निर्णय नं. ७०२२ - हक कायम निर्णय वदर ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७०२२ - हक कायम निर्णय वदर । भाग: ४३ साल: २०५८ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०५८/०४/३२ ३२२२ ने.का.प.२०५८ अङ्क ७/८ निर्णय न.७०२२ पूर्ण इजलास माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री केदारनाथ आचार्य माननीय न्यायाधीश श्री ज्ञाइन्द्रवहादुर श्रेष्ठ सम्वत् २०५३ सालको दे.पु.ई.नं..... १०३ फैसला मितिः २०५८।४।३२।५ मुद्दा :— हक कायम निर्णय वदर । निवेदक/पुनरावेदक वादीः वागमती अञ्चल काठमाडौं जिल्ला काठमाडौं न.पं. वडा नं. २२ अन्तर्गत रणमुक्तेश्वर पुरानो भन्सार बस्ने नाती भाईको छोरा अशोककाजी वनीया विरुद्ध प्रत्यर्थी प्रतिवादीः वागमती अञ्चल काठमाडौं जिल्ला काठमाडौं न.पं. वडा नं. १६ अन्तर्गत क्षेत्रपाटी बस्ने छिरींग फिन्छोक समेत § मुद्दा हारजीत भई फैसला भएपछि सगोलमा रहेकै नावालक छोराहरुले उमेर पुगेपछि अ.वं. ८६ नं.को आधारमा मुद्दा गर्दै जान पाउने हो भने विवादको निरुपण कहिल्यै अन्त नहुने समेत भै मुद्दाको अन्तिम हुने सिद्धान्त (Finality of Decision) को प्रतिकूल हुन जाने हुन्छ । घरको मुख्यले गरेको मुद्दामा अ.वं. ८६ नं. आकर्षित हुने अवस्था देखिँदैन । वादीकी आमासंगको मुद्दामा सानुभाईको छोरा कायम भएको व्यक्ति विपक्षी प्रतिवादी मेरो नाताको होइन भन्ने हक यी वादीलाई रहने देखिँदैन भने सो तर्फ स्पष्ट दावी पनि छैन । यसरी एकासगोलकी मुख्य भई काम गर्ने आमा हेराकेशरीले निजलाई प्रतिवादी बनाई घर खिचोला गरे उपर प्र. छिरिङले दिएको मुद्दामा छिरिङ फिन्छोक सानुभाईको छोरा ठहरी भएको म.क्षे.अ.को ०३३।२।२४ को फैसला अन्तिम भएको, सो फैसलाको आधारमा प्र.छिरिङले दावीको घर कूलवीर सिंहबाट भूमी प्रशासन कार्यालयमा थैली राखी निखनी लिएको, सो निखनी पाएको निर्णय वदर नभै अन्तिम बसेको यस अवस्थामा मौकैमा उजुर गरी निर्णय वदर नगराई २०३७ सालमा मात्र ०३३ सालको फैसला वदर गरी पाऊँ भनी फिराद लिई दावी गर्ने हकदैया वादीको हुन्छ भन्न नमिल्ने । (प्र.नं. १६) पुनरावेदक वादी तर्फबाटः विव्दान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी, विव्दान अधिवक्ता श्री ध्रुव पन्त प्रत्यर्थी प्रतिवादी तर्फबाटः विव्दान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी, विव्दान अधिवक्ताहरु श्री गुरुप्रसाद वराल, श्री वालमुकुन्द श्रेष्ठ अवलम्वित नजिरः फैसला न्या.हरिश्चन्द्रप्रसाद उपाध्यायः सर्वोच्च अदालत संयुक्त इजलासको मिति २०४६।३।५।२ को फैसला उपर इन्साफ जाँच गरी दिनु भन्ने हुकुम प्रमाङ्गि वक्स पाउँ भनी फैसला भएको मितिले द्द वर्ष भित्रै श्री ५ महाराजाधिराजमा विन्तिपत्र परी भई आएको हुकुम प्रमाङ्गी अनुसार यस अदालतको संयुक्त इजलासमा पेश हुँदा २०५३।५।७ मा दोहोर्याई हेर्ने आदेश भए अनुसार सर्वोच्च अदालत नियमावली, २०४९ (संशोधन सहित) को नियम ३(६) वमोजिम पूर्ण इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :– २. वावु नातीभाई तथा माहिला बाबा सानुभाई बीच २००८।४।१४ मा काठमाडौं नगरपञ्चायत मार्फत् वण्डा छुट्याई बसेको, बाबु २०१५ सालमा र माहिला बाबु २०२५ सालमा परलोक भएको निजको अरु सन्तान श्रीमती नहुँदा मैले श्राद्ध समेत गरी आएकोले हाल नापीमा का.न.पं. वडा नं. २२ को कित्ता नं. १८२ को घर स्ववासी दर्ता गराउन नापीमा दर्खास्त दिएकोमा नापी बुझ्दा विपक्षीहरुले आपसमा मुद्दा गरी मध्यमाञ्चल क्षेत्रीय अदालतबाट फैसला गराएको जानकारी भयो। विपक्षीहरुले मुद्दा गरी फैसला गराउँदैमा मेरो अधिकारमा असर नपर्ने हुँदा अ.वं. ८६ नं. वमोजि