निर्णय नं. ६२०७ - उत्प्रेषणसमेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६२०७ - उत्प्रेषणसमेत भाग: ३८ साल: २०५३ महिना: असोज अंक: ६ फैसला मिति :२०५१/०४/०६ ३०८४ निर्णय नं. ६२०७ ने.का.प. २०५३ विशेष इजलास माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ सम्बत् २०५१ सालको रिट नं. ३६८३ आदेश मिति २०५१।४।६।५ विषयः उत्प्रेषण समेत । निवेदक- भक्तपुर जिल्ला, कटुन्जे गा.वि.स. वडा नं. ८ घर भै निर्माण तथा यातायात मन्त्रालय अन्तर्तग कार्यरत ई. रामलाल भट्ट रुपन्देही जिल्ला, पडसरी गा.वि.स. घर भै आवास तथा भौतिक योजना मन्त्रालयमा कार्यरत ई. भिमप्रसाद उपाध्याय सोलुखुम्बु जिल्ला चोलाखर्क गा.वि.स. घर भै आवास तथा भौतिक योजना मन्त्रालय अन्तर्गत कार्यरत ई. भुपेन्द्र बहादुर बस्नेत काठमाडौं जिल्ला,काठमाडौं नगरपालिका वडा नं. ३४ घर भै आवास तथा भौतिक योजना मन्त्रालयमा कार्यरत ई.पवन कुमार श्रेष्ठ समेत ४ को वा. भै आफ्नो हकमा समेत आवास तथा भौतिक योजना मन्त्रालय अन्तर्गत कार्यरत ई. राजा कर्माचार्य लमजुङ्ग चण्डेश्वर गा.वि.स. घर भै आवास तथा भौतिक योजना मन्त्रालय अन्तर्गत ई. अर्जुन भक्त पौडेल काठमाडौं जिल्ला,काठमाडौं नगरपालिका घर भै जलश्रोत मन्त्रालय अन्तर्गत कार्यरत केशवध्वज अधिकारी काठमाडौं जिल्ला,काठमाडौं नगरपालिका वडा नं. ३ घर भै आवास तथा भौतिक योजना मन्त्रालयमा कार्यरत ई.धन बहादुर तामाङ्ग धनुषा जिल्ला, डेवडिया गा.वि.स. वडा नं. ८ घर भै जलश्रोत मन्त्रालय अन्तर्गत कार्यरत ई. राकेश कुमार झा काठमाडौं जिल्ला,काठमाडौं नगरपालिका मरुटोल घर भै आवास तथा भौतिक योजना मन्त्रालय अन्तर्गत कार्यरत ई. गोविन्दराम काठमाडौं जिल्ला,काठमाडौं नगरपालिका वडा नं. २५ घर भै आवास तथा भौतिक योजना मन्त्रालयमा कार्यरत ई. राजुबाबु श्रेष्ठ विरुद्ध विपक्षी- श्री ५ को सरकार, मन्त्रिपरिषद् सचिवालय लोकसेवा आयोग निजामती सेवा ऐन, २०४९ को दफा ५८ को व्यवस्था हेर्दा "कुनै पनि निजामती कर्मचारीलाई निजको नियुक्ति हुँदा तत्काल लागू रहेको तलव, उपदान निवृत्तिभरण र अन्य सुविधा सम्बन्धी सेवाका शर्तहरुमा निजको स्वीकृति बेगर निजलाई प्रतिकूल असर पर्ने गरी परिवर्तन गरिने छैन ....." भनी उल्लेख गरेको देखिन्छ । तर कर्मचारीको बढुवा सम्बन्धी विषय परेको देखिएन । उक्त दफामा उल्लेख गरिएको तलब, उपदान, निवृत्तभरण शब्द पछि रहेको "अन्य सुविधा सम्बन्धी सेवाका शर्तहरु" भन्ने बाक्यांशको अर्थ गर्दा तलव, उपदान र निवृत्तिभरण समेतको परिप्रेक्ष्यमा अर्थ गर्नु पर्ने । (प्र.नं. ७) तलब, उपदान र निवृत्तभरण शब्दहरुले कर्मचारीले पाउने आर्थिक सुविधालाई लक्षित गरेको देखिँदा अन्य सुविधाले तलव, उपदान र निवृत्तभरण बाहेक अन्य शिर्षक अन्तर्गत कर्मचारीले पाउने सोही अनुरुपका सुविधालाई संकेत गरेको देखिने। (प्र.नं. ७) बढुवा सम्बन्धी कुरा कर्मचारीको कानूनी हकको रुपमा देखिन्छ । अर्थात कर्मचारीले सेवाको न्यूनतम शर्तहरु पुरा गरेपछि बढुवाको प्रत्याशीको लागि कानूनी हकको रुपमा प्रयोग गर्न पाउने हुन्छ । (प्र.नं. ७) निजामती सेवा ऐन, २०४९ को व्यवस्था हेर्दा पनि ऐनको परिच्छेद ३ मा निजामती सेवाको पदपूर्ति विभिन्न आधार मध्ये बढुवाको माध्यमबाट पनि हुने व्यवस्था गरेको देखिन्छ । त्यस्तै गरी ऐनको दफा ७५ ले सबै निजामती सेवाहरुमा सामान्य रुपले लागू हुने वा बेग्ला बेग्लै सेवा वा समूहको लागि श्री ५ को सरकाले पृथक रुपले लागू हुने नियमहरु बनाउन सक्ने समेत व्यवस्था गरेबाट प