निर्णय नं. ६२१५ - निषेधाज्ञा
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६२१५ - निषेधाज्ञा भाग: ३८ साल: २०५३ महिना: असोज अंक: ६ फैसला मिति :2053/05/10 २४८२ निर्णय नं. ६२१५ ने.का.प. २०५३ संयुक्त इजलास माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी सम्बत् २०५० सालको दे.पु. नं. १६८९ फैसला मिति २०५३।५।१०।२ मुद्दाः निषेधाज्ञा । पुनरावेदक निवेदक काठमाडौं जिल्ला, काठमाडौं नगरपालिका वडा नं. २७ बस्ने सानुकाजी महर्जन विरुद्ध प्रत्यर्थी विपक्षी - ऐ.ऐ. वडा नं. ३० बस्ने कमलेश्वरराम श्रेष्ठ (राजवाहक) ऐ.ऐ. बस्ने मन्जेश्वरराम श्रेष्ठ ऐ.ऐ. बस्ने कुन्ती देवी श्रेष्ठ श्री काठमाडौं नगरपालिका धर्मपथ, काठमाडौं । जग्गावालाले बसोबास गर्न घरबारीको लागि मोहीले कमाएको जग्गा झिक्न पाउँ भनी निवेदन दिएकोमा जग्गाको तोकिएको मोलको सयकडा २५% प्रतिशत क्षतिपुर्तिको रुपमा जग्गावालाबाट दिलाई काठमाडौं उपत्यकामा ५ रोपनी सम्म जग्गा झिक्न पाउने गरी स्थानीय नगरपालिकाले आदेश जारी गर्न सक्ने व्यवस्था भूमि सम्बन्धी ऐन, २०२१ को दफा २७(१) मा गरेको पाईन्छ । यसबाट विपक्षी जग्गा धनीले आफ्नो घर बासको लागि निवेदक मोहीले कमाएको जग्गा झिक्न विपक्षी काठमाडौं नगरपालिकामा निवेदन दिई कारवाही चलेकोलाई वेमनासिव भन्न नमिल्ने। (प्र.नं. १०) जग्गावालाले मोही लागेको जग्गा बेचबिखन समेत गरेमा सो सम्बन्धी लिखत भएको १५ दिन भित्र जग्गा लिने व्यक्तिको नाम, थरु खुलाई सम्बन्धित मोही र स्थानीय निकायलाई सूचना दिनु पर्ने अनिवार्य कानूनी व्यवस्था सोही ऐनको दफा २६(८) मा गरेको देखिएबाट जग्गावालाले जग्गा बिक्री गरी हक हस्तान्तरण भएको अवस्थामा मोहीको हकहितमा प्रतिकूल असर नपरी जग्गावालाको स्वरुप मात्र फरक पर्ने । (प्र.नं. १०) मोही कायम भएको जग्गा बिक्री गर्ने जग्गाधनीलाई कुनै कानूनले रोक नलाएको अवस्थामा सो कार्य रोकी पाउँ भन्ने निवेदन जिकिरलाई कानूनसंगत मान्न नमिल्ने । (प्र.नं. १०) निवेदकले कमाई आएको जग्गामा जान आउन रोक समेत नलगाएको अवस्थामा निवेदन जिकिर बमोजिम निषेधाज्ञा जारी नगरी निवेदन पत्र खारेज गरेको पुनरावेदन अदालत पाटनको मिति २०५०।१०।२० को आदेश मनासिव हुँदा सदर कायम हुने । (प्र.नं. ११) पुनरावेदक तर्फबाट – × प्रत्यर्थी तर्फबाट-× अवलम्बित नजिर- × फैसला न्या. मोहन प्रसाद शर्मा- पुनरावेदन अदालत, पाटनको आदेश उपर पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छः- 2. का.जि. गोंगवु गा.वि.स. वडा नं. ४(ख) कि.नं. २०२ को क्षेत्रफल रोपनी ३-६-० जग्गाको हाल म मोही र प्रत्यर्थी राम श्रेष्ठ, मन्जेश्वरराम श्रेष्ठ र कुन्ती देवी श्रेष्ठ जग्गा धनी हुन् । उक्त जग्गा मैले कमाई जग्गा धनीलाई कुत बाली बुझाई आएको यसै बीचमा प्रत्यर्थी जग्गा धनीले घरवासको लागि मोहीबाट जग्गा झिकी पाउन मेरो आमा अष्टमायाका नाममा नगरपालिकामा निवेदन दिनु भएछ । आमाको स्वर्गे भई सकेकोले भूमि सुधार कार्यालयबाट मेरो नाममा जोत नामासारी भई सकेको उक्त कुरा प्रत्यर्थीलाई जानकारी भई सकेको थियो । अहिले आएर प्रत्यर्थी नगरपालिकाबाट जारी भई आएको १० (दश) दिने म्याद मिति २०४९।५।१६।३ मा तामेल भई गएको छ । म उक्त जग्गाको मोही हुँ । प्रत्यर्थीको घर बसोवास अन्यत्रै व्यवस्थित भएको म लगायत अन्य मोही उपर पनि प्रत्यर्थीले घर बसोबासका लागि जग्गा छुट्याई पाउन प्रत्यर्थी नगरपालिकामा नै निवेदन गरेकोले भूमि सम्बन्धी ऐन, २०२१ को दफा २७(१) को दुरुपयोग गर्ने दुरासययुक्त राख्नु भएकोले मेरो मोहियानी हकको जग्गामा प्रत