निर्णय नं. ४६२९ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४६२९ - उत्प्रेषण भाग: ३४ साल: २०४९ महिना: माघ अंक: १० फैसला मिति :२०४९/१०/१२ २४०६ निर्णय नं. ४६२९ ने.का.प. २०४९ (ग) अङ्क १० संयुक्त इजलास का.मु. सम्माननीय प्रधान न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय २०४७ सालको रिट नं. ६३६ आदेश भएको मिति: २०४९।१०।१२।२ मा निवेदक : द टिम्बर कर्पोरेशन अफ नेपाल शाखा कार्यालय काठमाडौंका वरिष्ठ अधिकृत पदमा कार्यरत सुरज सिंह विरुद्ध विपक्षी : अध्यक्ष, सञ्चालक समिति, द टिम्बर कर्पोरेशन अफ नेपालसमेत विषय : उत्प्रेषण (१) बढुवाको लागि सिफारिश गर्ने निर्णय प्रकाशित भएपछि संस्थामा नियुक्ति, बढुवा र बिभागीय कारवाही सम्बन्धी सामान्य सिद्धान्त, २०४३ को दफा ५.१२(१) र (२) अनुसार चित्त नबुझेमा उजूर गर्न पाउने व्यवस्था भएकै देखिन्छ । यी रिट निवेदकले उक्त सामान्य सिद्धान्तको व्यवस्था अनुसार कहीं उजूर गरेको देखिँदैन । साथै प्रस्तुत रिटनिवेदनमा पनि बढुवा निर्णयको सम्बन्धमा कुनै जिकिर लिएको छैन । अतः बढुवाबाट निवेदकलाई असर परेको भन्ने जिकिर भएकोमा सो बढुवा गैरकानुनी भए उजूर गर्न पाउने वैकल्पिक उपचारको बाटो अवलम्बन नगरी यस अदालतको असाधारण अधिकार क्षेत्र अन्तर्गत प्रवेश गर्न आएको देखिन आएको हुँदा निवेदकको माग बमोजिमको आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. ११) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री हरिप्रसाद नेउपाने प्रत्यर्थीतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री मोहनबहादुर थपलिया, विद्वान अधिवक्ता श्री हरिहर दाहाल, विद्वान अधिवक्ता श्री शिवराज अधिकारी आदेश का.मु.प्र.न्या.सुरेन्द्रप्रसाद सिंह १. नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त तथ्य यस प्रकार छ :– २. म निवेदक २०४२।८।२ मा इन्धन संस्थान केन्द्रीय कार्यालयमा ७ तहमा स्थायी भएको, इन्धन संस्थान, द टिम्बर कर्पोरेशन अफ नेपालमा गाभिन गएकोले टिम्बर कर्पोरेशन अफ नेपालको शाखा कार्यालय काठमाडौंको तह ७ को वरिष्ठ अधिकृत पदमा कार्यरत रहेको, संस्थामा नियुक्ति, बढुवा र विभागीय कारवाही सम्बन्धी सामान्य सिद्धान्त, २०४३ को विपरीत साविक इन्धन संस्थानमा नेपाल व्यापार कम्पनी नारायणीबाट सरुवा भएका विपक्षीहरु ब.अ. गणेशप्रसाद उपाध्याय र रेमन्तराम ढकालको नाम विपक्षी पदपूर्ति समिति, टि.सि.एन, ले २०४६।६।२० को ज्येष्ठताको क्रम सूचीमा प्रकाशित गरेकोले व.अ. विदुरजंग कार्की र मैले २०४६।७।१ मा पदपूर्ति समितिमा अनियमित सरुवा भएका व्यक्तिहरुको अनियमित तवरको काम कारवाही बदर गरी ज्येष्ठताक्रम सूचीबाट विपक्षीहरुको नाम हटाई पाउन निवेदन प्रस्तुत गरी विपक्षी लोकसेवा आयोगलाई जानकारी समेत गरेका छौं । पदपूर्ति समिति, टि.सि.एन.ले २०४७।३।२३ को निर्णय भनी खाली भएको संख्या ६ तह ८ प्रशासन सेवा अन्तर्गतका पदहरुमा बढुवाको लागि सिफारिश गर्ने निर्णयको जानकारी २०४७।३।२५ को गोरखापत्रमा प्रकाशित भएको, तह ८ को प्रशासन सेवा तर्फको रिक्त पदसंख्या ३ मा बढुवाको लागि सिफारिश गर्ने निर्णय २०४७।३।२५ मा गरी २०४७।३।२६ को गोरखापत्रमा सूचना प्रकाशित गरिएको दुवै निर्णयहरु अनियमित, गैरकानुनी छन् । उपरोक्तानुसार विपक्षीहरुको शुरु अन्तर संस्थान सरुवा र निजहरुको ज्येष्ठताको क्रमसूची प्रकाशित गरेको सम्बन्धमा मैले प्रस्तुत गरेको निवेदनमा म निवेदकको जिकिर पुग्न नसक्ने भनी मलाई २०४७।४।२ मा जानकारी गराइयो र अनियमित अन्तर संस्थान सरुवालाई यथावत कायम राखी विपक्षी पदपू