निर्णय नं. ४६२३ - बन्दीप्रत्यक्षीकरण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४६२३ - बन्दीप्रत्यक्षीकरण भाग: ३४ साल: २०४९ महिना: पौस अंक: ९ फैसला मिति :२०४९/०५/०१ ३१५३ निर्णय नं. ४६२३ ने.का.प. २०४९ (ग) अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय सम्वत् ०४९ सालको रिट नं. २४७७ आदेश भएको मिति: २०४९।५।१ मा निवेदिका : जि.प्र.का. सदरखोर डिल्लीबजारमा थुनामा रहेकी टासीछोमा गुरुङ विरुद्ध प्रत्यर्थी : त्रि.वि. भन्सार कार्यालय काठमाडौंसमेत विषय : बन्दीप्रत्यक्षीकरण (१) जरिवाना मात्रको सजायँ भएको अवस्थामा मु.ऐन दण्ड सजायँको ३८ को देहाय १ आकर्षित नभई दण्ड सजायँको ३८ को देहाय २ नं. आकर्षित हुने हुँदा त्रि.वि. भन्सार कार्यालयले रिट निवेदिकालाई जरिवाना नतिरे बापत मुलुकी ऐन दण्ड सजायँको ३८ नं.को देहाय १ बमोजिम ४ वर्षको कैदको लगत कायम गरेको कानुन अनुरुप नदेखिने । (प्रकरण नं. १२) (२) मु.ऐन दण्ड सजायँको ३८ नं. को देहाय १ बमोजिम ४ वर्षको लगत कायम गर्ने गरेको त्रि.वि.भन्सार कार्यालयको निर्णय आदेश कानुन अनुकूल नहुँदा मुलुकी ऐन दण्ड सजायँको ३८ नं. को देहाय २ बमोजिम २ वर्ष ६ महीनाको लगत कायम गरी सो बमोजिम लगत सच्याई लगत कायम गर्ने निर्णयको प्रतिलिपि सम्बन्धित कारागार शाखामा पठाई दिनु । (प्रकरण नं. १६) (३) तत्काल कायम हुन आउने लगत समेतबाट निवेदिकाले भोग्नु पर्ने सजायँ भुक्तान भइसकेको नदेखिंदा निज थुनाबाट मुक्त हुनसक्ने अवस्था नरहेकोले बन्दीप्रत्यक्षीकरणको रिट खारेज हुने । (प्रकरण नं. १६) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री होमनाथ ढुंगाना, विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ अवलम्बित नजीर : रिट नं. १५१७ ओगेन गुरुङ विरुद्ध भन्सार कार्यालय काठमाडौ समेत भएको बन्दीप्रत्यक्षीकरण र नि.नं. ३८९२ निवेदक दुर्गाप्रसाद बझगाई विरुद्ध भन्सार कार्यालय भैरहवा समेत भएको बन्दीप्रत्यक्षीकरणको निवेदनमा र निर्णय नं. ३१८१ निवेदक नुनुलाल साहू तेली विरुद्ध सुनसरी जिल्ला अदालत समेत भएको रिटनिवेदन समेतमा प्रतिपादित सिद्धान्त । आदेश न्या.केदारनाथ उपाध्याय १. नेपाल अधिराज्यको संविधान, ०४७ को धारा २३।८८ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण निम्न प्रकार छ । २. म निवेदक शाही नेपाल वायु सेवा निगमको बैंकक काठमाडौं उडानबाट मिति ०४७।१०।१ का दिन त्रि.वि.भं.स्थल काठमाडौंमा उत्रेपछि मेरो सामान चेक जाँच गर्दा म बाट सुन ४–४६४–० चारकिलो चारसय चौंसठ्ठी ग्राम फेला परेको आरोपमा विपक्षी त्रि.वि. भन्सार कार्यालयले भन्सार ऐन, २०१९ संशोधन सहित दफा ३४ को उपदफा ८(क) अनुसार हुनसक्ने जरीवाना र कैद बापतको नगद धरौटी दिन नसकेकोले पुर्पक्ष निमित्त थुनामा राख्ने भन्ने आदेश गरेको हुँदा सो बमोजिम थुनामा बसेको थिएँ । विपक्षी त्रि.वि. भन्सार कार्यालयले मिति ०४७।१२।८ मा निर्णय गर्दा भन्सार ऐन, २०१९ को संशोधित दफा ३४ को उपदफा ८(क) बमोजिम म बाट बरामद भएको सुन ४–४६४–० ग्राम जफत गरी बिगो बमोजिम रकम रु. २२,९६,२९६।– बाइस लाख छयानब्बे हजार दुईसय छयानब्बे जरीवाना तोकी जरीवानाको रकम दाखिला गरेमा कैदबाट मुक्त गरिदिने र दाखिला नगरेमा मु. ऐन दण्ड सजायँको ३८ नं. को देहाय दफा १ अनुसार ४ वर्ष अर्थात ०४७।१०।१ देखि २०५१।९।३० सम्म कैद गर्ने भनी कैद ठेकी मलाई जानकारी दिइएको थियो । जेलमा हुँदा पुनरावेदनको प्रकृया पूरा गरी पुनरावेदन गर्न सकिन । ३. मलाई सुन भन्सार चोरी पैठारी गरेको भनी भन्सार ऐन, २०१९ को संशोधित दफा ३४ को उपदफा