निर्णय नं. ६२११ - कर्तव्यज्यान ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६२११ - कर्तव्यज्यान । भाग: ३८ साल: २०५३ महिना: असोज अंक: ६ फैसला मिति :२०५३/०१/१३ २५४८ निर्णय नं. ६२११ ने.का.प. २०५३ पुर्ण इजलास माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी माननीय न्यायाधीश श्री अरविन्द आचार्य माननीय न्यायाधीश श्री उदयराज उपाध्याय २०५२ सालको फौ.पु.इ.नं. २७ आदेश मिति २०५२।१।१३।५ मुद्दाः कर्तव्य ज्यान । पुनरावेदक प्रतिवादी बाँके जिल्ला विनौना गा.वि.स. वडा नं. २ घर भै जिल्ला कार्यालय केन्द्रीय कारागार नेपालगञ्जमा थुनामा रहेको चित्रबहादुर के.सी. विरुद्ध विपक्षी वादी द्रोण बहादुरको जाहेरीले श्री ५ को सरकार पहिले देखि नै अंश मुद्दा चली रहेको प्रतिवादीले बन्दुक लिई कोठाबाट निस्किएको भन्ने मृतककी छोरी सोभाले गरी दिएको बकपत्र प्रतिवादीको आमाले गरेको बकपत्र समेतबाट तत्काल उठेको रिस थाम्न नसकी प्रतिवादीले आफ्नो साथमा रहेको बन्दुक चलाएको अवस्था देखिन आउने। (प्र.नं. २०) अ.बं. १८८ नं. आकर्षित हुनको लागि अपराध गरेको अवस्था विचार गर्दा कसूरदारलाई ऐन बमोजिमको सजाय दिँदा चर्को हुने भई घटी सजाय हुनु पर्ने देखिन आउनु पर्ने हुन्छ । प्रस्तुत मुद्दामा माथि विवेचना गरिए अनुसार मृतक कृष्ण बहादुर र पुनरावेदक प्रतिवादीका बीच अंश मुद्दाको विषयलाई लिएर मनमोटाव समेत भई रहेको पुनरावेदक प्रतिवादीले आफ्नो सहोदर भाईलाई बन्दुक जस्तो जोखिमी हतियार प्रयोग गरी गोली हानी मारेको र भाई मरेपछि प्रायश्चितको भावना समेत निजमा देखिन नआएकोबाट अ.बं. १८८ नं. प्रयोग गरी प्रतिवादीलाई सजाय घटाउन पर्ने प्रकृतिको वारदात समेत देखिन नआउने। (प्र.नं. २०) पुनरावेदक तर्फबाट – विद्वान वरिष्ठ अधिवक्ता श्री गणेशराज शर्मा र विद्वान अधिवक्ता श्री विष्णु प्रसाद भट्टराई विपक्षी तर्फबाट- विद्वान सरकारी अधिवक्ता श्री नरेन्द्र प्रसाद पाठक अवलम्बित नजिर- × फैसला न्या.कृष्णजंग रायमाझी- यस अदालत संयुक्त इजलासमा मिति २०५१।९।१८ मा रायबाझी फैसला भै सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) अनुसार यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छः- 2. अंश मुद्दा दिएबाट चित्र बहादुरको मृतक कृष्ण बहादुरको आमा र म समेतसँग मन मोटाव थियो । भाई कृष्ण बहादुरले आफ्नो भान्साघर अगाडि पाली थप्न भनी तीन वटा खम्बा गाड्न लाग्दा चित्रबहादुरले सो खामा थप्न पाउँदैनस भनी भन्दै थिए । २०४५।२।६ गतेका दिन अन्दाजी ४ बजे भाई कृष्ण बहादुर सोही खामा गाडेकै ठाउँनेर कुर्सीबाट तल आँगनमा खसी निजको घटनास्थलमा नै मृत्यु भएको जाहेरी गरेको छु भन्ने समेत जाहेरी दरखास्त । 3. मृतकको छातीमा छर्रा लागी ठाउँ ठाउँमा छिया छिया परेको भन्ने समेत लास प्रकृति मुचुल्का । 4. चित्र बहादुरको घरबाट दुईनाले बन्दुक बरामद भएको भन्ने समेत बरामदी मुचुल्का । 5. मृतकसँग अंश मुद्दामा र प्रधानपञ्चको चुनावमा रिसइवी भै रहेको र २०४५।२।६ गतेका दिन मैले बन्दुक लोड गरी बोकी बगैचा तिर जान लाग्दा कृष्णबहादुर घरको आँगन नेर खम्बा गाडेको ठाउँमा थिए । निजलाई किन खम्बा गाडिस भनी भन्दा गाड्छु के गर्छस् गर भनेकोले आवेशमा आई लिएको बन्दुक फायर गर्दा निजको छातीमा लागेको र मृत्यु भयो भन्ने समेत प्रतिवादी चित्र बहादुरले प्रहरीमा गरेको बयान । 6. चित्र बहादुरले हानेको बन्दुकको फायरबाट कृष्णबहादुरको मृत्यु भएको हो भन्ने समेत रघुवर, दल बहादुर, पुष्कर बहादुर, प्रमिला समेतले प्रहरीमा गरी दिएको कागज । 7. कृष्ण बहादुरको मृत्यु चित्र बहादुरले हानेको बन्दुकको फाय