निर्णय नं. ८५९१ - उत्प्रेषण परमादेशसमेत ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८५९१ - उत्प्रेषण परमादेशसमेत । भाग: ५३ साल: २०६८ महिना: श्रावण अंक: ४ फैसला मिति :२०६८/०१/०८ ४१०६ ने.का.प. २०६८, अङ्क ४, निर्णय नं. ८५९१ सर्वाेच्च अदालत, विशेष इजलास माननीय न्यायाधीश श्री बलराम के.सी. माननीय न्यायाधीश श्री मोहनप्रकाश सिटौला माननीय न्यायाधीश प्रा.डा.श्री भरतबहादुर कार्की संवत् २०६७ सालको रिट नं. WO–०००५ आदेश मितिः २०६८।१।८।५ विषयः उत्प्रेषण परमादेशसमेत । निवेदकः काठमाडौं जिल्ला, का.म.न.पा. वडा नं. २१ स्थायी घर भई हाल जिल्ला स्वास्थ्य कार्यालय सल्यानमा सातौं तहमा कार्यरत विजयक्रान्ति शाक्य समेत विरुद्ध विपक्षीः प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेत § राज्यले कानून बनाई कुनै उद्देश्य प्राप्तिको लागि Intelligible Differentia को आधारमा समान र समानलाई एक व्यवहार र असमान र असमानलाई अर्को प्रकारको व्यवहार गर्न सक्छ । यस्तो गर्न पाउने राज्यको पूर्ण अधिकार हो । राज्यले गरेको वर्गीकरण उपयुक्तता र औचित्यतामा आधारित छ वा छैन ? त्यस्तो वर्गीकरण र वर्ग समूहसँग गरिने व्यवहार समानतातर्फ उन्मूख छ वा छैन भन्ने विषय मात्र न्यायिक परीक्षणको विषय बन्न सक्ने । (प्रकरण नं.५) § नियुक्तिको प्रक्रियाको आधारमा कुनै समूहलाई आठौं तहसम्म र कुनै समूहलाई सातौं तहसम्म स्तरवृद्धि दिने व्यवस्था गरी समानता कायम गर्न खोजेको अवस्थामा समान व्यवहार गर्न खोज्नुलाई अनुचित भन्न नमिल्ने । § लोकसेवा आयोगको प्रक्रिया पूरा गरी नियुक्ति भएका र सो प्रक्रिया पूरा नगरी स्वतः स्तरवृद्धि भएकाहरूलाई समान रुपमा राख्नु पनि औचित्यपूर्ण नहुने । § गुणस्तरको दृष्टिकोणबाट लोकसेवा आयोगको प्रक्रिया पूरा गरी नियुक्त भएका र प्रक्रिया र पद्धति अवलम्बन नहुने गरी स्वतः स्तरवृद्धि भएका कर्मचारीबीच फरक स्थिति हुने नै हुन्छ । त्यस्ता कर्मचारीलाई औचित्यताको आधारमा वर्गीकरण गर्न सक्ने । (प्रकरण नं.६) निवेदकहरूको तर्फबाटः विद्वान अधिवक्ताहरू श्री बालकृष्ण नेउपाने, श्री संजयकुमार के.सी. र श्री सन्तोष बस्नेत विपक्षी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता श्री राजेन्द्रकुमार पोखरेल अवलम्बित नजीरः § नेकाप २०६२ नि.नं. ७६०३ § नेकाप २०६६, नि.नं. ८०५२ § नेकाप २०६४ नि.नं. ७८७६ सम्वद्ध कानूनः § नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ९(२)(३), ९(७क)(च), २६(क) (२) आदेश न्या.बलराम के.सी.: नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७ (१)(२) बमोजिम दायर हुन आएको प्रस्तुत निवेदनको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः– हामी निवेदकहरू नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ लागू हुनु पूर्व तत्कालीन निजामती सेवा ऐन बमोजिम क्रमशः निवेदकमध्येको म विजयक्रान्ति शाक्य मिति २०४३।१२।१७, म कामेश्वरप्रसाद चौरसिया मिति २०४१।१२।१८, म माधव थपलिया, मिति २०४२।३।२१, म चन्द्रमणि अधिकारी मिति २०४३।५।१७, म रामकृष्ण प्रजापती मिति २०४०।२।२९, म दुर्गादास उलक मिति २०४१।३।१२, म नन्दकिशोर साह मिति २०४१।०३।१२ को निर्णयअनुसार स्वास्थ्य सेवाको हेल्थ इन्स्पेक्शन समूह अन्तर्गत रा.प.अनं.प्रा.प्रथम श्रेणी सहायक पाँचौं तहको हेल्थ असिस्टेन्टको पदमा स्थायी सेवा प्रवेश गरेका र निवेदकमध्ये म गोर्खाबहादुर डि.सी. नेपाल स्वास्थ्य सेवा फार्मेसी समूहअन्तर्गत रा.प.अनं.प्रा. प्रथम श्रेणी सहायक पाँचौ तहको तत्कालीन सहायक निरीक्षक पदमा मिति २०३९।७।१६ को निर्णयानुसार र म प्रभा ज्ञावाली जनरल नर्सिङ्ग समूहअन्तर्गत रा.प.अनं. प्रा.प्रथम श्रेणीको स्टाप नर्स पदमा मिति २०३९।९।८ मा स्थ