निर्णय नं. ७०२८ - झुठ्ठा बिवरण पेश गरी नागरिकता लिएको ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७०२८ - झुठ्ठा बिवरण पेश गरी नागरिकता लिएको । भाग: ४३ साल: २०५८ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०५८/०३/०४ ३८३६ ने.का.प.२०५८ अङ्क ७/८ निर्णय न.७०२८ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल सम्बत २०५३ सालको फौ.पु.नं.१४०२ फैसला मितिः २०५८।३।४।२ मुद्दाः झुठ्ठा बिवरण पेश गरी नागरिकता लिएको । पुनराबेदक वादीः प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान बिभागको पत्रले श्री ५ को सरकार बिरुद्ध प्रत्यर्थी प्रतिबादीःजिल्ला पर्सा सुर्जाहा गा.बि.स.वडा नं. १ बस्ने दिनानाथ प्रसाद साह समेत § अरुणकुमार यादवको नामको नेपाली नागरिकताको सक्कल प्रमाण पत्र काठमाडौंमा डेरा गरी बस्ने भारत दिल्ली निवासी अमित बंशलको डेराबाट बरामद भई सो नागरिकतामा टाँसेको फोटो निज अमितको हो भनि घर धनिले लेखाई दिएको, अरुण कुमार नाम गरेको व्यक्ति अदालतमा उपस्थित हुन नसकेको, निज हाल कहाँ छ सो समेत प्रतिबादीहरुले देखाउन खुलाउन नसकेको एंव छटु राउतको जेठा छोरा राम प्रसादले अरुण कुमार नाम गरेको कुनै भाई छैन भनि जिल्ला प्रहरी कार्यालयमा गई निबेदन दिई सनाखत समेत गरेबाट सो नागरिकता प्राप्त गर्न दिएको दरखास्तमा टाँसेको फोटो छटु राउतको छोराको नभई भारत दिल्ली निवासी अमित बंशल नाम बताउने व्यक्तिको हो भन्ने कुरा उल्लेखित प्रमाण कागजबाट देखिन आएबाट प्रतिबादीहरुले झुठ्ठा बिवरण देखाइ गैर नेपाली नागरिकलाई नेपाली नागरिकता प्रमाण पत्र दिलाउन सिफारिशका साथै सनाखत समेत गरी नेपाल नागरिकता ऐन, २०२० को दफा १५ को कसुर गरेको प्रमाणित हुन आयो । § प्रतिबादी दिनानाथ बिद्याकान्तले प्र.अरुण कुमारलाई सिफारिश गरि नागरिकता दिलाएकोमा साबित छन छटुको जेठा छोरा राम प्रसादले दिएको मिति २०५०।८।२३ को निबेदनमा अरुण कुमार नाम गरेको छोरा छैन भनि उल्लेख गरेको कुरा निजले सनाखत गरेको अंश मुद्दामा बादी राम प्रसादले आफनो फिरादमा घ भाइ मात्र रहेकोले ३ बण्डाको १ बण्डा अंश पाउँ भनि २०५० सालमा दिएको अंश मुद्दामा अरुण कुमारलाई अंशियार नदेखिएकोमा पछि मिलापत्र गर्दा बिदेश गएको छ भनि सगोलमा रहने गरी मिलापत्र गरेको र मुद्दा परे पछि बनाएको प्रमाण देखिन्छ । नागरिकताको प्रमाण पत्र नागरिकको हैसियत चिन्ह (Status Symbol) भएकोमा प्रतिबादीहरुले सम्बन्धित व्यक्ति कै भनाइमा लागि सिफारिश गरी झुठ्ठा बिवरण दिएको समेत देखिंदा प्रतिबादीहरुले कसुर गरेको ठहर्याउनु पर्नेमा पुनराबेदन अदालत हेटौडाले सफाइ दिएको नमिलेकोले उल्टी हुन] । (प्र.नं. २९ र ३०) पुनरावेदक वादी तर्फबाटः विद्वान उपन्यायाधिवक्ता श्री भरतमणि खनाल प्रत्यर्थी प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ताव्दय श्री हरिहर दाहाल र श्री युवराज भण्डारी अवलम्वित नजिरः फैसला न्या.हरिप्रसाद शर्माः पुनराबेदन अदालत हेटौंडाको मिति २०५३।३।५ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अन्तर्गत दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ । २. शशि बस्नेतको नाममा बनेको का.न.पा.१ ज्ञानेश्वरको घरमा भारत दिल्ली घर र अमित बंशल नाम बताउने एकिन नाम थर वतन नखुलेको व्यक्तिले २०५० साल जेष्ठ महिना देखि घर बन्द गरी बेपत्ता भएको हाल सम्म कुनै खबर समेत नभएको हुँदा मेरो घरमा भएको निज व्यक्तिको सामानहरु हटाइ घर खाली गराइ पाउँ भन्ने शशि बस्नेतको पति दिपक बस्नेतको निबेदन पर्न आएकोले जि.प्र.का.काठमाडौंको च.नं. ८५९ मिति ०५०।४।२८ को प्राप्त आदेश पत्रानुसारको घर खाली गराउने सिलसिलामा अ