निर्णय नं. ७०२७ - उत्प्रेषण लगायत परमादेश तथा अन्य आवश्यक आज्ञा आदेश पूर्जि जारी गरि पाउं ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७०२७ - उत्प्रेषण लगायत परमादेश तथा अन्य आवश्यक आज्ञा आदेश पूर्जि जारी गरि पाउं । भाग: ४३ साल: २०५८ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०५८/०३/२६ ३६७६ ने.का.प.२०५८ अङ्क ७/८ निर्णय न.७०२७ संयुक्त इजलास माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी सम्वत् २०५६ सालको रिट.नं.....२९३३ आदेश मितिः २०५८।३।२६।३ विषयः उत्प्रेषण लगायत परमादेश तथा अन्य आवश्यक आज्ञा आदेश पूर्जि जारी गरि पाउं । निवेदिकाः का.जि.का.म.न.पा.वडा नं. १० नयां वानेश्वर स्थीत सुप्रीम फेसन्स प्रा.लि. को तर्फवाट र आफनो हकमा पनि ऐ.वडा नं. ३४ वस्ने ऐ. कम्पनीको अध्यक्ष श्रीमती इन्दीरा जंगम बिरुद्ध विपक्षीः नेपाल राष्ट्र वैंक, केन्द्रिय कार्यालय, वालुवाटार समेत · नेपाल राष्ट्र वैंकले नै २०५५।७।२७ मा निर्णय गर्दा निश्चित प्रकृया अख्तियारको आधारमा कालोसूचीमा राखिएको देखिएन भन्ने पत्रलाई राष्ट्रिय वाणिज्य वैंकले कुनै वास्ता गरेको नदेखिएको, वैंकले एलसी खोल्दा एलसी रकमको सुरक्षण निमित्त धितो लिई एलसी खोलेवाट र त्यस्तो वैंकले मागे वमोजिम सुरक्षण दिई एलसी खोल्नेवाट एल.सी रकम नतिरेमा वैंकले आफ्नो ऋण असुल गर्न सक्ने नै अवस्था र्भै ऋण सुरक्षित नै रहेको हुंदा वैंकले मागे वमोजिमको धितो राख्ने निवेदकलाई कालोसूचीमा राख्ने गरेको विपक्षीहरुको कार्यवाट निवेदकको उद्योग व्यवसाय गर्ने कार्यलाई असर परेको देखिदा निवेदकको नेपाल अधिराज्यको संविधान, २०४७ को धारा १२ को उपधारा १ (ङ) द्धारा प्रदत्त मौलिक हकमा आघात परेको देखिएवाट सो कालो सूचीमा राख्ने गरेको विपक्षीको सम्पूर्ण कार्य उत्प्रेषणको आदेश द्धारा वदर हुने । (प्र.नं. १३) निवेदिका तर्फबाट: विद्वान अधिवक्ताव्दय श्री कोमलप्रकास घिमिरे र श्री दिनेश त्रिपाठी विपक्षी तर्फबाट: विद्वान अधिवक्ताहरु श्री पूर्णमान शाक्य, श्री भरतराज उप्रेति, श्री कृष्णप्रसाद ढुंगाना र श्री हिमानन्द ढुंगाना । अवलम्वित नजिरः आदेश न्या.मीनबहादुर रायमाझीः नेपाल अधिराज्यको संविधान, ०४७ को धारा २३ र ८८(२) अनुसार यस अदालतमा पर्न आएको प्रस्तुत रिट निवदनको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ । २. म निवेदिकाले कम्पनी ऐन २०२१ अनुसार ०४८।९।३० मा सुप्रिम फेसन्स प्रा.ली. नामको कम्पनी स्थापना गरेको थिए । कम्पनीको अर्को संचालक शेयर होल्डर पुष्कर जंगम र थलमान सुवेदी हुनुहुन्छ । यो कम्पनी एक उद्योग हो र यसको उद्धेश्य तयारी पोशाक वनाउने र विदेश निकास गर्ने समेत हो, यसको लागि वैंक मार्फत एल.सी. खोलेर नै गरिनु पर्छ । वार्षिक ५।६ लाख डलर वरावरको तयारी पोसाक विपक्षी वाणीज्य वैंकवाट एल.सी. अन्तर्गत कारोवार गर्दै आएका थियौं । हामीलाई कपडा पठाउने कार्सिसन कम्पनी संग पत्राचार भई कपडाको गुणस्तर परीक्षण भई कैफियत भएको व्यहोरा उक्त कम्पनीले पनि मन्जुर गरि मूल्यमा कमि गर्ने भन्ने उक्त कम्पनीले भनेकोमा सो कपडावाट वनेको माल अमेरिकी कम्पनीले रद्ध गरि हामीलाई ठूलो घाटामा पारी अरु माल समेतमा असर परेकाले कपडाको गुणस्तर एल.सी. विपरीतको भएकाले त्यस्को भुक्तानी हुन नसक्ने वारे कारवाही भै रहेको व्यहोरा विपक्षी वाणिाज्य वैंकलाई समेत जानकारी थियो । पार्टीले डिस्क्रिपेन्सी देखाई भुक्तानी पठाउन चाहदैन भने वा अदालतमा मुद्दा छ भने एल.सी. को रकम भुक्तानी दिन वैंक वाध्य हुदैन । तर विपक्षी रा.वा.वैंक विशाल वजारले हामीलाई जानकारी नै नदिई रकम पठाएको छ । सो वारे कम्पनीलाई थाहा पनि नभएको र विपक्षी वैंकले कुनै सूचना पनि ह