निर्णय नं. ७०२४ - उत्प्रेषण ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७०२४ - उत्प्रेषण । भाग: ४३ साल: २०५८ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०५८/०३/१२ २७८९ ने.का.प.२०५८ अङ्क ७/८ निर्णय न.७०२४ संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी संवत् २०५६ सालको रिट नं. ४३८५ आदेश मितिः २०५८।३।१२।३ विषयः उत्प्रेषण । रिट निवेदकः ललितपुर जिल्ला ल.पु.उप न.पा.वडा नं. १९ कुमारी पाटी वस्ने गिलवहादुर वस्नेत। विरुद्ध विपक्षीः भूमिसुधार कार्यालय ललितपुर समेत । § भूमि सम्बन्धी ऐन, २०२१ र नियम वमोजिम जग्गा वांडफांड सम्बन्धी निवेदन परेकोमा त्यस्तो निवेदन उजुरी दिने व्यक्ति मोही हुन सक्ने हो होइन भन्ने सवुद प्रमाण बुझि निर्णय गर्नुपर्ने कुरामा छोरीको जग्गामा वावु मोही हुन नसक्ने भनि विना आधार प्रमाण नै निर्णय गरेको देखियो । सर्वप्रथम सम्बन्धित पक्षहरुको मोहियानी तर्फ वयान तथा एकअर्काको सवुद प्रमाण दाखिल गर्न लगाई निरोपण गरी वावु छोरी नाताका पक्ष विपक्षीहरुको कानूनी स्थितिवाट मोही र जग्गाधनीको हैसियत कायम हुन नसक्ने भए सोही कुराको र अन्यथा सोही आधारमा जग्गा वांडफांड सम्बन्धी निर्णय गर्नुपर्ने देखिन्छ । मोहियानी हक वेहक सम्बन्धी भूमिसुधार अधिकारीले गरेको निर्णय उपर कानूनतः पुनरावेदन लाग्ने अवस्था समेत हुँदा कानून वमोजिम पुनरावेदनको म्याद दिई नियमित उपचारको प्रक्रियावाटै निरोपण हुने बिषय समेतमा कानून वमोजिमको कार्यविधि नअपनाई कानूनी उपचारको मार्ग समेत अवरुद्ध हुने गरि रिट निवेदकको जग्गा वांडफांड सम्बन्धी उजुरी एकाएक खारेज गरेको स्पष्टतः कार्यविधिगत त्रुटि देखिएकोले मिति २०५७।२।३२ को भूमिसुधार कार्यालय ललितपुरको निर्णय उत्प्रेषणको आदेशले वदर हुने । (प्र.नं. १०) निवेदक तर्फबाटः विव्दान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी, विव्दान अधिवक्ता श्री ताराप्रकाश पौडेल विपक्षी तर्फबाटः विव्दान उपन्यायाधिवक्ता श्री दुर्गावन्धु अर्याल अवलम्वित नजिरः आदेश न्या.केदारनाथ उपाध्यायः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(२) अन्तर्गत परेको प्रस्तुत रिट निवेदन सहितको संक्षिप्त व्यहोरा यसप्रकार छ । २. ललितपुर जिल्ला ल.पु.उप न.पा.वडा नं. १९ इखालखु तपोखरी स्थित कि.नं. ६३ को क्षेत्रफल ०­३­२ साविक ज.ध. ऐ. वडा नं. १९ वस्ने दुर्गादेवी श्रेष्ठ भएको जग्गा भू.सु. ऐन, २०२१ लागु हुँदाको अवस्था पूर्व नै जोती आएको जोताहा मोही हुं । साविक जग्गाधनी दुर्गा देवीले ऐ. वडा नं. २० वस्ने श्रीमती रुकुम कुमारी कार्कीलाई, रुकुम कुमारीले ऐ. वडा नं. १९ वस्ने चिनी भन्ने देवकुमारी वस्नेत क्षेत्रीलाई राजिनामा गरि दिंदा पनि जोताहा मोही म नै कायम भएको छ। मैले वर्षेनी वाली बुझाई भरपाई लिइ राखेको छु । जोताहा अस्थायी निस्सा पनि प्राप्त गरेको छु । फिल्ड वुकको जोताहा महलमा मेरै नाम उल्लेख छ । भूमि सम्बन्धी ऐन, २०२१ को (चौथो संशोधन) दफा २६(घ) वमोजिम जग्गा वांडफांडको लागि २०५६।९।८ मा भू.सु.का. ललितपुरमा निवेदन दिएकोमा कार्यालयले जग्गा वांडफांड नगरि मिति २०५७।२।३२ को निर्णयवाट मेरो निवेदन खारेज गर्यो । ३. भूमि सम्बन्धी नियमावली, २०२१ को नियम ६ वमोजिमको प्रक्रियाव्दारा अनुसूची १ वमोजिम मोहीको लगत तयार भै ऐ. अनुसूची ४ बमोजिम जोत अस्थायी निस्सा प्राप्त गरेको छु। भूमिसुधार कार्यालय ललितपुरवाट ल.पु.उप न.पा.वडा नं. १९ को अनुसूची प्रकाशित भएको छैन । अड्डाले अनुसूची प्रकाशित नगरेमा मोही हक समाप्त हुन सक्दैन । मोहीको हैसियतले मैले प्राप्त गरेको जोत अस्थायी निस्सा न