निर्णय नं. ४६२० - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४६२० - उत्प्रेषण भाग: ३४ साल: २०४९ महिना: पौस अंक: ९ फैसला मिति :२०४९/०९/२९ ३३५९ निर्णय नं. ४६२० ने.का.प. २०४९ (ग) अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय सम्वत् २०४७ सालको रिट नं. १३३६ आदेश भएको मिति: २०४९।९।२९।४ मा निवेदक : का.न.पा. वा.नं.१० रविप्रसाद गिरी विरुद्ध विपक्षी : प्रमुख नापी अधिकृत ३ नं. नापी गोश्वारासमेत विषय : उत्प्रेषण (१) अदालतमा विचाराधीन रहेको मुद्दा सम्बन्धमा कुनै निकायबाट अदालतको निर्णयलाई प्रभावित हुने गरी कुनै व्यहोराको निर्णय आदेश गर्न नमिल्ने । (प्रकरण नं. १५) (२) अदालतमा विचाराधीन विषयमा ३ नं. नापी गोश्वाराले अदालतको निर्णय प्रभावित हुने गरी विवादित जग्गा सम्बन्धमा निर्णय गर्न पाउने अवस्था नरहने । (प्रकरण नं. १५) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री मुक्तिनारायण प्रधान विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री मनोज दवाडी विद्वान सहन्यायाधिवक्ता श्री अलिअकवर मिकरानी आदेश न्या.ओमभक्त श्रेष्ठ १. मैले ठूले नगरकोटीबाट मिति ०३६।१०।१३ मा हालैको बकसपत्र मालपोत कार्यालय काठमाडौं मार्फत पारीत गरी प्राप्त भएको भिमसेनगोला गा.पं. वडा नं. ८ कि.नं. १३७ को क्षेत्रफल १–८–० जग्गा निर्विवाद भोगी चर्ची आएको थिएँ । विपक्षीले सो मेरो जग्गाको पूर्वतर्फबाट बाटो कायम गर्ने गोप्य षडयन्त्र गरी मेरा छुट्टी भिन्न भइसकेका पिता होमप्रसाद गिरीलाई प्रतिवादी कायम गरी उक्त मेरो जग्गाबाट विपक्षीको कि.नं. १५४ को घर जग्गामा जान ३ फुटे बाटो कायम गरिपाउँ भनी तत्कालिन काठमाडौं नगरपञ्चायत कार्यालयमा मिति ०४०।५।१३ मा निवेदन दिएको रहेछ । २. होमप्रसाद गिरीलाई झिकाउँदा वहाँले मिति ०४०।५।२४ मा आफ्नो सो जग्गामा कुनै हक नभएको बयान प्रस्तुत गर्नु भएको रहेछ । सो कारवाही सम्बन्धमा मलाई कुनै जानकारी नदिई उक्त जग्गाको पूर्वतर्फबाट ३ फुटको बाटो कायम गर्न पाउने ठहर्‍याई उक्त कार्यालयबाट मिति ०४०।८।७ मा फैसला भएको रहेछ । टोल छिमेकमा सो हल्ला चलेपछि मैले ०४१।११।५ मा फैसला नक्कल प्राप्त गरी अ.बं. ८६ नं. अन्तर्गत विपक्षी उपर सो फैसला बदर गरिपाउँ भनी फिरादपत्र प्रस्तुत गरी कारवाही हुँदा हदम्यादको कारणले मेरो फिराद खारेज गरी ०४१।१०।९ मा काठमाडौं जिल्ला अदालतबाट फैसला भएकोमा सो फैसला उपर मैले वा.अं.अ. मा पुनरावेदन प्रस्तुत गर्दा शुरु फैसला नमिलेको हुँदा बदर गरि दिएको छ । पुनः कानुन बमोजिम कारवाही किनारा गर्नु भनी बा.अं.अ.बाट ०४२।८।२६ मा भएको फैसला बमोजिम हाल म र विपक्ष समेत काठमाडौं जिल्ला अदालतमा तारेखमा रही मुद्दाको पुर्पक्ष गर्दै आएको छौं । ३. यसै क्रममा का.न.पा. वडा नं. १० बानेश्वर अन्तर्गत ३ नं. नापी गोश्वाराबाट पुनः घरजग्गा नाप नक्शा शुरु गरेकोले उल्लेखित मेरो कि.नं. १३७ को जग्गा नाप नक्शा हुँदा मेरो नामको एकलौटी ज.ध.प्र.पु. दाताबाट बकसपत्र प्राप्त गरेको लिखत समेतको आधारमा उक्त जग्गा का.न.पा. वा.नं. १० कि.नं. ६४ को क्षेत्रफल १–५–०–१ (घर जग्गा) कायम भई प्रत्यर्थीको दावी विरोध बिना निर्विवाद नाप नक्शा भएको थियो । सो नाप नक्शा हुँदा उक्त जग्गामा कुनै बाटो देखाएको छैन । ३ नं. नापी गोश्वारा ३ नं. नापी टोलीबाट सो नाप नक्शा भएको ७ दिने सूचना प्रकाशित भएपछि विपक्षी हर्कबहादुर गुरुङको श्रीमती विष्णुदेवी गुरुङले का.जि.अ.को बदर भइसकेको फैसला संलग्न गरी हाल नापीबाट कायम भएको मेरो कि.नं. १६४ बाट कित्ताकाट गरी जमीनको स्थिति अनुरुप बाटो कायम