निर्णय नं. ७०२३ - मोही ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७०२३ - मोही । भाग: ४३ साल: २०५८ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०५८/०२/०३ २४१९ ने.का.प.२०५८ अङ्क ७/८ निर्णय न.७०२३ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री केशवप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री गोपालप्रसाद खत्री सम्वत् २०५५ सालको दे.पु.नं......४३७८ फैसला मितिः २०५८।२।३।४ मुद्दा :— मोही । पुनरावेदक प्रतिवादीः जिल्ला रौतहट गा.वि.स. भेडीयाही वार्ड नं. १ बस्ने धरीछन राय यादव विरुद्ध प्रत्यर्थी वादीः ऐ.वार्ड नं. ८ बस्ने जंगली साह तेली § विवादको जग्गामा ०५२ सालको खेतीमा जोतकोड गरी आवाद गर्नुपर्नेमा नगरी जानीजानी पर्ता राखी सो सालको कुत समेत नबुझाएको हुँदा मोहीबाट निस्कासन गरी पाऊँ भन्ने दावी रहेको देखिन्छ । वादी दावीको जग्गामा ०५२ सालको वाली जोतकोड गरी लगाएको छु। ०५२ साल माघ ५२ गते कुत समेत बुझाएको छु भन्ने पुनरावेदक प्रतिवादीको भनाई रहे पनि वाली बुझाएको रीतपूर्वकको भरपाई वा सम्बन्धीत कार्यालयमा कुत वापत धरौट राखेको प्रमाण पेश गर्न सकेको अवस्था देखिंदैन । ०५२ सालको वाली लगाएको भन्ने जिकिर लिए पनि साँध संधियार समेतको रोहवरमा भएको सर्जमिनमा वाली नलगाएको भन्ने निजहरुको भनाई रहेको अवस्था समेत विद्यमान रहेका देखिंदा यसरी विनाकारण जग्गा पर्ताराखी जोतकोड गरी वाली नलगाउने मोहीको मोहियानी हकले निरन्तरता नपाउने । (प्र.नं. ११) पुनरावेदक प्रतिवादी तर्फबाटः प्रत्यर्थी वादी तर्फबाटः अवलम्वित नजिरः फैसला प्र.न्या.केशवप्रसाद उपाध्यायः पुनरावेदन अदालत हेटौंडाको मिति २०५४।८।५ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) अन्तर्गत पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको व्यहोरा एवं ठहर यस प्रकार छ : २. म वादीको नाम दर्ताको गा.वि.स. भडीयाही वार्ड नं. ९ कि.नं. ८ को ज.वि.०–१–१६ र ऐ.ऐ. वार्ड नं. ९ कि.नं. १८४ को ०–१–१४ समेत दुबै कित्ता जग्गाको मोही प्रतिवादी रहेकोमा उक्त जग्गामा ०५२ सालको खेतीमा जोतकोड गरी आवाद गर्नुपर्नेमा सो नगरी काबुभन्दा बाहिरको परिस्थिति बाहेकमा सो जग्गाहरुलाई जानी जानी ०५२ साल वैशाख १ गतेदेखि ऐ. चैत्र मसान्तसम्म पर्ता राखी मैले पाउनु पर्ने कुत नदिएको र धरौट समेत नराखेकोले साक्षी सबुद बुझी मोही निष्काशन गरी कुतको विगो रु. ५५३।४५ प्र.बाट दिलाई भराई पाउँ भन्ने समेत व्यहोराको फिराद पत्र । ३. वादी दावीको जग्गा ०५२ सालको वालीमा जोतकोड गरी वाली लगाई उव्जाएको छु । वादी दावीको जग्गाको कुत २ मन ५०० ग्राम धान वादीलाई मैले प्रमाणको मानिसहरुको रोहवरमा २०५२ साल माघ २५ गतेका दिन तिरी बुझाई उसै बखत भरपाई माग्दा भरपाई नलिए पनि हुन्छ । वेइमानी गर्दिन भनी मलाई विश्वास पर्ने किसिमले भनी भरपाई दिनु भएन मेरो साक्षी प्रमाण सर्जमिन समेत बुझी वादीको झुठ्ठा दाबीवाट फुर्सत गरी पाऊँ भन्ने समेत व्यहोराको प्रतिउत्तर पत्र । ४. दुबै कित्ता जग्गा आवाद थियो प्रति थिएन । २०५२ सालको कुत २ मन ५०० गहुँ ०५२ साल माघ २ गते बुझाएको हो भन्ने समेत व्यहोराको प्र.को साक्षी दुखा साहले गरेको बकपत्र । ५. मोहीले दावी बमोजिम जग्गा पर्ता राखेको पुष्टि हुन नआएकोले मोही निष्काशन गरी पाऊँ भन्ने वादी दावी पुग्न सक्दैन । प्रतिवादीले कुत बुझाएको मिसिल संलग्न प्रमाणबाट प्रमाणित भएको नदेखिंदा दावी बमोजिमको कुतवालीसम्म बादीले प्रतिवादीबाट भराई लिन पाउने ठहर्छ भन्ने समेत व्यहोराको रौतहट जिल्ला अदालतको मिति २०५४।२।१ को फैसला । ६. प्रतिवादीका प्रमाणका मानिसहरुको भनाई नै एक आपसमा बाझीएकोमा सो तर्फ ध्यान