निर्णय नं. ४६१६ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४६१६ - उत्प्रेषण भाग: ३४ साल: २०४९ महिना: पौस अंक: ९ फैसला मिति :२०४९/०९/२९ २४३२ निर्णय नं. ४६१६ ने.का.प. २०४९ (ग) अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी वास्तोला माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी सम्वत् २०४६ सालको रिट नम्बर ७१७ आदेश भएको मिति: २०४९।९।२९।४ मा निवेदक : जिल्ला महोत्तरी सहोदवा गा.पं. वडा नं. ४ बस्ने परमानन्द झा विरुद्ध विपक्षी : प्रधानाध्यापक विनोदानन्द झा प्रा.वि. दनौली वडा नं. १ महोत्तरी समेत विषय : उत्प्रेषण (१) स्थायी शिक्षकले पाए सरहको सुविधा उपभोग गरेकोले स्थायी शिक्षक हुँ भन्ने जिकिर लिनु कानुनसंगत मान्न नमिल्ने । (प्रकरण नं. ८) (२) स्थायी नियुक्ति पाएको भन्ने कुराको भरपर्दो कुनै पनि प्रमाण निवेदकबाट पेश भए गरेको नदेखिँदा स्थायी शिक्षक हुँदा निष्कासन गरेको निर्णय मिलेन बदर गरी पाउँ भन्ने निवेदकको निवेदन जिकिर पुग्न नसक्ने हुँदा प्रस्तुत रिटनिवेदनपत्र खारेज हुने । (प्रकरण नं. ८) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायण दाश विपक्षीतर्फबाट : विद्वान का.मु. उपसरकारी अधिवक्ता श्री टिकाबहादुर हमाल आदेश न्या.गजेन्द्रकेशरी वास्तोला १. नेपालको संविधानको धारा १६, ७१ अन्तर्गत दायर हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त जिकिर यस प्रकार रहेछ :– २. म निवेदक सार्वजनिक प्राथमिक विद्यालयमा २०१८ सालदेखि स्वयंसेवकमा र मिति २०२३।१।१३ गतेमा संचालक समितिले नियुक्ति दिएपछि वैतनिक शिक्षकको रुपमा हाल सम्म काम गरी आएको थिएँ । २०३१ सालमा श्री ५ को सरकारबाट नयाँ शिक्षा योजना पूर्वका शिक्षकलाई स्थायी मान्ने निर्देशन अनुरुप नयाँ शिक्षा लागू भएपछि स्थायी शिक्षकले पाउने सुविधा संचयकोष कट्टी गरी आएकोमा व्यक्तिगत रिसइवीबाट प्रत्यर्थी प्रधानाध्यापकले मिति २०४५।९।१ गते स्व.श्री ५ महेन्द्र जयन्ती तथा संविधान दिवस मनाउनको लागि भाग लिन नदिई विद्यालयमा प्रवेश गर्न दिएनन् । शिक्षा मन्त्रालयको परिपत्रलाई बंगाई निवेदलाई अस्थायी र तालीम प्राप्त नगरेको आरोपमा विद्यालयबाट निकालियो । मन्त्रालयकै परिपत्रबाट पनि २०४६ सालको शैक्षिक सत्र शुरु हुनु अघि मलाई हटाउन मिल्ने होइन म विद्यालय स्थापनाकाल देखि कै शिक्षक हुँ । स्थायी शिक्षक सरह संचयकोष कट्टी र प्रत्येक ३ वर्षको १ ग्रेडको दरले ग्रेड खाई आई रहेको छु । २०४३ सालमा तालीम प्राप्त गरी सकेको छु । अस्थायी र तालीम प्राप्त छैन भनी हटाउनु गैरकानुनी छ । अनधिकृत रुपबाट खारेज गरेको हुँदा जि.पं.स.शि.शाखा जलेश्वरमा अपील निवेदन दिएकोमा स्पष्टीकरण पठाउँदा प्रत्यर्थी प्राधानाध्यापकले स्थायी सम्बन्धी कुनै ठोस प्रमाण विद्यालयको रिकर्डमा नरहेकोले भनी जवाफ दिएछन् । मेरो रेकर्ड फाइल समेत गायब गरेछन् । मेरो रेकर्ड फाइल माग गर्दा दिइएन । स्थायी नियुक्ति पाएको नदेखिएको भनी पुनः बहाल हुन नसक्ने भनी मिति २०४६।१।१७ गतेमा जानकारी दिइयो । शिक्षा मन्त्रीज्यू समक्ष निवेदन दिंदा तोक आदेश भयो । जिल्ला शिक्षा समितिको मिति २०४५।६।१३ गतेको निर्णय अनुसार योजना पूर्वका शिक्षकलाई स्थायी मानिएको छ । दरबन्दी अभिलेखमा पनि निवेदकको नाम स्थायी अभिलेखमा छ । शिक्षा ऐन, तथा नियम विपरीत गएर झुठ्ठा आरोप लगाई निकालिनुबाट धारा १०(१) को हनन् हुन गएको छ । एस.एल.सी. पास नगरेको आधारमा हट्ने भनेपनि २०४६ साल पौष मसान्तसम्म अवकाश दिन मिल्दैन र निवेदकले मध्यमा पास गरेकोछु । संवैधानिक हकमा आघात परेकोले धारा १६।७१ बमोजिम यो निवेदनपत्र गरेको छु । अवकाश दिने गरी