निर्णय नं. ६२१२ - बन्दीप्रत्यक्षीकरण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६२१२ - बन्दीप्रत्यक्षीकरण भाग: ३८ साल: २०५३ महिना: असोज अंक: ६ फैसला मिति :२०५२/०६/२६ ३५४६ निर्णय नं. ६२१२ ने.का.प. २०५३ पुर्ण इजलास माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री उदयराज उपाध्याय माननीय न्यायाधीश श्री नरेन्द्र बहादुर न्यौपाने सम्बत् २०४९ सालको रिट नं. ७१ आदेश मिति २०५२।६।२६।५ विषयः बन्दीप्रत्यक्षीकरण । निवेदक चीन सांघाई घर भै हाल सदरखोर डिल्लीबजार काठमाडौंमा थुनामा रहेको स्याउली विरुद्ध विपक्षी श्री ५ को सरकार, जिल्ला प्रहरी कार्यालय, मनाङ्ग श्री ५ को सरकार, जिल्ला प्रहरी कार्यालय, हनुमानढोका श्री जिल्ला सरकारी वकीलको कार्यालय, काठमाडौं श्री काठमाडौं जिल्ला अदालत श्री पुनरावेदन अदालत, पाटन श्री सदरखोर शाखा, डिल्लीबजार । राहदानी ऐन, २०२४ को दफा ५ को कसूर गरेकोद्य ठहर भएमा एक बर्षसम्म कैद वा रु. पाँच सयसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने देखिन आउँछ । अ.बं. ११८(३) नं. मा "नेपाल अधिराज्यमा स्थायी बसोवास नभएको कुनै अभियुक्त तत्काल प्राप्त प्रमाणबाट ६ महिना वा सो भन्दा बढी कैदको सजाय हुन सक्ने अपराधको कसूरदार हो भन्ने विश्वास गर्ने कुनै मनासिव आधार भएमा अड्डाले निजलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्नु पर्छ" भन्ने समेत उल्लेख भएको, निवेदकले लिएको नेपाली नागरिकता बदर भै सकेको अवस्था नभै निजले झुठ्ठा विवरण दिई नेपाली नागरिकता लिएको भन्ने मुद्दा मनाङ जिल्ला अदालतमा बिचाराधिनमा रहेको र निज नेपाली केटीसँग विवाह गरी निजहरुबाट छोरी समेत जन्मिई परिवार समेत बसोबास गरी राखेको देखिएको समेतबाट यस्तो अवस्थामा अ.बं. ११८(३) नं. बमोजिम पुर्पक्षको लागि थुनामा राख्ने गरेको काठमाडौं जिल्ला अदालतको आदेश सदर गरेको पुनरावेदन अदालत पाटन ललितपुरको आदेश मिलेको देखिन नआउने । (प्र.नं. ११) पुर्पक्षको लागि थुनामा राख्ने गरेको आदेश गैर कानूनी भएकोबाट बन्दीप्रत्यक्षीकरणको आदेश जारी हुँदैमा मुद्दामा असर पर्न जान्छ भन्न नमिल्ने । (प्र.नं. ११) निवेदक तर्फबाट – विद्वान अधिवक्ता श्री युवराज संग्रौला विपक्षी तर्फबाट- विद्वान सह- न्यायाधिवक्ता श्री नरेन्द्र पाठक अवलम्बित नजिर- × आदेश न्या. गोविन्द बहादुर श्रेष्ठ- संयुक्त इजलासबाट मिति २०५२।३।१३ मा रायबाझी आदेश भै सर्वोच्च अदालत नियमावली,२०४९ को नियम ३(१)(क) बमोजिम यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छः- 2. म निवेदक आज भन्दा करिव ११ बर्ष अगाडि आफ्नो देश चीनबाट नेपाल आई काठमाडौं बौद्धमा बसेको थिएँ । म दाँत सम्बन्धी तालीम प्राप्त व्यक्ति भएकोले दाँत बनाउने लगायतको उपचार कार्य गरी आएको थिएँ । नेपालमा रहँदा बस्दा एक जना बाङ्खैजिङ्ग भन्ने चाईनीज नागरिकसँग सम्पर्क भयो र निजले नेपाल सधै बस्नका लागि नेपाली नागरिकता, पासपोर्ट बनाउनु पर्दछ । तर केही रुपैंयाँ खर्च गर्नु पर्छ भनेको र पंजा भन्ने पंच गुरुङ्ग समेतलाई परिचय गराई फोटो र रुपैयाँ मागेकोले रु. १२०००।– र फोटो समेत निजहरुलाई दिएको थिएँ पछि निजहरुले ल्याई दिएको नागरिकता र पासपोर्टमा मेरो नाम स्याउली नदेखि किन र कसरी मेरो नाम रहेन भनी निजहरुसँग बुझ्दा चाईनीज भाषामा स्याउली भनेको नेपालीमा बुधराज हो । त्यसैले बुधराज लेखिएको हो भनी विश्वास दिलाए नागरिकता र राहदानी लिई रहँदा बस्दाकै अवस्थामा झुठ्ठा विवरण दिई नेपाली नागरिकताको प्रमाणपत्र लिएको भन्ने अभियोगमा मिति २०५१।७।२१ मा जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रहरीले पक्राउ गर