निर्णय नं. ४६२७ - बन्दीप्रत्यक्षीकरण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४६२७ - बन्दीप्रत्यक्षीकरण भाग: ३४ साल: २०४९ महिना: पौस अंक: ९ फैसला मिति :२०४९/०९/२८ २१८८ निर्णय नं. ४६२७ ने.का.प. २०४९ (ग) अङ्क ९ एक न्यायाधीशको इजलास माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ सम्वत् २०४९ सालको रिट नं. २८४६ आदेश भएको मिति: २०४९।९।२८।३ मा निवेदक : रौतहट कारागारमा थुनामा रहेको मोजदास तत्मासमेत विरुद्ध विपक्षी : पुनरावेदन अदालत हेटौंडासमेत विषय : बन्दीप्रत्यक्षीकरण (१) ज्यान मुद्दामा जिल्ला अदालतमा मुद्दा दायर भई थुनछेकको आदेशको दौरान निवेदकहरुलाई थुनामा राखी कारवाही गर्ने आदेश भएको र त्यसलाई पुनरावेदन अदालतले सदर गरेको कारवाही अधिकारयुक्त निकायबाट भएको देखिन्छ । निवेदक अभियुक्तहरु प्रति न्यायकर्ताको प्रवृत्त भावना छ भन्न निवेदकले नै नसकेको तथा मुद्दाको कारवाहीमा अन्य कुनै गम्भीर कानुनी त्रुटिको विद्यमानताको स्थिति नदेखिँदा गैरकानुनी थुना भन्न मिल्ने अवस्था नदेखिँदा विपक्षीहरुबाट लिखितजवाफ मगाइरहन परेन† रिटनिवेदन खारेज हुने । (प्रकरण नं. ७) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री हरिहर दाहाल आदेश न्या.गोविन्दबहादुर श्रेष्ठ १. नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८(२) अन्तर्गत पर्न आएको रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ । २. मिति २०४९।३।७ गते श्री रुपा नेपाली पाल मा.वि. संखुअवा धर्मौरामा अध्ययनरत धर्मेन्द्र शाह र रघुनाथ दास बीच विवाद भएको कुरा थाहा पाई अच्छेलाल शाहले आफ्नो बन्दूक बोकी अन्य निजका पक्ष ३०।४० जना मानिसहरु भाला, लाठी, गडासा समेत साथ लिई उक्त मा.वि. मा गई शिक्षक गजलाल दास र अच्छे लाल शाह बीच पुरानो रिसइवी समेत रहेको हुँदा दुवै पक्षबाट भनाभन भई झै झगडा हुँदा अच्छेलालले बन्दूकको गोली प्रहार गरी सतलाल दासलाई गोली लागी घटना स्थलमै मृत्यु भएको तत्पश्चात गजलाल समेतका व्यक्तिहरुले अच्छेलाललाई कुटपिट गरी मारेको हुँदा कानुन बमोजिम कारवाही गरी पाउँ भन्ने प्र.ना.नि. बलिराम यादवको प्रतिवेदनको साथै मृतक अच्छेलाल शाहको सम्बन्धमा उपेन्द्र शाह तेलीको जाहेरी र मृतक सतलाल दाशको छविलाल दास तत्माले दिएको जाहेरीबाट उठान भएको कर्तव्य ज्यान मुद्दामा अरु विभिन्न प्रतिवादीहरुको अतिरिक्त हामी निवेदक उपर ज्यानसम्बन्धी महलको १७(३) को सजायँको माग दावी गरिएको थियो । ३. जिल्ला अदालतबाट अ.बं. ११८(२) अनुसार हामीलाई थुनामा राख्ने आदेश गर्दा ज्यानसम्बन्धी को १७(३) को अभियोगमा बढीमा ३ वर्षसम्म कैद हुनेमा अ.बं. ११८(२) बमोजिम थुनामा राख्न नमिल्ने भन्ने निजहरुको दावी नपुग्ने स.अ.का भू.पु.मा.न्या. प्रचण्डराज अनिलज्यूद्वारा लिखित थुनछेक भन्ने लेखको पृष्ठ १५ को अनुच्छेदमा उद्धृत कुराबाट पनि यस्तो अवस्थामा पनि थुनामा राख्न सकिने नै देखिँदा ११८(२) अनुसार थुनामा राखी मुद्दाको पुर्पक्ष गर्ने भन्ने आधार लिइएको रौतहट जिल्ला अदालतको आदेश उपर अ.बं. १७ नं. बमोजिम निवेदन गरेकोमा कानुन बमोजिम गर्नु भन्ने आदेश भयो । ४. मृतक अच्छेलाल साह तेलीको छोरा उपेन्द्र शाह तेलीले दिएको जाहेरी दर्खास्तमा हामी निवेदक भोजदास, जंगबहादुर, राम विलास राय, एकवाल सिउदवाल समेत ५ जनालाई विद्यालयको कोठामा बन्द गरिएको र घटना भने अर्को कोठामा घटेको जहाँ अच्छेलालको मृत्यु भएको कुरा उल्लेख छ । सो कथित जाहेरी दर्खास्त विधिवत दर्ता भएको छैन । कथित जाहेरीमा हामी निवेदक मार्ने कुरामा मत सल्लाहमा पसेको र मार्ने ठाउँ अर्थात् मृतक अच्छेलाल रहेको कोठामा उपस्थित रहेको कुराहरु व्यक्त भएको छैन । अदालतमा म