निर्णय नं. ४६३० - बन्दीप्रत्यक्षीकरण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४६३० - बन्दीप्रत्यक्षीकरण भाग: ३४ साल: २०४९ महिना: माघ अंक: १० फैसला मिति :२०४९/१०/२१ २७३० निर्णय नं. ४६३० ने.का.प. २०४९ (ग) अङ्क १० संयुक्त इजलास का.मु. सम्माननीय प्रधान न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ २०४९ सालको फौ.पु.नं. ५५१ फैसला भएको मिति: २०४९।१०।२१।४ मा पुनरावेदक: कारागार शाखा विराटनगरमा थुनामा बस्ने कृष्णराज विष्ट विरुद्ध प्रत्यर्थी : मोरङ जिल्ला अदालतसमेत मुद्दा : बन्दीप्रत्यक्षीकरण (१) वादी श्री ५ को सरकारले लागू औषधको कारोबार गरेको कुराको दावी लिई चलाएको मुद्दामा बरामद भएको दशी हिरोइन हो होइन भन्ने कुरामा यकिन गर्न रिट क्षेत्रबाट नमिल्ने । (प्रकरण नं. १०) (२) शुरु जिल्ला अदालतले प्रहरी प्रतिवेदन दर्ता गरी तत्काल प्राप्त प्रमाणका आधारमा सबूद प्रमाणको मूल्याड्ढन गरी पुर्पक्षको लागि थुनामा राख्ने गरी आदेश गरी राखेको अवस्थामा रिट क्षेत्रबाट मुद्दाको तथ्यमा प्रवेश गरी हेर्नु पर्ने आवश्यकता नहुने । (प्रकरण नं. १०) (३) मुद्दामा सबूद प्रमाणका आधारमा कानुन बमोजिम निर्णय हुनुपर्ने तथ्य सम्बन्धी कुरामा मुद्दा सरह गरी निर्णय गर्न रिट क्षेत्रबाट नमिल्ने । (प्रकरण नं. १०) फैसला का.मु.प्र.न्या.सुरेन्द्रप्रसाद सिंह १. पुनरावेदन अदालत विराटनगरको ०४९।७।२७ को फैसला उपर पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण एवं निर्णय यस प्रकार छ :– २. वादी श्री ५ को सरकार भई म समेत उपर दायर लागू औषध (हेरोइन) भन्ने मुद्दामा मलाई पूर्पक्षार्थ अ.बं. ११८ नं. को देहाय २ बमोजिम थुनामा राख्ने गरी मोरङ जिल्ला अदालतले ०४९।६।२८ मा गरेको आदेशानुसार म अहिले थुनामै छु । सरकारी वकील सम्बन्धी नियमावली, ०२८ को नियम २२ को खण्ड (क) ले प्रहरीको साथ मौका तहकिकात गर्ने काम कर्तव्य जिल्ला न्यायाधिवक्ताको हो । सरकारी मुद्दा सम्बन्धी नियमावली, ०२८ को नियम २(१)(घ) सपटित नियम ५(६) ले घटनास्थलमा घर खानतलासी गरेको भनी तयार गरिएको भनिएको खानतलासी तथा बरामदी मुचुल्कामा जिल्ला न्यायाधिवक्ता सामेल छैन । खानतलासी गर्नु पूर्व काम गर्न पस्ने व्यक्तिहरुको शरीरको तलासी लिएको मुचुल्कामा काम तामेल गर्ने २ जना प्रहरी निरीक्षक र २ जना प्रहरी नायब निरीक्षक देखिन्छन् भने बरामदी मुचुल्कामा काम तामेल गर्न २ जना प्रहरी निरीक्षक २ जना प्रहरी नायब निरीक्षक एउटा सहायक निरीक्षक र २ जना प्रहरी जवान देखिन्छन् । यसरी ४ जना प्रहरीले मात्र आफ्नो शरीरको तलासी दिई मेरो कोठामा पस्नु पूर्व आफ्नो शरीरका तलासी नदिने ३ जना थप प्रहरी समेत जम्मा ७ जना प्रहरी मेरो कोठामा पसी अ.बं. १७२ नं. को देहाय ४ को विपरीत गरी उक्त खानतलासी र बरामदी मुचुल्का प्रहरीले गराएको छ । खानतलासी बरामदीको कार्य सम्पन्न गर्नु पूर्व लागू औषध नियन्त्रण अधिकारीको स्वीकृति लिनुपर्नेमा नलिएकोले सो खानतलासी र बरामदी स्वतः गैरकानुनी छ । मेडिकल डिक्शनरीमा अफिममा मर्फिन, ननेस्क्यापिन, कोडिन, पापा बेरिन, थाबेन आदि २० प्रकारका अल्कल्यावड हुन्छन् भन्ने उल्लेखित छ । यसको अर्थ यी मध्ये विभिन्न चिजहरु जस्तै मारियो रकोडिन क्रमशः इन्जेक्सन र खोकीको औषधिको रुपमा बजारमा उपलब्ध छन् । हेरोइन चाही मर्फिनबाट बन्छ । लागू औषध नियन्त्रण ऐन, २०३३ ले मर्फिन, कोडिन आदिलाई लागू औषध नभनेकै कारणले ती बजारमा उपलब्ध छन् । तसर्थः ती भन्दा पछिको पुस्ताको हेरोइन लागू औषध नियन्त्रण ऐन, २०३३ मा बन्देज लगाइएको लागू औषधमा नपर्ने हुँदा हेरोइन भनी पेश गर