निर्णय नं. ४६३१ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४६३१ - उत्प्रेषण भाग: ३४ साल: २०४९ महिना: माघ अंक: १० फैसला मिति :२०४९/१०/०७ ४८८३ निर्णय नं. ४६३१ ने.का.प. २०४९ (ग) अङ्क १० संयुक्त इजलास का.मु.सम्माननीय प्रधान न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ २०४६ सालको रिट नं. ९३९ आदेश भएको मिति: २०४९।१०।७।४ मा निवेदक : जि.सर्लाही, गा.पं. सुखचेना लक्ष्मीपुर गा.पं.वा. नं.९ बस्ने बिकाउ राउत कुर्मी विरुद्ध प्रत्यर्थी : सर्लाही जिल्ला अदालतसमेत विषय : उत्प्रेषण (१) कुनै पनि व्यक्तिको हकहितमा असर पर्ने सारवान कानुन भूतलक्षी असर हुने गरी लागू गर्नु न्याय प्रशासनको सिद्धान्त विपरीत हुन जाने । (प्रकरण नं. १३) (२) मुद्दा दायर भएपछि संशोधित ऐन प्रयोग गरी सजायँ भएको जिल्ला अदालतको फैसला न्यायसंगत नहुनुको साथै संविधानको विपरीत समेत देखिने । (प्रकरण नं. १३) (३) कार्यविधि कानुनले पश्चातदर्शी असर ग्रहण गर्न सक्ने । (प्रकरण नं. १४) (४) अदालतबाट निर्णय हुनुभन्दा अगाडि नै कार्यविधि सम्बन्धी कानुनी व्यवस्थामा संशोधन भएपछि सो कार्यविधि पालना नगरी फैसला गरेकोलाई कानुनसंगत मान्न नमिल्ने । (प्रकरण नं. १४) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा प्रत्यर्थीतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री बलराम के.सी. आदेश का.मु.प्र.न्या.सुरेन्द्रप्रसाद सिंह १. नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. पनिलाल साह कलवारले तीनबोरा गांजा र एउटा प्लाष्टिकमा रहेको गांजा समेत मेरो बारीमा फ्यांकेकोले कारवाही गरिपाउँ भनी निवेदकले ०४३।४।२९ मा प्रहरी चौकी सुन्दरपुरमा जाहेरी दिई ०४३।४।३० मा भएको बरामदी मुचुल्कामा निवेदक रोहवरमा रहेको । प्र.ज. नरबहादुरले वतहु साह कलवारको घरमा अवैध गांजा रहेको भनी ०४३।४।३० मा जि.प्र.का. सर्लाहीमा जाहेरी दिई खानतलासी गर्दा गांजाको बिउ समेत रहेको गांजा बरामद गरी सरजमीन मुचुल्का गरी प्रत्यर्थी वादीले ०४३।५।६ मा निवेदक समेत उपर लागू औषध नियन्त्रण ऐन, २०३३ को दफा ४(च) को आरोपमा दफा १४(ग) बमोजिमको सजायँ हुन बागमती विशेष अदालतमा प्रहरी प्रतिवेदन दायर भई सर्लाही जिल्ला अदालतबाट निवेदकको हकमा बारीमा २ वटा तराजु र ५९ किलो ५०० ग्राम गांजा बरामद भएको, प्रतिवादी विकाउ राउतको ०४३।४।२९ को निवेदन पछि अन्य काम कारवाहीमा निजको उपस्थिति नदेखिएको, सरजमीनमा उपस्थित नभएको, अदालतबाट जारी भएको म्याद २०४३।७।२२।७ मा निजको घर दैलामा तामेल भएपछि म्याद गुजारी बसेको भन्ने आधारमा लागू औषध नियन्त्रण (दोश्रो संशोधन) ऐन, २०३३ को दफा ४ को कसूर गरेको ठहराई फैसला भएको हल्ला गाउँमा सुनी कानुन व्यवसायीलाई सम्पर्क राख्दा ०४३।८।७ मा निजले फैसला लगायतको कागजातको व्यहोरा सारी थाहा पाएँ । सर्लाही जिल्ला अदालतले मलाई कैद वर्ष तीन र जरिवाना रु. पच्चीस हजार गर्ने गरी गरेको फैसला लगायत प्रत्यर्थीहरुको सम्पूर्ण काम कारवाही बदरभागी छ । ३. २०४३।५।६ मा मुद्दा दायर गर्दा तत्कालिन प्रचलित लागू औषध नियन्त्रण ऐन, २०३३ को दफा ४(च) को कसूर देखाई दफा १४(ग) को सजायँ माग गरेकोमा सो अनुसार फैसला नगरी ०४३।७।२४ मा भएको पहिलो संशोधन र ०४४।९।६ मा भएको दोश्रो संशोधन पछिको ऐन प्रयोग गरी सजायँ गरेको नेपालको संविधान, २०१९ को धारा ११(३), कानुन व्याख्या सम्बन्धी ऐन, २०१० को दफा ४ समेत विपरीत छ । २०४५।१२।२० मा फैसला हुनु अगावै ०४३।७।२४ मा अ.बं. को ९४