निर्णय नं. ४६१२ - आदेश बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४६१२ - आदेश बदर भाग: ३४ साल: २०४९ महिना: पौस अंक: ९ फैसला मिति :२०४९/०९/२० २६८० निर्णय नं. ४६१२ ने.का.प. २०४९ (ग) अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ २०४७ सालको दे.पु. नम्बर ३५० फैसला भएको मिति: २०४९।९।२०।२ मा पुनरावेदन/वादी : का.न.पं. वार्ड नं. ७ बस्ने चन्द्रलाल राजभण्डारी विरुद्ध विपक्षी/प्रतिवादी: का.न.पं. वार्ड नं. ३३ बस्ने लालबहादुर लामा मुद्दा : आदेश बदर (१) कानुनी व्यवस्थाबाट दुई पक्ष बीच भएको मुद्दामा फैसला, डिसमिस, मिलापत्र खारेज भएको अवस्थामा अर्काको हक पनि गएको रहेछ भन्नाले कुनै तेस्रो पक्षको हक जाने भएको स्थितिमा निजलाई उजूर गरी आफ्नु हक कायम गराउन अधिकार प्रदान गर्नको लागि यो कानुनी व्यवस्था भएको हो । सोही मुद्दाका पक्ष विपक्षलाई त सोही मुद्दाकै जरियाबाट पुनरावेदन निवेदन आदिको विभिन्न बाटो अवलम्बन गरी न्याय प्राप्त गर्ने बाटोहरु प्राप्त नै हुन्छन् । अतएव यस मुद्दाका वादी मुद्दाकै पक्ष भएको व्यक्ति हुँदा निजलाई अ.बं.८६ नं.बमोजिम उजूर गर्न पाउने अधिकारयुक्त व्यक्ति मान्न नमिल्ने । (प्रकरण नं. १६) (२) मुद्दा सकार गराई लिएकोलाई अ.बं. ८६ नं. को अर्थमा फैसला डिसमिस, मिलापत्र खारेज भएको भन्न पनि मिल्दैन । सकार गराई दिएकोलाई कारवाही भएको सम्म मान्नु पर्ने । (प्रकरण नं. १७) (३) बेरीतको कारवाही भएको अवस्थामा कानुनी उपचारको मार्ग छँदा छँदै त्यसलाई नअंगाली मुद्दा फैसला डिसमिस मिलापत्र खारेज भएको अवस्थामा तेस्रो पक्षले मात्र अवलम्बन गर्न पाउने अ.बं. को ८६ नं. को मार्ग अवलम्बन गरी दिएको नालेश लाग्न नसक्ने । (प्रकरण नं. १७) पुनरावेदकतर्फबाट: विद्वान अधिवक्ता श्री गजेन्द्रबहादुर प्रधानाड्ड विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री होराप्रसाद जोशी फैसला न्या.सुरेन्द्रप्रसाद सिंह १. मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति ०४६।११।४।५ को फैसला उपर पुनरावेदनको अनुमति पाई दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण एवं निर्णय यस प्रकार छ । २. का.जि. चावहिल गा.पं. वडा नं. ७ को १–६–० जग्गा र सोमा बनेको घर समेत लक्ष्मीलामाले रु. ५०,००१।– मा भोगबन्धकी दिएको घर समेत चलन चलाई पाउँ भन्ने मुद्दा तहतह हुँदै श्री मध्यमाञ्चल क्षेत्रीय अदालतबाट समेत चलन चलाई दिने ठहरी का.जि.अ. तहसिलमा निवेदन दिई तारेखमा रही कारवाही भई आएकोमा मिति २०४०।९।२० मा तारेख गुजारी मिति २०४०।१०।२० मा डिसमिस भएकोमा मेरो सहोदर ठूलीआमा लक्ष्मी लामा मिति २०३९।९।१४ मा परलोक भएकोले मुद्दा सकार गरिपाउँ भन्ने विन्तिपत्रमा ठूलीआमाको छोरा अपुताली खान पाउने हकवाला दैयादार हुँदैन लालबहादुर अपुताली खान पाउने दैयादार होइन मुद्दा सकार गराई मिसिल सामेल राख्नु भन्ने मिति २०४०।१२।१७ को आदेश उपर अ.बं. ८६ नं. बमोजिम नालेश गर्न पाउने कानुनी व्यवस्था छ । तसर्थ विपक्षी लालबहादुर मुद्दा सकार गर्न पाउने दैयादार व्यक्ति नभएकोले निजले सकार गरिपाउँ भनी दिएको निवेदनमा भएको तोक आदेशका साथै मिति २०४०।१२।२० मा जारी भएको ७ दिने जनाउ म्याद समेत बदर गरिपाउँ भन्ने समेत व्यहोराको चन्द्रलालको फिरादपत्र । ३. विपक्षीले लक्ष्मी लामाबाट रु. ५०,००१।– लिई घर जग्गा भोगबन्धक पास गरी दिएकोमा रुपैयाँ नबुझाएकोले फिराद परी चलन पाउने ठहरी चलन माग्न दर्खास्त परेकोमा चलन पाउने लक्ष्मी लामा परलोक भएकोमा मलाई मुद्दा सकार गर्न नपाउने भन्दै भएका हु.प्र. र यस अदालतबाट भएको आदेश बदर ग