निर्णय नं. ४६१७ - उत्प्रेषण समेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४६१७ - उत्प्रेषण समेत भाग: ३४ साल: २०४९ महिना: पौस अंक: ९ फैसला मिति :२०४९/०९/१२ २३८१ निर्णय नं. ४६१७ ने.का.प. २०४९ (ग) अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ सम्वत् २०४७ सालको रिट नं. ७७७ आदेश भएको मिति: २०४९।९।१२।१ मा निवेदक : जि.सुनसरी जलपापुर वार्ड नं. ६ बस्ने नुरमहमद मियाँ विरुद्ध विपक्षी : जि.सुनसरी जलपापुर वार्ड नं. ५ बस्ने जमुद्दिन अन्सारीसमेत विषय : उत्प्रेषण समेत (१) एकपटक विवादको उठान गरेपछि आफ्नो हक कायम हुन नसकेकोमा चूप लागी अन्तिम भई बसेको निर्णय उपर पुनरावेदन नगरी बसी पुनः सोही विवाद उठाउन अ.बं. ८५ नं. ले निवेदकलाई अधिकार प्रदान नगर्ने । (प्रकरण नं. १३) (२) एउटै विवाद जहिलेसुकै उठाउन अ.बं. ८५ नं. ले वर्जित गरेको । (प्रकरण नं. १३) (३) विवादित जग्गामा मोहियानी हक भए विधिवत कायम गराई भूमिसम्बन्धी ऐन, २०३१ को अनुसूची ४ नं. बमोजिमको प्रमाणपत्र पनि लिनु पर्ने हो । निवेदकले त्यस्तो विधिवत मोही भई प्रमाणपत्र हासिल गरेको समेत उल्लेख गर्न सकेको पाइएन । अतः यस स्थितिमा निवेदकको माग बमोजिमको आदेश जारी हुनु पर्ने अवस्था विद्यमान नदेखिँदा प्रस्तुत रिटनिवेदन खारेज हुने । (प्रकरण नं. १३) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल प्रत्यर्थीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री अलिअकवर मिकरानी, विद्वान अधिवक्ता श्री गुरुप्रसाद बराल आदेश न्या.रुद्रबहादुर सिंह १. नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत दायर हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण यस प्रकार रहेछ । २. जि. सुनसरी जलपापुर गा.पं. वार्ड नं. ६(क) कि.नं. १२५ को ज.वि. ०–४–१२, कि.नं. १५९ को ज.वि. ०–४–१८, कि.नं. १६१ को ज.वि. ०–४–० का जग्गाहरुको जग्गाधनी जमुद्दिन अन्सारी र मोही मेरो पिता गर्भु मियाँ हुनुभएकोमा पिता स्वर्गवास हुनुभएको र ज.ध.ले पत्याउनु समेत भएको हुँदा मोही नामसारी गरी प्रमाणपत्र समेत पाउँ भन्ने समेत व्यहोराको मेरो माग दावी भूमिसुधार कार्यालय सुनसरीमा परेको थियो । नर महमदले म उपर दिएको मोही बेदखलीमा कारवाही गरी रहन नपर्ने तामेलीमा राखी दिने यस कार्यालयबाट २०३९।१०।१२ मा निर्णय भएको समेत हुँदा उजूरवालाले मेरो जग्गा कमाएको र मोही समेत होइनन् भन्ने समेत विपक्षीले प्रतिवाद गर्नु भएको थियो । मोही नामसारी हुने ठहराई भू.सु.का. सुनसरीबाट २०४५।५।२ मा निर्णय भएको थियो । ३. उक्त फैसला उपर विपक्षीको कोशी अञ्चल अदालतमा पुनरावेदन परेकोमा वादीको दावी बमोजिम यही नामसारी गर्न अ.बं. ८५ नं. ले समेत दावी पुग्न सक्ने अवस्था नदेखिँदा प्रत्यर्थी वादीको दावी बमोजिम मोही नामसारी हुने ठहर्दैन, शुरु भूमिसुधार कार्यालयले गरेको निर्णय उल्टी हुने ठहर्छ भनियो । उक्त फैसला उपर मेरो पू.क्षे.अ. मा पुनरावेदन परेकोमा कोशी अञ्चल अदालतको फैसला मनासिब ठहर्छ भनी २०४७।३।५ मा फैसला भयो, नक्कल २०४७।४।४ मा प्राप्त भयो । ४. मैले आफ्नो उजूरीसाथ विपक्षी जम्मुदिनले बाबुको मृत्यु पश्चात पत्याई आएको भनी पेश गरेको कुरा स्वीकारीएपछि उक्त भर्पाई अ.बं. ७८ नं. को प्रकृया पूरा गरिएको अवस्थामा अ.बं. २०९ नं. ले पुनरावेदन तहबाट त्यो कार्य पूरा नगरी समेत प्रतिकूल हुन गएको छ । कोशी अञ्चल अदालतबाट जग्गाधनीको प्रतिवाद भएको भनी अ.बं. ८५ नं. ले नामसारी नहुने भनी भएको फैसला उक्त कानुनको प्रतिकूल छ । मोहिया नामसारीको लागि परेको प्रस्तुत विवादको हुँदा नामसारी बेदख