निर्णय नं. ६२०६ - उत्प्रेषण परमादेश लगायत जो चाहिने आज्ञा आदेश वा पुर्जी जारी गरी पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६२०६ - उत्प्रेषण परमादेश लगायत जो चाहिने आज्ञा आदेश वा पुर्जी जारी गरी पाउँ भाग: ३८ साल: २०५३ महिना: असोज अंक: ६ फैसला मिति :२०५३/०२/०३ २३९६ निर्णय नं. ६२०६ ने.का.प. २०५३ विशेष इजलास माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी सम्बत् २०४८ सालको रिट नं. २२१४ आदेश मिति २०५३।२।३।५ विषयः उत्प्रेषण परमादेश लगायत जो चाहिने आज्ञा आदेश वा पुर्जी जारी गरी पाउँ । निवेदक- जिल्ला गुल्मी अमरपुर गा.वि.स. वडा नं. ४ बस्ने कमल प्रसाद पाण्डे विरुद्ध विपक्षी- श्री प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय गुल्मी नोकरीबाट अन्त गर्ने निर्णय अधिकार प्राप्त अधिकारीले आफ्नो न्यायिक मनको प्रयोग गरी अन्त गरेको नदेखिई छानविन समितिको सिफारिस निर्णयको आधार नोकरीको अन्त गरेको पाईन्छ । त्यस्तो नोकरीको अन्त गर्दा भविष्यमा सरकारी नोकरीको लागि अयोग्य नठहरिने गरी अवकास दिने उल्लेख भएको छ । सजाय सरहको सो निर्णय कानून बमोजिमको निर्णय भन्न मिल्ने नदेखिने । (प्र.नं. १८) नेपाल निजामती सेवा ऐन, २०१३ एवं निजामती सेवा नियमावली, २०२१ मा छानविन समितिको व्यवस्था भएको पाईन्न । उक्त छानविन समिति कुनै कानूनको आधारमा खडा भएको पनि देखिन्न । कानूनले अधिकारै नदिएको छानविन समितिको सिफारिस निर्णयको आधारमा अधिकार प्राप्त अधिकारीले नोकरी अन्त गर्न मिल्ने कुरा होइन । (प्र.नं. १८) मिति २०४८।६।४ को निजामती सेवा नियमावलीले कारवाही र सजाय गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिए पनि निवेदकको नोकरीको अन्त गर्दा छानविन समितिको निर्णय सिफारिसमा भएको देखिँदा अधिकार प्राप्त अधिकारी स्वयंले ठहर्‍याई निर्णय गरेको भन्न मिल्ने नदेखिने । (प्र.नं.१९) छानविन समितिको सिफारिस निर्णयलाई आधार मानी परिक्षणकालमा रहेको निवेदकको नोकरी अन्त गरेको निर्णय कानूनसम्मत नभई त्रुटिपुर्ण देखिँदा उक्त मिति २०४८।११।४ को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । निवेदकलाई परिक्षणकालमा रहेको पुर्ववत सेवामा बहाल गर्नु भनी विपक्षीहरुको नाउँमा परमादेशको आदेश समेत जारी हुने । ( प्र.नं. २०) निवेदक तर्फबाट – विद्वान अधिवक्ता श्री हरिप्रसाद उप्रेती विपक्षी तर्फबाट- विद्वान सरकारी अधिवक्ता श्री कृष्णराम श्रेष्ठ अवलम्बित नजिर- × आदेश न्या. त्रिलोक प्रताप राणा- नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ र धारा ८८ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छः- 2. म निवेदक लोक सेवा आयोगको सिफारिस तथा लुम्बिनी अंचल जनस्वास्थ्य कार्यालय बुटवलको मिति २०३४।४।२१ को निर्णय अनुसार सो अन्तर्गतको रकुवा हेल्थपोष्ट नवलपरासीको अ.हे.व. पदमा स्थायी नियुक्ति पाई श्री ५ को सरकारको सेवामा प्रवेश गरेकोमा पुनः प.क्षे.स्वा.नि. को मिति २०४७।११।२६ को निर्णय अनुसार सो अन्तर्गत खर्ज्याङ्ग हे.पो. गुल्मीको हे.अ. पदमा स्थायी नियुक्त पाई विभिन्न हेल्थपोष्टमा सरुवा हुँदै मिति २०४८।२।६ देखि इस्मारजस्थल हेल्थपोष्ट गुल्मीको समान पदमा रही इमान्दारीपुर्वक काम गर्दै आएको थिएँ । 3. यसै बीच जिल्ला जनस्वास्थ्य शाखा गुल्मीको २०४८।४।३१ को पत्रद्वारा मैले मिति २०४८।४।१३ देखि कालो पट्टी बाँधी जि.प्र.का. गुल्मीमा धर्ना दिई बसेको र आफूले पालना गर्नु पर्ने कर्तव्य पालना नगरी कार्यालयको काममा बाधा पुर्‍याई हडतालमा संलग्न भई निजामती सेवा नियमावलीको नियम १०.६ को खण्ड (३) र (५) र (८) बम