निर्णय नं. ४६१३ - बन्दीप्रत्यक्षीकरण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४६१३ - बन्दीप्रत्यक्षीकरण भाग: ३४ साल: २०४९ महिना: पौस अंक: ९ फैसला मिति :२०४९/०८/१७ २२४७ निर्णय नं. ४६१३ ने.का.प. २०४९ (ग) अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय सम्वत् २०४९ सालको रिट नं. २५०६ आदेश भएको मिति: २०४९।८।१७।४ मा निवेदक : जि.प्र.का. हनुमान ढोकामा थुनामा रहेकी वर्ष ३३ की जमुना श्रेष्ठ मित्तलको हकमा नरेश श्रेष्ठ विरुद्ध विपक्षी : प्र.जि.अ, जिल्ला प्रशासन कार्यालय काठमाडौंसमेत विषय : बन्दीप्रत्यक्षीकरण (१) मलाई पक्राउ गरी थुनामा राखेको प्रमाणित हुँदा हुँदै पक्राउ नपरेको भनी अदालतमाा झुठ्ठा जिकिर लिएतर्फ निवेदिकाले अवहेलना मुद्दा दिई यसै अदालतमा विचाराधीन रहेकोले सो तर्फ अवहेलना मुद्दाबाट कानुन बमोजिम निर्णय हुने स्थिति हुँदा हाल निवेदिका थुनामा नरहेको अवस्थामा बन्दीप्रत्यक्षीकरणको आदेश जारी गर्ने अवस्था नरहने । (प्रकरण नं. १४) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री लिलेन्द्र कंडेल विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी. आदेश न्या.त्रिलोकप्रताप राणा १. नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण निम्न प्रकार छ । २. म निवेदक धनिराम मित्तलको श्रीमती हुँ । म जमुना मित्तल घरायशी कामकाज गरी बस्ने स्वास्नी मानिस हुँ । पतिले धनी उपहार कार्यक्रम चलाउनु हुन्थ्यो विशेष कारणले मेरा पति बाहिर गएको अवस्थामा केही प्रतिद्वन्दीले भागेको होहल्ला चलाई दिएछन् । ३. झुठ्ठो होहल्ला र प्रचारको कारणबाट मलाई विपक्षी जि.प्र.का. हनुमानढोकाले मिति २०४९।३।२८ मा पक्राउ गरी अविरल थुनामा राखेको छ । बयान कार्यवाही केही गरेको छैन । सिधा दिएको पनि छैन हनुमान ढोकामा बन्दीको रुपमा रहेकी छु । मेरो पति धनीराम मित्तल काठमाडौ बाहिरबाट आई स्वयं प्रहरीमा उपस्थित भई मिति २०४९।४।२ देखि जि.प्र.का.हनुमानढोकामा थुनामा छन् । म बाट कुनै अपराधीक कार्य भएको छैन । मलाई थुनामा राख्नुको औचित्य कतैबाट सावित छैन । पारिवारिक दुश्मनी र व्यापारिक प्रतिद्वन्दताको कारणबाट मलाई थुनामा राख्नु गैरकानुनी छ । मलाई पक्राउ गरिएको मिति सरकारी संचार माध्यम गोरखापत्रबाट समेत प्रमाणित छ । यो मितिबाट २४ घण्टा भित्र मुद्दा हेर्ने अधिकारी समक्ष उपस्थिति गराएको छैन । थुनुवा पुर्जी दिइएको छैन । कुनै मुद्दा चलाइएको पनि छैन । उपहार कार्यक्रम सम्बन्धी कुनै कार्यमा मेरो संलग्नता छैन । धनीरामको कार्य अपराधिक हुन् वा होइनन् त्यो बेग्लै विषय हो । म अनभिज्ञ परिवारको सदस्यलाई थुनामा राखिनु कानुनसंगत छैन । ४. अ.बं. १२१ र संविधानको धारा १२(१) विपरीतको गैरकानुनी थुनाबाट मेरो संविधान र कानुनद्वारा प्रदत्त उल्लेखित हकहरुको अपहरण भएको छ र अन्य उपचारको बाटो नहुँदा धारा २३।८८ अनुसार सम्मानीत सर्वोच्च अदालत समक्ष आएको छु । यसभन्दा पूर्व पनि सम्मानीत सर्वोच्च अदालत समक्ष बन्दीप्रत्यक्षीकरणको निवेदन गरेकोमा निवेदक मध्येको राजेश मित्तललाई छाडी दिएपछि म नरेश श्रेष्ठले तारेख छाडेकोमा मलाई थुनाबाट छाड्ने आश्वासन दिएकोमा मलाई थुनाबाट नछोडी बरु पूर्व निवेदनको लिखितजवाफमा थुनामा नै राखेको छैन भन्ने झुठ्ठा लिखितजवाफ दिएकोले पुनः गैरकानुनी थुनाबाट छुटकारा दिलाई पाउँ भनी यो निवेदन गरेको छु । अदालतलाई झुठ्ठा बोलेतर्फ अदालतको अवहेलनामा कारवाहीको लागि मैले दिएको निवेदन विचाराधीन छ भन्ने समेत जमुना मित्तलको हकमा नरेश श्र