निर्णय नं. ७०२५ - वन्दिप्रत्यक्षीकरणको आदेश जारी गरीपाउं ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७०२५ - वन्दिप्रत्यक्षीकरणको आदेश जारी गरीपाउं । भाग: ४३ साल: २०५८ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०५८/०४/१८ ३३५१ ने.का.प.२०५८ अङ्क ७/८ निर्णय न.७०२५ संयुक्त इजलास माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी माननीय न्यायाधीश श्री ज्ञाइन्द्रवहादुर श्रेष्ठ संवत २०५८ सालको रिट नं. ....... १६ आदेश मितिः २०५८।४।१८।५ विषयः वन्दिप्रत्यक्षीकरणको आदेश जारी गरीपाउं । निवेदकः रामेछाप जिल्ला गुम्देल गा.वि.स. वडा नं. १ घर भई हाल कारागार शाखा रामेछापमा थुनामा रहेको तेम्दी शेर्पाको हकम एकाघरकी श्रीमती वर्ष २७ की रिनु शेर्पा विरुद्ध विपक्षीः रामेछाप जिल्ला अदालत, रामेछाप समेत · फैसला वमोजिम भरी पाउने ठहरेको विगो प्रतिवादीको यो यो अचल सम्पत्तिवाट भरी पाउ भनी प्रतिवादीको जेथा देखाई लेनदेन मुद्दाको वादी वावुकाजी शेर्पाले दरखास्त दिएकोमा मालपोत कार्यालय वुझ्दा सो घर जग्गा ऋण सुरक्षण कृषि विकास वैक वाम्तीवाट रोक्का धितो रहेको भन्ने मालपोत कार्यालय रामेछापको ५७।६।१० को पत्रवाट देखिएको स्थितिमा वादीले फैसला वमोजिम भरी पाउने ठहरेको विगो भरीभराउ हुन नसकी प्रतिवादी (निवेदक) लाई थुनामा राखी पाउँ भनी मुलुकी ऐन लेनदेन व्यवहारको १९ नं र दण्ड सजायको ४२ नं वमोजिम थुनामा राख्न एक वर्षको लागी सिधा समेत २०५८।३।१७ मा दाखिल गरेकोमा विपक्षी रामेछाप जिल्ला अदालतले ०५८।३।२५ मा थुनामा राख्ने आदेश गरेको देखिन्छ । सो आदेश भै सकेपछी सोही दिन ०५८।३।२५।२ मा केही जग्गा वकसपत्र वाट प्राप्त गरी सो जग्गा वाट भरी भराउ होस भनी २०५३।३।२५।२ मा रामेछाप जिल्ला अदालतमा निवेदन दिए पनि रामेछाप जिल्ला अदालतले थुनामा राख्ने आदेश गरी सकेपछि मात्र उक्त निवेदन परेको अवस्थामा केही गर्न परेन भनी रामेछाप जिल्ला अदालतवाट भएको आदेशलाई अन्यथा भन्न नमिल्ने । (प्र.नं. १०) निवेदक तर्फबाट: विद्वान अधिवक्ताव्दय श्री एकराज भण्डारी र श्री अच्यूतमकुमार ढकाल विपक्षी तर्फबाट: विद्वान सहन्यायधिवक्ता श्री राजनारायण पाठक, विद्वान अधिवक्ता श्री हरिशंकर निरौला अवलम्वित नजिरः आदेश न्या.ज्ञाइन्द्रबहादुर श्रेष्ठ: नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८(२) वमोजिम यस अदालतको क्षेत्राधिकार भित्र पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ: २. वादी वावुकाजी शेर्पा र प्रतिवादी तेम्दी शेर्पा वीच चलेको लेनदेन मुद्दा रामेछाप जिल्ला अदालतबाट अन्तिम फैसला भई फैसला वमोजिम विगो भरी भराउमा वादी वावुकाजी शेर्पाको निवेदन रामेछाप जिल्ला अदालतमा परी सो वुझाउनु पर्ने विगो वापतको रकम अघि नै वुझाई तारेखमा वसीरहेको थिएं । विपक्षी वावुकाजी शेर्पाले विगो भरी भराउको लागि देखाएको जेथाका सम्वन्धमा रामेछाप जिल्ला अदालतवाट मालपोत कार्यालय रामेछापलाई उक्त जग्गाहरुको श्रेस्ता उतार माग गर्दा उक्त जग्गाहरु कृषि विकास वैंकबाट रोक्का रहेको भन्ने जानकारी पठाएपछि उक्त जग्गाहरुबाट विगो असुल हुने नदेखि मिति ०५८।३।१४ मा विपक्षी वावुकाजी शेर्पाले विगो वापत कैदमा राखी पाउं भनी सिधा खर्च राखी रामेछाप जिल्ला अदालतमा निवेदन दिनु भएछ । त्यसपछि प्रहरीले मलाई पक्राउ गरी ल्याएपछि विगो असुल उपर गर्ने मेरो अन्य जेथा छन सो वाट असुल उपर होस् भनी मैले भन्दा नसुनी रामेछाप जिल्ला अदालतबाट मलाई कैदमा राख्ने गरी ०५८।३।२५ मा आदेश पर्चा भएकोले हाल म गैर कानूनी थुनामा वसीरहेको छु । विपक्षीले देखाएका जग्गाहरु वैंकको कर्जा लिए वापत सुरक्षणको लागि वैंकले रोक्का राखेको भएतापनि म सं