निर्णय नं. ६२०८ - अंश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६२०८ - अंश भाग: ३८ साल: २०५३ महिना: असोज अंक: ६ फैसला मिति :२०५३/०३/२० २८२२ निर्णय नं. ६२०८ ने.का.प. २०५३ पुर्ण इजलास माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय माननीय न्यायाधीश श्री हरि प्रसाद शर्मा माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे सम्बत् २०५१ सालको दे.पु. नं. ५७ फैसला मिति २०५३।३।२०।५ मुद्दाः अंश । पुनरावेदक- वादी जिल्ला बाँके, नेपालगञ्ज नगरपालिका वडा नं. २ बस्ने सन्तनुलाल श्रेष्ठ जिल्ला बाँके, नेपालगञ्ज नगरपालिका वडा नं. २ बस्ने अरुणलाल श्रेष्ठ ऐ.ऐ. बस्ने मोहनलाल श्रेष्ठ ऐ.ऐ. बस्ने विजयलाल श्रेष्ठ विरुद्ध विपक्षी प्रतिवादी- जिल्ला कैलाली चौभार गा.वि.स. वडा नं. १ बस्ने मदनलालको श्रीमती सरिता श्रेष्ठ ऐ.ऐ. बस्ने ऐ को छोरा बसन्तलाल श्रेष्ठ पुनरावेदकहरुले स्वआर्जनको भनी जिकिर लिएता पनि सो को ठोस सबुद प्रमाण निजहरुले गुजार्न सकेको पाईदैंन । सगोलका परिवार मध्ये जुनसुकै अंशियारहरुको नाउँमा सम्पत्ति रहेता पनि अन्यथा प्रमाणित नभएसम्म प्रमाण ऐन,२०३१ को दफा ६(क) अनुसार सबै अंशियारहरुको हक लाग्ने मान्नु पर्ने हुँदा विवादित सम्पत्ति बण्डा नलाग्नु पर्ने भन्ने पुनरावेदकको जिकिर मनासिव नदेखिने । (प्र.नं. १७) पुनरावेदक वादी तर्फबाट – × विपक्षी तर्फबाट- विद्वान अधिवक्ता श्री शिवराज अधिकारी अवलम्बित नजिर- × आदेश न्या. केशव प्रसाद उपाध्याय- बाजे पदमलाल श्रेष्ठका २ वटा छोराहरुमा जेठा स्व. बैकुण्ठ लाल श्रेष्ठ र कान्छा स्व. मदन लाल श्रेष्ठ हुन् । स्व. बैकुण्ठलाल श्रेष्ठका छोराहरु हामी वादी मोहनलाल श्रेष्ठ-१ र सान्तनु लाल श्रेष्ठ-१ समेतले एकासगोलमा बसी सम्पत्तिको भोग चलन गरी आएको, बुबा र काकाको निधन भै सकेकोले हामी वादीहरुको तर्फबाट मदनलाल श्रेष्ठको श्रीमती सरिता श्रेष्ठले मिति २०२९।१०।८ गते भूमि प्रशासन कार्यालय, कैलालीमा मदन लालको नाउँमा रहेको सगोलको जग्गा बसन्त लालको नाउँमा नामसारी गरी पाउन निवेदन दिई मदन लालको नाउँको जग्गा मध्ये ऐठा र उमा गा.पं. को जग्गा विजय लाल श्रेष्ठ र सरिताको हस्तवारीबाट बसन्तलाल श्रेष्ठको नाउँमा नामसारी गर्ने लिनगरको जग्गा अप्रमाणित हुँदा पछि ठहरे बमोजिम गर्ने भनी मिति २०४१।१०।२१ गते बसन्तलालले जग्गा धनी प्रमाण पुर्जा प्राप्त गरी सकेपछि मिति २०४१।१०।२८ गते हाम्रो हित्तचित्त नमिलेको हुँदा अंश गरौं भनी विपक्षीहरुसँग भन्दा हामी तिमीहरुलाई अंश दिन्नौ जे गर्नु छ गर भनी अंश वण्डा गर्न इन्कार गरेकोले विपक्षीहरुबाट चल अचल सम्पत्तिको फाँटवारी लिई हाम्रो बुबा स्व .बैकुण्ठ लाल श्रेष्ठले पाउनु पर्ने २ खण्डको १ खण्ड अंश भाग दिलाई भराई पाउँ भन्ने व्यहोराको मिति २०४१।११।१६ को मोहनलाल श्रेष्ठ समेतको संयुक्त फिराद पत्र । 2. पदमलालका २ छोराहरुमा जेठा बैकुण्ठ र कान्छा मदनलाल जिवित रहेकै अवस्थामा आ-आफ्नो अंश हिस्सा लिनु दिनु गरी जेठा बैकुण्ठ लाल नेपालगञ्जमा बसेका र कान्छा मदन लाल २००२ साल तिर नै धनगढीमा आई पर्ति जमिन ओढखोढ गरी बसेका र २०१३ सालको नापीमा उक्त पर्ति जमिन निजका नाममा दर्ता श्रेस्ता समेत भएको र खुर्खुरियाको जग्गा महाजन मुस्तफाबाट रुपैयाँ कर्जा लिई खरिद गरेको हो वादीहरुका बुबा बैकुण्ठकै पालामा अंश हिस्सा लिनु दिनु भई सकेको हुँदा निज वादीहरुलाई अंश भाग गर्नु दिनु पर्ने होइन वादी दावी झुठ्ठा हो भन्ने समेत व्यहोराको प्रतिवादी वसन्त लाल श्रेष्ठ समेतको मिति २०४१।१।१३ को संयुक्त प्रतिउत्तर पत्र । 3. वादी प्रतिवादी काकी र भतिजा नाताका हुन्, यिनीह