्षीको बकपत्र । 6. वीरगंजबाट अपहरण गरी सिमरा लगेको भने प्रतिवादीको साक्षीको बकपत्र । 7. २०४७।१२।२७ को घटना बापत प्रतिवादी कम्पनीले गरेको वर्खास्ती बदर गरी पाऊँ भन्ने उजुर दाबी पुग्न नसकेको २०४८।१।२३ को वर्खास्ती सदर कायम रहने ठहर्छ भन्ने २०४८।१२।१९ मा श्रम कार्यालय नारायणी अञ्चलले गरेको फैसला । 8. विपक्षी कम्पनीले म उपर गरेको व्यवहार सरासर गैर कानूनी छ मलाई वर्खास्ती हुने गरी गरेको निर्णय बदर गरी इन्साफ पाऊँ भन्ने पुनरावेदन पत्र । 9. २०२ नं. अनुसार प्रत्यर्थीलाई झिकाई पेश गर्नु भन्ने आदेश । 10. सूर्य टोबाको कम्पनीले एकै हप्ताभित्र