निर्णय नं. ४६३६ - उत्प्रेषणयुक्त परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४६३६ - उत्प्रेषणयुक्त परमादेश भाग: ३४ साल: २०४९ महिना: माघ अंक: १० फैसला मिति :२०४९/०७/१९ २८४३ निर्णय नं. ४६३६ ने.का.प. २०४९ (ग) अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह माननीय न्यायाधीश श्री मोहनप्रसाद शर्मा सम्वत् २०४७ सालको रिट नं. १२५५ आदेश भएको मिति: २०४९।७।१९।१ मा निवेदक : श्रेष्ठ इन्टरनेशनल ट्रेडिङ कन्सर्नको प्रो. निदेश श्रेष्ठ विरुद्ध विपक्षी : श्री माननीय अर्थ मन्त्री, श्री ५ को सरकार अर्थमन्त्रालयसमेत विषय : उत्प्रेषणयुक्त परमादेश (१) अतिरिक्त भन्सार महसूल छूट दिइएको सूचना अनुसारको सूची भित्र स्पष्ट रुपमा माल वस्तुहरुको नाम तोकिएको र स्टेशनरी सामान वा डुब्लिकेटिड्ड पेपर भनी किटान गरिएको शीर्षक अन्तर्गत बेस पेपर भन्ने नदेखिएको र उल्लेख नभएको शीर्षक अतिरिक्त भंसार महसूल नलाग्ने वस्तुको सूचीमा पर्न सक्ने भन्न नमिल्ने । अतिरिक्त भन्सार महसूल छूट दिइने भनी तोकिएका स्टेशनरी सामान यथास्थितिमै प्रयोग हुन सक्ने हुनुपर्ने । (प्रकरण नं. ११) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल प्रत्यर्थीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री नरेन्द्रकुमार श्रेष्ठ आदेश न्या.रुद्रबहादुर सिंह १. नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत दायर हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण यस प्रकार रहेछ । २. निवेदक प्रबन्ध संचालक रहेको अशोका कार्वन एण्ड एलाइट इण्डष्ट्रिज प्रा.लि. नामक उद्योगले कार्वोनाइजिङ बेस पेपर समेत मित्र राष्ट्र भारतबाट आयात गरी उद्योगको संचालन गरी आएकोमा नेपाल भारतको व्यापार तथा पारवहन सन्धी हुन नसकी उद्योग संचालनको लागि बाधा पुगी रहेबाट श्री ५ को सरकार वाणिज्य विभागबाट भएको बोलकवोल प्रथा अन्तर्गत श्रेष्ठ इन्टरनेशनल ट्रेडिङ कन्सर्न नामक आफ्नै फर्मको नाउँबाट रु. २,५०,०००।– मूल्य बराबरको कार्वन पेपर बनाउने लेख्ने छाप्ने कोटिङ गर्ने मसी तथा कागजहरु समेत आयात गर्न पाउने आयात इजाजत पत्र प्राप्त भए अनुसार मित्रराष्ट्र अष्ट्रियामा बनेको जमेनी मार्फत कार्वोनाइजिङ बेस पेपर आयात गरेको थिएँ । ३. उक्त आयात गरेको सामान विपक्ष वीरगंज भन्सार कार्यालयमा आई पुगेबाट श्री ५ को सरकारको नीति अनुरुप लेख्ने छाप्ने कागजमा अतिरिक्त भन्सार लाग्ने होइन भनी अनुरोध गर्दा भन्सार विभाग बुझी आएपछि हुने गरी हाल अतिरिक्त भन्सार महसूल धरौटी राखी भंसार छुटाई माल लान सक्ने गरी मिति २०४६।८।५ मा अतिरिक्त भंसार महसूल रु. ८७,४४३।०३ र भन्सार महसूल तथा बिक्री कर समेत गरी जम्मा रु. १,४३,६५४।७७ बुझाएँ । सोही दिन विपक्ष भन्सार कार्यालयले विपक्ष भन्सार विभागको महसूल वर्गीकरण शाखालाई सो द्विविधा सम्बन्धमा निर्देशन पाउन अनुरोध समेत गरिएको थियो । ४. मैले पनि विपक्ष अर्थ सचिवज्यूमा निवेदन दिएकोमा विपक्ष भन्सार विभागले २०४६।९।१३ को पत्रबाट अर्थ मन्त्रालयमा दिएको निवेदन सम्बन्धमा मिति २०४६।८।२२ को यस विभागको निर्णय अनुसार कार्वोनाइजिङ बेस पेपरमा अतिरिक्त भन्सार महसूल छूट नभएको व्यहोरा वीरगंज भन्सार कार्यालयमा लेखी गएको हुँदा जानकारीको लागि अनुरोध गरिन्छ भन्ने पत्र बुझाइयो । धरौटी राखेको अतिरिक्त भन्सार महसूल फिर्ता पाउँ भनी निवेदन दिएकोमा पनि विभागले सो छूट दिन नमिल्ने व्यहोरा मनासिब भएको भनी २०४६।११।२६ मा निर्णय भएको व्यहोरा अनुरोध गर्दछु भन्ने समेत २०४६।११।२९ को बोधार्थ पत्र बुझाइयो । निर्णयहरुको नक्कल दिइएन । ५. श्री ५ को सरकारद्वारा प्रकाशित नेपाल राजपत्र खण्ड