निर्णय नं. ४६३५ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४६३५ - उत्प्रेषण भाग: ३४ साल: २०४९ महिना: माघ अंक: १० फैसला मिति :२०४९/१०/२६ २५३६ निर्णय नं. ४६३५ ने.का.प. २०४९ (ग) अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी वास्तोला माननीय न्यायाधीश श्री मोहनप्रसाद शर्मा २०४६ सालको रिट नं. ६१२ आदेश भएको मिति: २०४९।१०।२६।२ मा रिट निवेदक: भक्तपुर जिल्ला स्थित नेपोनिट वेयर होजियारी इण्डष्ट्रिज प्रा.लि.को तर्फबाट अधिकार प्राप्त ऐ. को संचालक डिल्लीराम रंजितकार विरुद्ध प्रत्यर्थी : श्री ५ को सरकार अर्थ मन्त्रालयसमेत विषय : उत्प्रेषण (१) कम्पनीले तयार पारी निकालेको कपडा सिर्फ होजियारी मात्रको हो वा सर्टिड्ड सुटिड्डलाई पनि काम लाग्न सक्ने हो सो कुराको यकीन गर्ने कुरा कपडा विशेषज्ञको भएको र विशेषज्ञको समेत रायबाट अन्तःशुल्क दरबन्दी संकेत संख्या १५(३)(ख) अनुसार अन्तःशुल्क असूल गर्ने गरेको निर्णय कानुनन् नै देखिँदा सो बदर गरी साविक दरबन्दी संकेतको १५(४)(ख) बमोजिम गराई पाउन परमादेश समेत जारी गरिपाउँ भन्ने रिटनिवेदन मनासिब नहुने । (प्रकरण नं. ८) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री हरिशंकर निरौला प्रत्यर्थीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री नरेन्द्रकुमार श्रेष्ठ आदेश न्या.गजेन्द्रकेशरी वास्तोला १. नेपालको संविधान, २०१९ को धारा १६ र ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको तथ्य यस प्रकार छ :– २. श्री ५ को सरकार उद्योग विभागमा यो नेपोनिट वेयर होजियारी ईण्डष्ट्रिज प्रा.लि. दर्ता रजिष्टर्ड भई होजियारी सामान तैयार तथा उत्पादन हुँदै आएको छ र मिति २०४६।३।२५ गतेसम्म पनि मो.प्र.श. १०% का दरले संकेत नं. १५–४(ख) अन्तर्गत अन्तःशुल्क रकम बुझाई आएको छु । हाल आएर प्रत्यर्थी अन्तःशुल्क कार्यालयले मिति २०४६।४।१९ गतेमा काटेको माग फाराम नं. १ अनुसार यस उद्योगको उत्पादन होजियारी सामानमा संकेत नं. १५–३(ख) अन्तर्गत प्रति मिटर रु. ४।१० पैसा प्रति किलो रु. ४।– का दरले अन्तःशुल्क तिर्नु पर्दछ भनी माग फाराम काट्ने काम भयो । यस उद्योगको उत्पादन होजियारी सामान यसरी संकेत नं. १५–३(ख) अन्तर्गत अन्तःशुल्क लाग्ने होइन र साविक देखि लागी आएको संकेत नं. १५–३(ख) अन्तर्गत मो प्र.श. १०% का दरले मात्र लाग्ने हो र हाल आएर मौजूद कानुनमा कुनै संशोधन पनि भएको छैन यो कारखानाको उत्पादनले केवल कटु गंजी जस्ता वस्तुमात्र तैयार हुने हो । सुटिङ शर्टिड्ड सरह कुनै हालतमा प्रयोग हुन नसक्ने हुँदा साविकमा कायम रही आएको प्र.श. १०% मा कुनै परिवर्तन हुनसक्ने होइन भनी मिति २०४६।४।१९ गतेमा काटिएको कापी उल्लेखित माग फाराम उपर अन्तःशुल्क कार्यालयमा कुराकानी हुँदा माथिल्लो स्तर श्री ५ को सरकारबाट यस्तै निर्णय भई आएको छ भन्ने मौखिक जवाफ प्राप्त भयो । यस उद्योगले उत्पादन शुरु गरेकै मितिदेखि आर्थिक ऐनको दफा ३ तथा अनुसूची ५ अन्तःशुल्क दरबन्दीको संकेत नं. १५–४(ख) मा तोकिएको होजियारी सामान मो.प्र.श. १०% का दरले काटिएको माग फाराम बमोजिम अन्तःशुल्क रकम बुझाउँदै आएको छ हाल आएर उक्त प्रचलनलाई अन्यथा ठहर गरी मिति २०४६।४।१९ मा काटिएको १ नं. को माग फारामलाई वैध मान्यता प्रदानको लागि मिति २०४६।३।२५ गरेको सम्म लागू रहेको नेपाल कानुनमा संशोधन भएको हुनुपर्दछ त्यसरी संशोधन भई संकेत नं. १५–३(ख) अन्तरगत अन्तःशुल्क लाग्ने हो भन्ने प्रत्यर्थीहरुको तर्क छैन । नेपाल कानुन तथावत नै छ । यस उद्योगबाट उत्पादीत होजियारी सामान सुटिङ सर्टिड्डमा प्रयोग हुन सक्ने भएकोले कपडाको अन्तःशुल्क सरह शुल्क दरबन्दी