निर्णय नं. ७०१७ - मोही लगत कट्टा गरीपाउं ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७०१७ - मोही लगत कट्टा गरीपाउं । भाग: ४३ साल: २०५८ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०५८/०४/११ ३३४५ ने.का.प.२०५८ अङ्क ७/८ निर्णय न.७०१७ पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री केशवप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा माननीय न्यायाधीश श्री शुसिला सिंह सिलु सम्वत् २०५७ सालको दे.पु.ई.नं. ..६८ फैसला मितिः २०५८।४।११।५ मुद्दा :— मोही लगत कट्टा गरीपाउं । पुनरावेदक वादीः जिल्ला मोरङ दादर वैरीया गा.वि.स. वडा नं. १ बस्ने वर्ष ६२ को ताजी सरदार बाँतर विरुद्ध विपक्षी प्रतिवादीः ऐ.ऐ. बस्ने ठेकनु सरदार वाँतर § भूमि सम्बन्धी ऐन, २०२१ को दफा २६ क ले मोहियानीहक खरिद गर्न वा दानदातव्यको रुपमा वा अरु किसिमले हक छोडाई लिन पाइने छैन भन्ने कानूनी व्यवस्थाबाट जग्गा किनबेच हुंदा जग्गाको स्वामित्व सम्बन्धी हकको मात्र किनबेच हुन सक्ने देखिन्छ । यसरी जग्गाको स्वामित्व २०२६।११।१५ मा अनसदरुबाट जुगुतलाले खरिद गरेको र अंशबाट ताजि सरदारले हक प्राप्त गरेको र २०२६ सालमा जग्गा खरिद गर्दा नै मोही विपक्षी प्रतिवादी ठेकनु सरदार भएको देखिंदा साविक जग्गाधनीबाट यी प्रत्यर्थी प्रतिवादीको मोहियानी हक समेत खरिद भै एकपरिवारको हैसियतले निजको मोहियानी हक स्वतः निस्कृय भएको भन्ने भनाईंसंग सहमत हुन सकिएन । त्यसमा पनि प्रस्तुत मुद्दा पर्दाको अवस्थामा जग्गा एकासगोलको परिवारमा रहेको नदेखिंदा पुनरावेदन जिकिर बमोजिम मोही लगत कट्टा हुने अवस्था देखिन नआउने । (प्र.नं. १४) वादी तर्फबाटः विव्दान अधिवक्ता श्री मातृकाप्रसाद निरौला विपक्षी तर्फबाटः विव्दान अधिवक्ता श्री श्यामप्रसाद खरेल अवलम्वित नजिरः फैसला प्र.न्या.केशवप्रसाद उपाध्यायः पुनरावेदन अदालत विराटनगरको मिति २०५१।१२।१९ को फैसला उपर परेको निवेदनमा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(ख) अन्तर्गत मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान भै संयुक्त इजलासका माननीय न्यायाधीशहरु बीच मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली २०४९ को नियम ३(१)(क) अन्तर्गत पेश हुन आएको प्रस्तुत मुद्दाको व्यहोरा एवं ठहर यस प्रकार छ :– २. स्वर्गीय हिराईका ३ छोरामा जेठा मेरो पिता बुलाकी सरदार, माइला टेकनु भन्ने ठेकन सरदार र कान्छो सिद्धिलाल भन्ने श्रीलाल हुनु भएकोमा श्रीलालले २०३१ सालमा मेरा पिता बुलाकी उपर मो.जि.अ.मा अंश मुद्दा गरी अदालतले फिराद परेको अघिल्लो दिनसम्मको तायदाती फांटवारी माग गरी २०३४।२।१६ का फैसला बमोजिम काकाहरुले ३ भागको २ भाग अंश पाउनु भयो । मेरो नाम दर्ताको मोरंग दादरवैरिया गा.वि.स. वार्ड नं. १(ख) कि.नं. ९८ को ०–१६–० ऐ. कि.नं. ९७ को १–१३–१२.१/२ जग्गाको मोही मेरा काका ठेकनु भनी लेखिएको रहेछ । उक्त मुद्दा पर्नु अगावै देखि हाम्रो परिवारमा आएको जग्गा हुनाले एकपरिवार भित्र कोही जग्गाधनी कोही मोही हुन सक्ने कानूनी प्रावधान नभएकोले उक्त जग्गा साविकमा मेरा दाजु जुगुनलाल दर्ता रही पछि मेरी माता गोटलीको नाउँमा अंश मुद्दाको मिलापत्रबाट दर्ता हुन आई माता गोठलीबाट नामसारी भै मेरा नाममा नामसारी भएको छ । साविकदेखि एक परिवार भित्रबाटै कमाई आएको, काका छुट्टिएपछि प्रचलित कानून बमोजिम मोही नभएको भए पनि श्रेस्तामा मोहीको नाम खडै रहेकोले श्रेस्ता पुर्जामा लेखिएको मोहीको नाम कट्टा गरी पाऊँ भन्ने समेत व्यहोराको वादीको निवेदन पत्र । ३. निवेदकले दावी गरेको कि.नं. ९७ र ९८ समेतको जग्गा साविक जग्गाधनी अनसधरु वातर नाउँमा साविक कि.नं. २७ को ज.वि. २–१३–१२.१/२ को मोही म हुं । स