निर्णय नं. ८५८७ - लिखत दर्ता बदर, दर्ता कायम
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८५८७ - लिखत दर्ता बदर, दर्ता कायम भाग: ५३ साल: २०६८ महिना: असार अंक: ३ फैसला मिति :२०६७/१२/०८ ४५५० निर्णय नं. ८५८७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाश वस्ती माननीय न्यायाधीश श्री कमलनारायण दास संवत् २०६४ सालको दे.पु.नं. ०२०९ फैसला मितिः २०६७।१२।८।३ मुद्दाः– लिखत दर्ता बदर, दर्ता कायम । पुनरावेदक प्रतिवादीः जिल्ला मोरङ्ग, विराटनगर उ.म.प.न.पा. वडा नं. १४ बस्ने पशुपति सेन गुप्ता विरुद्ध पुनरावेदक प्रतिवादीः जिल्ला मोरङ्ग विराटनगर उ.म.प.न.पा. वडा नं. १३ घर भै हाल ऐ बरांगी गा.वि.स.वडा नं ९ बस्ने जगतमान प्रधान समेत शुरु फैसला गर्नेः मा.जि.न्या.श्री ठाकुरप्रसाद शर्मा पुनरावेदन फैसला गर्नेः मा.न्या श्री विनोदप्रसाद ढुंगेल मा.न्या श्री सुरेन्द्रवीर सिँह बस्न्यात § लेनदेन व्यवहारको १० नं.ले अंशबण्डाको कानूनी प्रावधानहरूसँग अन्योन्याश्रित सम्बन्ध राख्दछ । कुनै अंशियार अर्को अंशियारको दुराशयका कारणबाट अंश हकबाट बञ्चित नहोस् भन्ने मूल मर्म नै लेनदेन व्यवहारको १० नं. को चुरो हो । लेनदेन व्यवहार को १० नं. ले आफूखुशी गर्न पाउने अरुको मञ्जूरी लिनु नपर्ने सम्पत्ति हस्तान्तरण भएकोमा त्यस्तो लिखत बदर नहुने प्रावधान आफूभित्र समाहित गरेको छ । यसै नम्बरले आफ्नो निजी आर्जनको सम्पत्तिलाई पनि आफूखुश गर्न पाउने वर्गमै समावेश गरेको पाइने । (प्रकरण नं.७) § लेनदेन व्यवहारको १० नं. का कानूनी प्रावधानभित्र पस्न उजूर आवश्यक पर्दछ । यस्तो उजूर गर्न सम्बन्धित लिखतमा साक्षी पनि नबसेको वा सम्पत्ति हस्तान्तरण गर्न छुट्टै मञ्जूरीको लिखत पनि नगरी दिएका एकाघरसँगका अंशियारलाई मात्र हक छ । यी दुई क्रिया उजूर अर्थात् फिराद गर्न सक्ने आधार हुन् । यी दुई क्रियामा संलग्न नरहेका एकाघरसँगका अंशियारले रजिष्ट्रेशन भएको १ वर्ष सम्ममा थाहा पाएको ३५ दिनभित्र उजूर गरेपछि सो हस्तान्तरणमा निजको मञ्जूरी थियो वा थिएन भनी हेरिनु पर्ने पृथक विषय हुने । (प्रकरण नं.८) § उजूर गर्न पाउने अधिकार र हस्तान्तरणको कार्यमा अन्य अंशियारको मञ्जूरी रहे नरहेको हेरिनु पर्ने दुई पृथक कुरा हुने । (प्रकरण नं.९) § हस्तान्तरणको क्रियामा मञ्जूरी रहे नरहेको प्रमाणद्वारा स्थापित हुने कुरा हो । हस्तान्तरण भएको लिखत बदरमा दावी नगर्ने अन्य अंशियारको सो क्रियामा स्वतः मञ्जूरी रहेको मानी निजहरूको खण्ड बदर हुन सक्दैन । यसबाट पनि हस्तान्तरित लिखतमा मञ्जूरी र नामञ्जूरीलाई प्रमाणको रोहमा स्वतन्त्र रुपले हेरिनु पर्ने । (प्रकरण नं.९) § लिखतमा साक्षी बस्नु वा मञ्जूरीको लिखत हुनुलाई सगोलको आफूखुश गर्न नपाउने सम्पत्ति हस्तान्तरण प्रक्रियामा मञ्जूरी रहेको प्रत्यक्ष प्रमाण हो भने यसका अतिरिक्त मञ्जूरी आचरण तथा अन्य प्रमाणबाट प्रदर्शित हुने कुरा पनि हो । सम्पत्ति हस्तान्तरण गरेर अर्को उपयुक्त सम्पत्ति आर्जन गरिएको र सम्पत्ति हस्तान्तरण गरेर कुनै पारिवारिक दायित्व पूरा गरिएको जस्ता कुरा प्रमाणबाट पुष्टि हुन्छ भने पनि यस्ता कार्यलाई मञ्जूरी नै मान्नु पर्ने भई लिखत बदर गर्नुपर्ने औचित्यको पुष्टि नहुने । § लिखतमा साक्षी नबेसका वा मञ्जूरीको लिखत नगरेका अंशियारले सो हस्तान्तरणबाट सामूहिक लाभ आर्जन गरेकै देखिए पनि स्वतः निजहरूको खण्ड बदर गरिदिनु पर्दछ भन्नु यन्त्रिक कुरा हुने । (प्रकरण नं.१०) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल, विद्वान अधिवक्ता श्री युवराज भण्डारी प्रत्यर्थी वादी तर्फबाटः विद्वा