निर्णय नं. ४६२८ - सम्बन्ध विच्छेद
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४६२८ - सम्बन्ध विच्छेद भाग: ३४ साल: २०४९ महिना: माघ अंक: १० फैसला मिति :२०४९/१०/०८ ४७८३ निर्णय नं. ४६२८ ने.का.प. २०४९ (ग) अङ्क १० विशेष इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी वास्तोला माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी सम्वत् २०४९ सालको प्रतिवेदन नम्बर ५३ आदेश भएको मिति: २०४९।१०।८।५ मा निवेदक/वादी: जि.सप्तरी गा.वि.स. फत्तेपुर वार्ड नं. ३ बस्ने अम्बरकुमार खड्का विरुद्ध विपक्षी/प्रतिवादी: जि.उदयपुर देउरी गा.वि.स. वार्ड नं. ८ बस्ने जयन्ती खड्का विषय : न्याय प्रशासन ऐन, २०४८ को दफा १५ बमोजिम सार्वजनिक महत्व र सरोकारको विषयमा निर्णय गरी पाउँ मुद्दा : सम्बन्ध विच्छेद (१) मुलुकी ऐन अ.बं. ५९ नं. मा “यस महलको १४ र १९८ नं. बमोजिमको म्यादभित्र मुद्दा फैसला नभई तारेख गुज्रेमा फेरि ३ पटकसम्म गरी ६० दिनसम्मको गुज्रेको तारेख मुद्दा सुन्ने अड्डाले थामी दिन सक्नेछ” भन्ने व्यवस्था भई सामान्य कार्यविधि अपनाउन पर्ने मुद्दाको लागि म्याद तारेख थाम्ने व्यवस्था भएको देखिन्छ । संक्षिप्त कार्यविधि ऐन, २०२८ को दफा १० र ११(ख) मा पनि (मुलुकी ऐन १४ र १९८ नं. मा भएको व्यवस्था जस्तै) मुद्दा छिन्नु पर्ने अवधि ९० दिन तोकेको देखियो । तर ऐनको दफा १४(२) मा “यस ऐन बमोजिम हेरिने मुद्दामा यो ऐन र यस ऐन अन्तर्गत बनेको नियममा लेखिए देखि बाहेकका कार्यविधि सम्बन्धी अन्य कुराहरु प्रचलित नेपाल कानुन बमोजिम हुनेछ” भनी व्यवस्था गरिएको र संक्षिप्त कार्यविधि ऐन अन्तर्गत हेरिने मुद्दामा ऐनको दफा ८ को प्रतिबन्धात्मक वाक्यांशले काबु भन्दा बाहिरको परिस्थितिमा १५ दिन थाम्ने बाहेक म्याद तारेख थाम्न नसक्ने व्यवस्था भएको र सोही ऐनले नै मुद्दा छिन्ने अवधि समेत ९० दिन भनी तोकिएको र अ.बं. ५९ नं. ले संक्षिप्त कार्यविधि ऐन, ०२८ को दफा १० र ११(ख) लाई नअँगालेको अवस्थामा अ.बं. ५९ नं. को व्यवस्था भएको अ.बं. १४ र १९८ नं. को म्यादमा मुद्दा नछिनिएको अवस्थामा पाउने ६० दिनको सुविधा संक्षिप्त कार्यविधि ऐन, २०२८ ले व्यवस्था गरेको म्यादभित्र मुद्दा नछिनिएको अवस्थामा आकृष्ट नहुने हुँदा अ.बं. ५९ नं. लगाई सो म्याद तारेख थामी दिन नमिल्ने । (प्रकरण नं. ३) (२) संक्षिप्त कार्यविधि ऐनको दफा १४(१) मा “यस ऐन बमोजिमको कार्यविधि अपनाउनु पर्ने मुद्दामा सो बमोजिमको कार्यविधि नअपनाई अन्य प्रचलित नेपाल कानुन बमोजिमको सामान्य कार्यविधि अपनाएको रहेछ भने पनि सो कारणले मात्र भइसकेको कारवाही बदर हुने छैन” भन्ने उल्लेख भएको र यस विषयमा मातहतका जिल्ला अदालतहरुमा एकरुपता नभई कतिपय अदालतहरुबाट यस्तोमा अ.बं. ५९ नं. अन्तर्गत थाम्ने गरेको पनि बुझिएकोले प्रस्तुत मुद्दामा नथाम्दा मर्का पर्ने भएकोले जिल्ला अदालतले यस मुद्दामा तारेख थामेकोसम्म बदर गर्न उचित नहुँदा सो बदर हुँदैन । अब उप्रान्त संक्षिप्त कार्यविधि ऐन, २०२८ अन्तर्गतका मुद्दाहरुमा शुरु र पुनरावेदन तहको कार्यविधि समेतमा संक्षिप्त कार्यविधि ऐन अन्तर्गतकै कार्यविधि अपनाउनु पर्ने भएकोले संक्षिप्त कार्यविधि ऐनले तोकेको मुद्दा किनारा गर्ने म्याद नाघेको अवस्थामा अ.बं. ५९ नं. लगाई म्याद तारेख थाम्न मिल्दैन नथाम्नु भनी मातहतका अदालतहरुलाई यो आदेशको जानकारी गराई दिनु । (प्रकरण नं. ४) आदेश १. विपक्षीसंगको संक्षिप्त कार्यविधि ऐन, २०२८ अन्तर्गत कारवाही भइरहेको सम्बन्ध विच्छेद मुद्दा र सो मुद्दाको लगाउको मानो चामल मुद्दा समेत संक्षिप्त कार्यविधि ऐन अन्तर्गतको भई संक्