निर्णय नं. ६२०९ - उत्प्रेषण लगायत जो चाहिने आदेश जारी गरी पाउँ ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६२०९ - उत्प्रेषण लगायत जो चाहिने आदेश जारी गरी पाउँ । भाग: ३८ साल: २०५३ महिना: असोज अंक: ६ फैसला मिति :२०५३/०३/२७ २७६२ निर्णय नं. ६२०९ ने.का.प. २०५३ पुर्ण इजलास माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय माननीय न्यायाधीश श्री नरेन्द्र बहादुर न्यौपाने माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे रि.पु. इ.नं. ६४ आदेश मिति २०५३।३।२७।५ विषयः उत्प्रेषण लगायत जो चाहिने आदेश जारी गरी पाउँ । निवेदक मोरङ जिल्ला, उर्लावारी गा.वि.स. वडा नं. ७ बस्ने तारावीर श्रेष्ठ विरुद्ध विपक्षी श्री शिक्षक छनौट समिति, मोरङ श्री जिल्ला शिक्षा कार्यालय, मोरङ श्री पुर्वाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालय श्री शिक्षा संस्कृति तथा समाज कल्याण मन्त्रालय लिखित परिक्षा सम्पन्न भै त्यसको नतिजा प्रकाशित हुनु भन्दा अगावै मिति २०४९।५।२३ को शिक्षा, संस्कृती तथा समाज कल्याण मन्त्रालयको परिपत्रबाट अन्तरवार्ताको पुर्णाङ्क हेरफेर भएको देखिन्छ । सो पुर्णाङ्क हेरफेर पश्चात लिखित परिक्षाको नतिजा प्रकाशन भै सो आधारमा सम्पन्न अन्तरवार्तामा यी निवेदक सम्मिलित भै प्रकाशित अन्तरवार्ताको नतिजा आफु असफल भएपछि मात्र प्रस्तुत रिट निवेदन दायर गरेको देखिँदा निवेदक स्वच्छ विचारले अदालतमा प्रवेश गरेको मान्न नमिल्ने। (प्र.नं. १३) निवेदक तर्फबाट – विद्वान अधिवक्ता श्री हरिप्रसाद उप्रेती विपक्षी तर्फबाट- विद्वान सरकारी अधिवक्ता श्री नरेन्द्रराज पाठक अवलम्बित नजिर- × आदेश न्या. केशव प्रसाद उपाध्याय- संयुक्त इजलासको मिति २०५१।१०।४ को आदेश अनुसार यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छः- 2. विपक्षी शिक्षक छनौट समितिले २०४८।११।६ मा सुचना प्रकाशित गरी मोरङ जिल्लाका विभिन्न प्राथमिक विद्यालयमा रिक्त रहेको ९५ पद प्रा.वि. शिक्षक पुर्तिको लागि विज्ञापन गरेको म पनि उम्मेदवार भएकोमा दरखास्त दिई परिक्षामा सम्मिलित भएको थिएँ । सोही अनुसार लिखित परिक्षामा उतिर्ण भएको र अन्तरवार्तामा समितिले २०५०।४।२७ मा प्रकाशित गरेको नतिजामा मेरो नाम समावेश नगरी अरु २६० जना मुख्य उम्मेदवार र ७६ जना वैकल्पिक उम्मेदवार कायम गरी नियुक्ति लिन आउन सुचना गरेको । विज्ञापन गर्दा ९५ जना पदको लागि र अन्तरवार्ता लिई सकेपछि २६० संख्या पुर्‍याएको कारवाही शिक्षा नियमावली, २०२८ को नियम २४(क) र (ग) तथा शिक्षा नियमावली २०४९ को नियम २२(१) र (ग) विपरीत छ । लिखित परिक्षा लिएका बखत प्रथम पत्रको प्रश्नपत्रको पुर्णाङ्क १०० तथा दोश्रो पत्रको प्रत्येक खण्ड २५।२५ पूर्णाङ्क गरी जम्मा १५० अंक लिखित परिक्षाको लागि र ५० अंक अन्तरवार्ताको लागि भएकोमा परिक्षा लिई सकेपछि १०० पुर्णाङ्कलाई ५० र २५।२५ पुर्णाङ्कलाई १२ १/२, १२ १/२ कायम गरी जम्मा पुर्णाङ्कको लिखित परीक्षा र १०० पुर्णाङ्कको अन्तरवार्ता कायम गर्ने कार्य पनि त्रुटिपुर्ण छ । शिक्षा नियमावली, २०२८ को नियम (ख) को व्यवस्थालाई उल्लंघन गर्दै विज्ञापनलाई स्थानीय पत्र पत्रिकामा प्रकाशन गर्नु पर्नेमा सूचना पाटीमा मात्र गरिएबाट विज्ञापन भै कानून विपरीत छ । जति पदमा विज्ञापन गरियो त्यति संख्यामा शिक्षक नियुक्त गर्नु पर्नेमा बीचमा संख्या बढाउने अधिकार समितिलाई छैन । लिखित परिक्षाको नतिजा प्रकाशन गर्दा ९५ रिक्त पदको ११७ जना व्यक्ति मात्र सफल घोषित गर्नु पर्नेमा १९०२ उम्मेदवारलाई सफल घोषित गर्ने कार्य पनि कानून विपरीत छ । शिक्षक छनौट समिति र जिल्ला शिक्षक छनौट समिति २ निकायको संलग्नताबाट भएको