निर्णय नं. ७०२९ - निर्वाचन बदर ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७०२९ - निर्वाचन बदर । भाग: ४३ साल: २०५८ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०५८/०४/२४ ५४९६ ने.का.प.२०५८ अङ्क ७/८ निर्णय न.७०२९ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री केदारनाथ आचार्य सम्वत २०५७ सालको सं.पु.नं. ......१३ सम्वत २०५७ सालको सं.पु.नं. ........१२ फैसला मितिः २०५८।४।२४।४ मुद्दा :– निर्वाचन बदर । पुनरावेदक प्रतिवादीः नुवाकोट जिल्ला थानापती गा.वि.स.वडा नं.९ स्थाई ठेगाना भई ऐ. जिल्ला निर्वाचन क्षेत्र नं .१ बाट २०५६ सालको प्रतिनिधीसभामा सदस्यको निर्वाचनमा निर्वाचित प्रतिनिधीसभा सदस्य राजेन्द्रप्रकाश लोहनी बिरुद्ध विपक्षीः नुवाकोट जिल्ला थानासिङ्ग गा.वि.स.वडा नं.३ स्थायी ठेगाना भई ऐ.जिल्ला निर्वाचन क्षेत्र १ बाट २०५६ सालको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवार भई निकटतम प्रतिद्वन्दी रहनु भएका डा. प्रकाशचन्द्र लोहनी हाल का.जि.का.म.न.पा.वडा नं.४ धुम्वाराही पुनरावेदक प्रतिवादीः नुवाकोट जिल्ला विदुर नगरपालिका वडा नं. ८ घर भै नुवाकोट क्षेत्र नम्वर १ को प्रतिनिधीसभाका उम्मेदवार ध्रुवप्रसाद अधिकारी बिरुद्ध विपक्षी वादीः ऐ.ऐ.को उम्मेदवार डा.प्रकाशचन्द्र लोहनी § सम्वन्धित जिल्ला न्यायाधिवक्ता वा नीज नभएको अबस्थामा जिल्ला न्यायाधिवक्ता भै काम गर्ने ब्यक्ति मार्फत उजुरी पत्र दर्ता गरी पठाउनु पर्नेमा सो बमोजिम प्रस्तुत उजुरी पत्र दर्ता भै आएको देखिएन । सो ऐनको दफा २८ मा यो ऐन बमोजिम दिइने उजुरी पत्र कानूनको रीत पुगेको नदेखिएमा कुनै कारवाही नहुने ब्यबस्था रहेको समेत देखिएवाट प्रस्तुत उजुरी पत्र निर्वाचन अदालतबाट प्रचलित कानून बमोजिम दर्ता भै हेरी कारवाही किनारा गरेको भन्न मिलेन। § उजुरी दावी बमोजिम मतगणना गर्दा उपरोक्त उल्लेख भए बमोजिम अनियमित र गैरकानूनी तरिकाले मतगणना गरेको भए प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०५५ को दफा ११५ र १२० बमोजिम मतगणना समाप्त भएका मुचुल्का फाराम तथा तालीका समेतमा सो कुराको कैफियत जनाई सहिछाप गरेको भनि उजुरी पत्रमा निजको भनाई समेत भएको नदेखिदा मौकामा दिएको लिखित निवेदन निर्वाचन अधिकृतले लिन इन्कार गरेको भन्ने उजुरीकर्ताको कथन पुष्टि हुन आएको देखिएन । (प्र.नं. २७ र २८) § दोहोर्‍याई मतगणना गर्दा सम्पूर्ण उम्मेदवारहरुको सहमतिबाट समान अबस्था रहेकोमा सबै उम्मेदवारको मतपत्र सदर हुने भनि निर्वाचन अधिकृतवाट सदर गरी सदर मत पत्रहरुका सम्वन्धमा उजुरकर्ता आफू समेत विवन्धीत हुनु भएको स्पष्ट छ । त्यस्तो मतपत्रहरु समेत दोहर्‍याई मतगणना गरीएको र निर्वाचन अदालतलको फैसला हेर्दा दोहोर्‍याई हेरीएका मतपत्रहरु मध्ये केही मतपत्र नोटीसमा लिई राखेको निर्णय गर्दाको अबस्थामा सो नोटीसमा लिइएका मतपत्रहरु सदर वदर गरेको देखियो । त्यसरी दोहोर्‍याई हेरीएका मतपत्रहरु मध्ये केही मतपत्रलाई नोटीसमा लिई सदर वदर गर्न सकिने प्रचलित कानूनमा कुनै ब्यबस्था रहेको समेत पाइदैन । यस्तो कानूनी ब्यबस्थाको अभावमा नोटीसमा लिने भनि मतपत्र सदर बदर गर्ने गरेको निर्वाचन अदालत पाटन ललितपुरको निर्णय कानून सम्मत भन्न नमिलेबाट जिल्ला न्यायाधीवक्ता मार्फत उजुरी गर्नुपर्नेमा निर्वाचन अधिकृत मार्फत उजुरी दिइएको प्रकृया एवं निर्वाचन अदालतबाट गरेको निर्णय प्रकृयामा विवादग्रस्त मतहरु नोटीसमा लिएको र सो मध्ये सदर वदर गर्ने कार्य भएकोमा दोहोर्‍याई मतगणना गर्दा त्यसरी मतपत्रलाई नोटीसमा लिने र सदर वदर गर्ने कानूनी ब्यबस्था स्पष्ट नभएको स्थितिमा