निर्णय नं. ७०२६ - कर्तव्य ज्यान ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७०२६ - कर्तव्य ज्यान । भाग: ४३ साल: २०५८ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०५८/०४/२२ ३५६८ ने.का.प.२०५८ अङ्क ७/८ निर्णय न.७०२६ संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री टोपवहादुर सिंह सम्वत् २०५४ सालको फौ.नं..........१४३१ फैसला मितिः २०५८।४।२२ मुद्दा : कर्तव्य ज्यान । पुनरावेदक प्रतिवादीः सिन्धुपाल्चोक जिल्ला ठूलो पाखर गा.वि.स. वडा नं. २ बस्ने देव साङ्गे लामा विरुद्ध प्रत्यर्थीः बुद्धिमाया तामाङ्गको जाहेरीले श्री ५ को सरकार · मुलुकी ऐन, ज्यान सम्बन्धी महलको १४ नं. को कानूनी व्यवस्था हेर्दा ज्यान मार्नको मनसाय नरहेको ज्यान लिनुपर्ने सम्मको ईवी पनि नरहेको, लुकी चोरी नहानेको उसै मौकामा उठेको कुनै कुरामा रिस थाम्न नसकी साधारण लाठा, ढुङ्गा, लात, मुक्का इत्यादि हान्दा सोही चोट पिरले मरेको १० वर्ष कैद गर्नुपर्ने व्यवस्था उल्लेख भएको र ऐ.१७(३) नं. मा ज्यान मार्ने मतलवमा फसेको मुख्य भै वचन पनि नदिने हात हतियार पनि नछोड्ने, जिउमा पनि नछुने मार्ने ठाउँमा गई अरु कुरा केही नगरी हेरी रहनेलाई र अन्य मतलवीलाई ६ महिना देखि तीन वर्ष सम्म कैद गर्नुपर्ने उल्लेख भएको पाइन्छ । यसरी मुलुकी ऐन ज्यान सम्बन्धीको १४ नं. को कसूरको प्रकृति संग ऐ. १७(३) नं. को कसूरको प्रकृति पूर्णत असान्दर्भिक एवं असम्बन्धीत रहेकोमा वादीले ज्यान समबन्धीको १४ नं. को कसूरको दावी लिएको अवस्थामा उक्त १४ नं. को दावी पुष्टि हुन नसके पछि प्रतिवादीहरुले वादी दावी भन्दा असान्दर्भिक एव दफा १७(३) को कसूर गरेको भनी मान्न सकिने अवस्था समेत रहँदैन । (प्र.नं. ५३) पुनरावेदक प्रतिवादी तर्फबाटः विव्दान अधिवक्ता श्री वच्चुसिंह खड्का र जानकी गिरी विरुद्ध वादी श्री ५ को सरकारको तर्फबाटः उपन्यायाधिवक्ता श्री जनक अधिकारी अवलम्वित नजिरः फैसला न्या.गोविन्दबहादुर श्रेष्ठः न्याय प्रशासन ऐन, २०४८ को दफा १२ बमोजिम पुनरावेदन अदालत पाटनको फैसला दोहोर्याई पाउँ भनी निवेदन पर्न आएकोमा सोही दफा बमोजिम दोहोर्याउने निस्सा प्रदान भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ । २. विपक्षी प्रतिवादीहरु गाउँ घरमा मादक पदार्थ सेवन गरी हुल दङ्गा गरी हिड्ने र निजहरुलाई मेरो पति पदम बहादुरले यसरी झगडा गरी हिड्न हुँदैन भनी गाली गर्ने गर्दा विपक्षीहरुले रिस इवि लिई बसेको र जि.का.सि.पा.मा. सार्वजनिक अपराधमा र अदालतमा कुटपिट समेत परेको रिकर्ड छ । यस्तैमा २०४२।१०।१२ गते पाल्पो स्वरी महादेव स्थानको जात्रा हुँदा सो जात्रामा मेरो पति लगायतका विपक्षीहरु समेत जात्रा हेर्न गएका रहेछन । बेलुका फर्कि घर आउँदा जिरी सडकमा आई तमाला तामाङनीको होटलमा आई विपक्षीहरु अगाडि रहेछन् । वेलुका ६.३० वजेको समय हुँदो हो, विपक्षीहरुले यो पदमवहादुरलाई आज मौका पर्यो यस्को लास वनाउँछौं भनी कमलवहादुरको छोरा धनलाल तामाङ्ग समेतले मेरो पति उपर लाठा ढुङ्गाले हिर्काई मार्न पर्छ भनी सख्त कुटपिट गरिरहेके अवस्था कुल बहादुर तामाङ, वावुराम तामाङ, कान्छाराम लामा समेतले छुट्याउन जांदा निजहरुलाई समेत लाठा ढुंगाले हिर्काइ घा.चोट पारेछन्। पछि म समेतले खबर पाई हेर्न जाँदा कुटी सास मात्र बाँकी राखेको रहेछ गाउँको प्रधानपन्च समेतले बोकी वडा नं. ३ को कर्मडुण्डुपको घरमा ल्याई विहान ६ बजे प्राण गयो । विपक्षहरुले मेरो पतिलाई मारेको हुँदा ज्यान सम्बन्धी महल अनुसार सजाय गरीपाऊँ भन्ने बुद्धिमाया तामाङनीको जाहेरी दर्खास्त । ३. ठुलो पाखर गा.पं.बडा नं